• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३१, २०८२ Fri, Oct 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हिजो सडकमा आन्दोलित सन्तोष अब संसदमा छन्

64x64
धनु विश्वकर्मा शनिबार, पुस ३०, २०७९  ०७:३२
1140x725

काठमाडौं– ‘यो राज्य भन्ने अवधारणा ती कमजोरहरूका लागि हो। ती पिल्सिएकाहरूका लागि हो। ती पिँधमा पारिएकाका लागि हो। जसले आफनो सुरक्षा आफैंले गर्न सक्दैनन्। अझ सबै भन्दा बढी महिलाको हो। दलितहरूको हो। जनजातीहरूको हो। मधेशीहरूको हो। ती तमाम अल्पसंख्यक गरिबहरूका लागि हो।’

प्रतिनिधिसभाको दोस्रो बैठकमा नयाँ अनुहारका सांसदको भाषणले धेरैलाई चकित बनायो। सामाजिक सञ्जाल तथा बौद्धिक वृत्तमा उनकाे वक्तब्यमाथि चर्चा चल्यो। 

संसदमा सरल ढंगले वजनदार भाषण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद सन्तोष परियार सिमान्तहरूका लागि भने नयाँ होइनन्। पिछडिएका र शोषित वर्गको आवाज लिएर सडकमा ओर्लिरहने सन्तोष राज्यको स्वभावसँग सधैँ ‘असन्तोष’ बनिरहे। 

सन्तोषको अब भूमिका फेरिएको छ, जिम्मेवारी बढेको छ। हिजो सडकमा प्रश्न गर्ने उनी अब आफैं उत्तर दिने ठाउँमा छन्। कारण उनी सडकमा हैन, सदनमा उभिएका छन्। ‘सिमान्तकृतका मुद्दा अब संसदमा सम्बोधन गर्न माग गर्छु’, पहिलो प्रश्नमै उनी भन्छन्। 

लामो समय विभिन्न पत्रपत्रिकामा समाजिक रुपान्तरण, राजनीतिक बहस, शैक्षिक सुधारका बहस र विभिन्न मुद्दामाथि उनले लेखिरहे। दक्षिण एसियामा रहेको जात व्यवस्थाकाविरुद्ध निरन्तर कलम चलाए। 

पिँधमा पिल्सिएका दलित समुदायले करिब ३५ सय वर्षदेखि भोग्दै आएको जातीय छुवाछुतविरुद्ध वकालत गरे। समाजमा रहेको तहगत जातीय संरचनालाई ‘मुर्दावाद’ भनिरहे। 

नागरिक समाजका तर्फबाट खास खास समयमा आन्दोलन भएको छ। ०७७ पुष ५ मा भएको प्रतिनिधिसभा विघटन विरुद्ध पनि नागरिक आन्दोलन भयो। त्यही वृहत् नागरिक आन्दोलनको अग्रणी भागमा सन्तोष थिए। समाज रुपान्तरणका मुद्दालाई प्राथमिकतामा राखेर विभिन्न माध्यमबाट बहस सिर्जना गरे। 

०७७ साल वैशाख १० गते रुकुम पश्चिममा नवराज विकसहित ६ जना साथीहरूको नरसंहार भयो। सम्पूर्ण दलित समुदाय आगोको राप जस्तै भएको थियो। नवराजको न्यायका लागि सडकमा गएर सन्तोषले आवाज बुलन्द पारे। 

Ncell 2
Ncell 2

काठमाडौंमा रुपा सुनारले दलित भएकै कारण कोठा भाडामा पाइनन्। जातका आधारमा कोठा नदिने शहरको अन्यायविरुद्ध उनी जुधिरहे। 

अहिले सन्तोष पार्टीमा भएको प्रारम्भिक निर्वाचनमा दलित क्लस्टरमा एक नम्बरमा निर्वाचित भए।

सानैदेखि अध्ययन
०४० सालमा उनी भक्तपुरको गुण्डुमा जन्मे। काठमाडौं उपत्यकामा जन्मे हुर्केका हुनाले धेरै कुराको पहुँचमा थिए सन्तोष। यद्यपि विद्रोहको झिल्को सानैदेखि बलेको थियो उनको मनमा। 

गुण्डुमा दलित समुदाय पनि बस्छन्। धेरैजसोले खेती र आफ्नो पुर्ख्यौली  पेसा (दर्जी) अपनाएका छन्। उनका बुवा भने नेपाली सेनामा कार्यरत थिए। 

