ढाका– बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बिहीबार अन्तरराष्ट्रिय मधुमेह महासंघ (आईडीएफ)को मधुमेहका लागि विश्वदूत (ग्लोबल एम्बेसडर)को पदक र प्रशंसापत्र प्रदान गरिएको छ।
परराष्ट्रमन्त्री अब्दुल मोमेन र परराष्ट्र राज्यमन्त्री सहरियार आलमलगायत अन्य वरिष्ठ अधिकारीहरूले हसिनालाई उक्त पदक एवं प्रशंसापत्र हस्तान्तरण गरेको त्यहाँको राष्ट्रिय समाचार संस्था बीएसएसले जनाएको छ।
हसिनालाई पोर्चुगलको लिस्बनमा आयोजित आइडीएफ विश्व मधुमेह सम्मेलनको उद्घाटन समारोहमा मधुमेह र अन्य नसर्ने रोगका बिरामीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न उनले खेलेको भूमिकाको कदर गर्दै मधुमेहका लागि ग्लोबल एम्बेसडरको उपाधि प्रदान गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।