कास्की– पोखरामा दुर्घटना भएको यति एअर लाइन्सको जहाज केही दिनअघि मात्रै पोखराकै अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेको जहाज रहेको पाइएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका बेला काठमाडौंबाट एन ९–एएनसी एटीआर–७२ को जहाज डेमो उडान गरेको थियो।
सोही जहाज आइतबार बिहान दुर्घटनामा परेको हो। अवतरण गर्ने क्रममा पोखराको पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना परेको हो। जहाजमा चालक दलकासहित ७२ जना रहेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।