• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हिजो सडकमा आन्दोलित सन्तोष अब संसदमा छन्

64x64
धनु विश्वकर्मा शनिबार, पुस ३०, २०७९  ०७:३२
1140x725

काठमाडौं– ‘यो राज्य भन्ने अवधारणा ती कमजोरहरूका लागि हो। ती पिल्सिएकाहरूका लागि हो। ती पिँधमा पारिएकाका लागि हो। जसले आफनो सुरक्षा आफैंले गर्न सक्दैनन्। अझ सबै भन्दा बढी महिलाको हो। दलितहरूको हो। जनजातीहरूको हो। मधेशीहरूको हो। ती तमाम अल्पसंख्यक गरिबहरूका लागि हो।’

प्रतिनिधिसभाको दोस्रो बैठकमा नयाँ अनुहारका सांसदको भाषणले धेरैलाई चकित बनायो। सामाजिक सञ्जाल तथा बौद्धिक वृत्तमा उनकाे वक्तब्यमाथि चर्चा चल्यो। 

संसदमा सरल ढंगले वजनदार भाषण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद सन्तोष परियार सिमान्तहरूका लागि भने नयाँ होइनन्। पिछडिएका र शोषित वर्गको आवाज लिएर सडकमा ओर्लिरहने सन्तोष राज्यको स्वभावसँग सधैँ ‘असन्तोष’ बनिरहे। 

सन्तोषको अब भूमिका फेरिएको छ, जिम्मेवारी बढेको छ। हिजो सडकमा प्रश्न गर्ने उनी अब आफैं उत्तर दिने ठाउँमा छन्। कारण उनी सडकमा हैन, सदनमा उभिएका छन्। ‘सिमान्तकृतका मुद्दा अब संसदमा सम्बोधन गर्न माग गर्छु’, पहिलो प्रश्नमै उनी भन्छन्। 

लामो समय विभिन्न पत्रपत्रिकामा समाजिक रुपान्तरण, राजनीतिक बहस, शैक्षिक सुधारका बहस र विभिन्न मुद्दामाथि उनले लेखिरहे। दक्षिण एसियामा रहेको जात व्यवस्थाकाविरुद्ध निरन्तर कलम चलाए। 

पिँधमा पिल्सिएका दलित समुदायले करिब ३५ सय वर्षदेखि भोग्दै आएको जातीय छुवाछुतविरुद्ध वकालत गरे। समाजमा रहेको तहगत जातीय संरचनालाई ‘मुर्दावाद’ भनिरहे। 

नागरिक समाजका तर्फबाट खास खास समयमा आन्दोलन भएको छ। ०७७ पुष ५ मा भएको प्रतिनिधिसभा विघटन विरुद्ध पनि नागरिक आन्दोलन भयो। त्यही वृहत् नागरिक आन्दोलनको अग्रणी भागमा सन्तोष थिए। समाज रुपान्तरणका मुद्दालाई प्राथमिकतामा राखेर विभिन्न माध्यमबाट बहस सिर्जना गरे। 

०७७ साल वैशाख १० गते रुकुम पश्चिममा नवराज विकसहित ६ जना साथीहरूको नरसंहार भयो। सम्पूर्ण दलित समुदाय आगोको राप जस्तै भएको थियो। नवराजको न्यायका लागि सडकमा गएर सन्तोषले आवाज बुलन्द पारे। 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंमा रुपा सुनारले दलित भएकै कारण कोठा भाडामा पाइनन्। जातका आधारमा कोठा नदिने शहरको अन्यायविरुद्ध उनी जुधिरहे। 

अहिले सन्तोष पार्टीमा भएको प्रारम्भिक निर्वाचनमा दलित क्लस्टरमा एक नम्बरमा निर्वाचित भए।

सानैदेखि अध्ययन
०४० सालमा उनी भक्तपुरको गुण्डुमा जन्मे। काठमाडौं उपत्यकामा जन्मे हुर्केका हुनाले धेरै कुराको पहुँचमा थिए सन्तोष। यद्यपि विद्रोहको झिल्को सानैदेखि बलेको थियो उनको मनमा। 

गुण्डुमा दलित समुदाय पनि बस्छन्। धेरैजसोले खेती र आफ्नो पुर्ख्यौली  पेसा (दर्जी) अपनाएका छन्। उनका बुवा भने नेपाली सेनामा कार्यरत थिए। 

