पोखरा– आइतबार पोखरामा भएको विमान दुर्घटनामा हालसम्म ३२ जनाको शव निकालिएको छ। निकालिएकामध्ये अधिकांश शव जलेको अवस्थामा छन्।
विमान खोँचमा खसेको कारण उद्धारमा कठिनाई भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रजिअ टेकबहादुर केसीले जानकारी दिए। ‘उद्धारमा कठिनाई भइरहेको छ, हामी जुटिरहेका छौं,’ उनले भने ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर विमान आइतबार बिहान सेती दोभानमा खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।