काठमाडौं– काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९ एन–एसीएनसी विमानमा १० जनाभन्दा बढी विदेशी सवार रहेको बुझिएको छ।
आइतबार पोखराको सेती खोँचमा भएको विमान दुर्घटनामा विभिन्न देशका १० भन्दा बढी विदेशी नागरिक रहेको जनाइएको छ। विमानमा चालक दलका ४ सहित ७२ जना यात्रुहरु रहेका थिए।
अहिलेसम्म विमानबाट ३२ जनाको शव निकालिएको छ। सुरक्षा संयन्त्रका तीनै निकाय उद्धार कार्यमा खटिएका छन्। घाइतेहरुलाई धमाधम अस्पताल पुर्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।