Xtrem

Xtrem

बुबालाई छोराछोरी पढाउनुपर्छ भन्ने चेत थियो। सेनामा जागिर हुँदा त्यहाँ जातीय विभेद बुबाले देखेका थिए। समाजमा रहेको व्याप्त जातीय छुवाछुत र विभदेको निराकरण गर्न शिक्षा प्रमुख हतियार हो भन्ने ठहर थियो बुबाको। 

गाउँकै निजी विद्यालयबाट सन्तोषको औपचारिक अध्ययन सुरु भयो। स्कुलमा हरेक वर्ष अन्य समुदायका विद्यार्थी भन्दा दलित समुदायका विद्यार्थी घट्दै जान्थे। यो भान उनले स्कुले जीवनमै गरे।

०५६ मा बासु माध्यामिक विद्यालयबाट उनले एसएलसी पास गरे। गाउँमा आफ्नो समुदायबाट पहिलो एसएलसी पास गर्ने व्यक्ति भए सन्तोष। उसो त अध्ययन र लेखनमा रुचि राख्ने उनी घण्टौंसम्म पुस्तकालयमा दिन बिताउँथे। 

भक्तपुरको ख्वपः कलेजमा उनले व्यवस्थापन विषय पढे। स्नातक चाहिँ पूर्वाञ्चल विश्वविद्यालय अन्तगर्त कलेज अफ जर्नालिज्ममा मास कम्युनिकेसन पढे। त्यसपछि सन्तोषले एक वर्ष अंग्रेजी पत्रिका 'द हिमालयन टाइम्स' मा पत्रकार भएर काम गरे। 

श्रीलंकाबाट द्वन्द्व, शान्ति र विकासको अध्ययन
परराष्ट्र नीति र कूटनीतिमा रुचि थियो सन्तोषको। पुस्तकालयमा बसेर विभिन्न राजनैतिक, कूटनीति सम्बन्धी किताब पढ्थे उनी।

सन् २००७ देखि त्रिभुवन विश्वविद्यालयमा शान्ति र द्वन्द्व व्यवस्थापन पढाइ सुरु भएको थियो। ०६२/६३ को समय भर्खरै नेपालमा माओवादीले ‘जनयुद्ध’ बिसाएका थिए। शान्ति सम्झौतामार्फत् तत्कालीन विद्राही पक्षका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड र राज्यपक्षबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच सम्झौता भएको थियो। 

भौतिक रुपमा युद्ध सकिएता पनि राजनीतिक, सामाजिक, आर्थिक रुपमा नेपाल गिजोलिएको थियो। द्वन्द्व सकिएता पनि द्वन्द्वका घाउ सकिएका थिएनन्। त्यसको प्रभाव कालान्तरसम्म रहेको हुन्छ।  द्वन्द्वपश्चात् नेपालमा द्वन्द्व व्यवस्थापन गराउन प्राज्ञिक मान्छे उत्पादनका लागि अध्ययन सुरु गरिएको  थियो। 

नर्वेमा द्वन्द्व, शान्ति र विकास अध्ययनमा स्नातकोत्तर पढ्न चाहने विद्यार्थीका लागि फेलोसिप खुल्यो। पत्रिकामा आवेदन आयो। आफ्नो रुचिको विषय त्यो पनि विदेशमा पढ्न पाउने हुँदा उनी उत्साहित भए। 

सात जना नेपाली विद्यार्थीका लागि फेलोसिप थियो। एक सेना, एक प्रहरी र पाँच जना खुलाबाट थिए। पाँच जनाको सूचीमा उनको नाम पनि पर्‍यो। 

तर भर्नाका लागि ३८ हजार रुपैयाँ मागियो। तुरुन्तै बैंकमा जम्मा गर्नु भनेर कलेजबाट फोन आयो। उनीसँग पैसा थिएन। उनले माया मारेका थिए।

एक महिनापछि एक्कासि द्वन्द्व, शान्ति र विकास अध्ययनको कार्यालयबाट फोन आयो। ‘तपाईँको सिट सुरक्षीत छ। भर्ना गर्नुहोला,’ उताबाट भनियो। खुसीको सीमा नै रहेन उनमा। उनी मानवशास्त्री शौभाग्य शाह सरको नजरमा परेका थिए। आफ्नो रुचिको बारेमा बताएका थिए। 