बुबालाई छोराछोरी पढाउनुपर्छ भन्ने चेत थियो। सेनामा जागिर हुँदा त्यहाँ जातीय विभेद बुबाले देखेका थिए। समाजमा रहेको व्याप्त जातीय छुवाछुत र विभदेको निराकरण गर्न शिक्षा प्रमुख हतियार हो भन्ने ठहर थियो बुबाको। 

गाउँकै निजी विद्यालयबाट सन्तोषको औपचारिक अध्ययन सुरु भयो। स्कुलमा हरेक वर्ष अन्य समुदायका विद्यार्थी भन्दा दलित समुदायका विद्यार्थी घट्दै जान्थे। यो भान उनले स्कुले जीवनमै गरे।

०५६ मा बासु माध्यामिक विद्यालयबाट उनले एसएलसी पास गरे। गाउँमा आफ्नो समुदायबाट पहिलो एसएलसी पास गर्ने व्यक्ति भए सन्तोष। उसो त अध्ययन र लेखनमा रुचि राख्ने उनी घण्टौंसम्म पुस्तकालयमा दिन बिताउँथे। 

भक्तपुरको ख्वपः कलेजमा उनले व्यवस्थापन विषय पढे। स्नातक चाहिँ पूर्वाञ्चल विश्वविद्यालय अन्तगर्त कलेज अफ जर्नालिज्ममा मास कम्युनिकेसन पढे। त्यसपछि सन्तोषले एक वर्ष अंग्रेजी पत्रिका 'द हिमालयन टाइम्स' मा पत्रकार भएर काम गरे। 

श्रीलंकाबाट द्वन्द्व, शान्ति र विकासको अध्ययन
परराष्ट्र नीति र कूटनीतिमा रुचि थियो सन्तोषको। पुस्तकालयमा बसेर विभिन्न राजनैतिक, कूटनीति सम्बन्धी किताब पढ्थे उनी।

सन् २००७ देखि त्रिभुवन विश्वविद्यालयमा शान्ति र द्वन्द्व व्यवस्थापन पढाइ सुरु भएको थियो। ०६२/६३ को समय भर्खरै नेपालमा माओवादीले ‘जनयुद्ध’ बिसाएका थिए। शान्ति सम्झौतामार्फत् तत्कालीन विद्राही पक्षका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड र राज्यपक्षबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच सम्झौता भएको थियो। 

भौतिक रुपमा युद्ध सकिएता पनि राजनीतिक, सामाजिक, आर्थिक रुपमा नेपाल गिजोलिएको थियो। द्वन्द्व सकिएता पनि द्वन्द्वका घाउ सकिएका थिएनन्। त्यसको प्रभाव कालान्तरसम्म रहेको हुन्छ।  द्वन्द्वपश्चात् नेपालमा द्वन्द्व व्यवस्थापन गराउन प्राज्ञिक मान्छे उत्पादनका लागि अध्ययन सुरु गरिएको  थियो। 

नर्वेमा द्वन्द्व, शान्ति र विकास अध्ययनमा स्नातकोत्तर पढ्न चाहने विद्यार्थीका लागि फेलोसिप खुल्यो। पत्रिकामा आवेदन आयो। आफ्नो रुचिको विषय त्यो पनि विदेशमा पढ्न पाउने हुँदा उनी उत्साहित भए। 

सात जना नेपाली विद्यार्थीका लागि फेलोसिप थियो। एक सेना, एक प्रहरी र पाँच जना खुलाबाट थिए। पाँच जनाको सूचीमा उनको नाम पनि पर्‍यो। 

तर भर्नाका लागि ३८ हजार रुपैयाँ मागियो। तुरुन्तै बैंकमा जम्मा गर्नु भनेर कलेजबाट फोन आयो। उनीसँग पैसा थिएन। उनले माया मारेका थिए।

एक महिनापछि एक्कासि द्वन्द्व, शान्ति र विकास अध्ययनको कार्यालयबाट फोन आयो। ‘तपाईँको सिट सुरक्षीत छ। भर्ना गर्नुहोला,’ उताबाट भनियो। खुसीको सीमा नै रहेन उनमा। उनी मानवशास्त्री शौभाग्य शाह सरको नजरमा परेका थिए। आफ्नो रुचिको बारेमा बताएका थिए। 

नेपालमा एक र श्रीलंकामा दुई गरी करिब तीन वर्ष उनले अध्ययन गरे। पछि उनले श्रीलंकाको युद्धमा तेस्रो पक्ष कसरी फेल भयो भन्ने विषयमा थेसिस गरे। उनले नर्वे द्वन्द्वरत पक्षहरु बीच शान्ति स्थापना गर्न कसरी फेल भयो भनेर अनुसन्धान गर्दा श्रीलंकाका विभिन्न ठाउँ गए। 

