कोलम्बो– अवैध रूपमा फ्रान्सको विदेशी टापु ला रियुनियनमा समुद्री मार्गबाट बसाइँ सर्ने प्रयास गरिरहेका ४६ श्रीलङ्कालीलाई पक्राउ परेका छन्। यहाँको नौसेनाले शनिबार सोबारे तथ्याङ्क सार्वजनिक गरेको छ।
नौसेनाले विज्ञप्ति जारी गर्दै ती आप्रवासीहरू गत वर्ष डिसेम्बरमा कोलम्बोबाहिरको तटीय शहर नेगोम्बोबाट माछा मार्ने ट्रलरमा सवार थिए।
शुक्रबार राति पक्राउ परेका समूहमा माछा मार्ने जहाजका चालक दलका सदस्य, दुई महिला र एक बालकसहित ४३ जना पुरुष रहेको र उनीहरुलाई थप अनुसन्धानका लागि अपराध अनुसन्धान विभागमा बुझाइने नौसेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।