त्यसै, सन् २०१३ मा अध्ययन सकाएर उनी नेपाल फर्के। 

अध्यापन हुँदै राजनीतिक यात्रा 
लामो समयदेखि विभिन्न कलेजहरूमा अध्यापनरत थिए सन्तोष। सन् ०१५ देखि के एण्ड के इन्टरनेशनल कलेज, नयाँ बानेश्वरमा एमए इन जेण्डर स्टडिज कार्यक्रम संयोजकका रुपमा काम गरिराखेका थिए उनले। 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्य क्याम्पसको राजनीतिशास्त्र विभागमा आंशिक प्राध्यापकका रुपमा द्वन्द्व, शान्ति र विकास तथा राजनीतिक दर्शनको अध्यापन गराउँदै आएका थिए। 

जातीय विभेद, अल्पसंख्यकहरूको अधिकार र सबै खाले अर्थ–राजनीतिक, सामाजिक र सांस्कृतिक उत्पीडनविरुद्ध काठमाडौं पोस्ट, कान्तिपुर दैनिक र नयाँ पत्रिका लगायत मूलधारका पत्रपत्रिकाहरूमा लेख लेख्दै पनि आएका छन् उनी।  पछिल्लो समय बृहत् नागरिक आन्दोलनबाट विभेद र उत्पीडनविरुद्ध सशक्त आवाज उठाउँदै समेत आएका थिए। 

सडकमा सशक्त आवाज उठाइरहेका सन्तोष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आँखामा परे। सामाजिक आन्दोलनमा अग्रपंक्तिमा रहेकाले रास्वपाका कविन्द्र बुर्लाकोटीले सांसद बन्न प्रस्ताव गरे। बुर्लाकाेटी पनि युवा आन्दोलनबाट राजनीतिमा आएका थिए। 

रास्वपाका विभिन्न नेतासँग उनले लामो बहस तथा छलफल गरे। राजनीतिमा युवाको हस्तक्षेप हुनुपर्छ भन्ने ठाउँमा पुगे। 
नेपालमा ठूला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र पनि छन्। तर, कुनैमा उत्पीडित समुदायलाई सजिलै निर्णायक तहमा जान दिने वातावरण छैन। 

गलत बाटोमा गइरहेको राजनीतिलाई लगाम लगाउने कि नाइ भन्ने अन्तरद्वन्द्व उनीभित्र सुरु भयो। ‘अन्ततः अब पालो काम गर्नेलाई हो भन्ने लाग्यो। जसले गर्दा म राजनीतिमा आबद्ध भएँ,’ उनले भने।

विभिन्न क्षेत्रको अध्ययन अनुभवले पनि राजनीतिमा जान उनलाई गाह्रो थिएन। पार्टीको प्राइमरी इलेक्सनमा उनी दलित कोटामा निर्वाचित भए। नेपालमा नयाँ दल उदाए पनि विकल्पका रुपमा देखिएका थिएनन्। त्यसमाथि ६ महिनाअघि मात्र स्थापना भएको पार्टी।

हजारौं प्रश्नको घेराबन्दी र चुनौतिको चाङ थिए वरिपरि। नेपालको राजनीतिक अस्थिरताले जनताको मनोविज्ञान परिवर्तन भएको थियो। त्यसकारण फरक त पर्छ भन्ने आँकलन थियो उनमा। 

सांसद सन्तोष अब आफ्नै पहलमा परिवर्तन चाहन्छन्। नेपालमा शिक्षा निजी र सरकारीमा विभाजित छ। शिक्षा क्षेत्रमा उठाउनुपर्ने मुद्दा सदनमा बुलन्द पार्ने दृढता छ उनको। शिक्षामा भएको व्यापारीकरण हटाएर समान शिक्षा सन्तुलनका लागि ऐन, कानुन बनाउन पहल गर्ने उनको प्रतिबद्धता छ। 

‘सिमान्तकृत समुदायले भोग्दै आएका हिंसा सदनबाट नै अन्त्य गर्न  नियम कानुन र कार्यान्वयनको पक्षमा लैजान पहल गर्नेछु,’ उनले भने।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
सामोआविरुद्ध नेपालले दियो २१२ रनको विशाल लक्ष्य शुक्रबार, असोज ३१, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
नयाँ पार्टी बनाउने मिराज ढुंगानाको घोषणा, वार्ता समिति गठन शुक्रबार, असोज ३१, २०८२
बेपत्ता छानबिन आयोगका सचिवको सरुवा शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्