नेपालमा एक र श्रीलंकामा दुई गरी करिब तीन वर्ष उनले अध्ययन गरे। पछि उनले श्रीलंकाको युद्धमा तेस्रो पक्ष कसरी फेल भयो भन्ने विषयमा थेसिस गरे। उनले नर्वे द्वन्द्वरत पक्षहरु बीच शान्ति स्थापना गर्न कसरी फेल भयो भनेर अनुसन्धान गर्दा श्रीलंकाका विभिन्न ठाउँ गए। 

त्यसै, सन् २०१३ मा अध्ययन सकाएर उनी नेपाल फर्के। 

अध्यापन हुँदै राजनीतिक यात्रा 
लामो समयदेखि विभिन्न कलेजहरूमा अध्यापनरत थिए सन्तोष। सन् ०१५ देखि के एण्ड के इन्टरनेशनल कलेज, नयाँ बानेश्वरमा एमए इन जेण्डर स्टडिज कार्यक्रम संयोजकका रुपमा काम गरिराखेका थिए उनले। 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्नराज्य क्याम्पसको राजनीतिशास्त्र विभागमा आंशिक प्राध्यापकका रुपमा द्वन्द्व, शान्ति र विकास तथा राजनीतिक दर्शनको अध्यापन गराउँदै आएका थिए। 

जातीय विभेद, अल्पसंख्यकहरूको अधिकार र सबै खाले अर्थ–राजनीतिक, सामाजिक र सांस्कृतिक उत्पीडनविरुद्ध काठमाडौं पोस्ट, कान्तिपुर दैनिक र नयाँ पत्रिका लगायत मूलधारका पत्रपत्रिकाहरूमा लेख लेख्दै पनि आएका छन् उनी।  पछिल्लो समय बृहत् नागरिक आन्दोलनबाट विभेद र उत्पीडनविरुद्ध सशक्त आवाज उठाउँदै समेत आएका थिए। 

सडकमा सशक्त आवाज उठाइरहेका सन्तोष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आँखामा परे। सामाजिक आन्दोलनमा अग्रपंक्तिमा रहेकाले रास्वपाका कविन्द्र बुर्लाकोटीले सांसद बन्न प्रस्ताव गरे। बुर्लाकाेटी पनि युवा आन्दोलनबाट राजनीतिमा आएका थिए। 

रास्वपाका विभिन्न नेतासँग उनले लामो बहस तथा छलफल गरे। राजनीतिमा युवाको हस्तक्षेप हुनुपर्छ भन्ने ठाउँमा पुगे। 
नेपालमा ठूला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र पनि छन्। तर, कुनैमा उत्पीडित समुदायलाई सजिलै निर्णायक तहमा जान दिने वातावरण छैन। 

गलत बाटोमा गइरहेको राजनीतिलाई लगाम लगाउने कि नाइ भन्ने अन्तरद्वन्द्व उनीभित्र सुरु भयो। ‘अन्ततः अब पालो काम गर्नेलाई हो भन्ने लाग्यो। जसले गर्दा म राजनीतिमा आबद्ध भएँ,’ उनले भने।

विभिन्न क्षेत्रको अध्ययन अनुभवले पनि राजनीतिमा जान उनलाई गाह्रो थिएन। पार्टीको प्राइमरी इलेक्सनमा उनी दलित कोटामा निर्वाचित भए। नेपालमा नयाँ दल उदाए पनि विकल्पका रुपमा देखिएका थिएनन्। त्यसमाथि ६ महिनाअघि मात्र स्थापना भएको पार्टी।

हजारौं प्रश्नको घेराबन्दी र चुनौतिको चाङ थिए वरिपरि। नेपालको राजनीतिक अस्थिरताले जनताको मनोविज्ञान परिवर्तन भएको थियो। त्यसकारण फरक त पर्छ भन्ने आँकलन थियो उनमा। 

सांसद सन्तोष अब आफ्नै पहलमा परिवर्तन चाहन्छन्। नेपालमा शिक्षा निजी र सरकारीमा विभाजित छ। शिक्षा क्षेत्रमा उठाउनुपर्ने मुद्दा सदनमा बुलन्द पार्ने दृढता छ उनको। शिक्षामा भएको व्यापारीकरण हटाएर समान शिक्षा सन्तुलनका लागि ऐन, कानुन बनाउन पहल गर्ने उनको प्रतिबद्धता छ। 

‘सिमान्तकृत समुदायले भोग्दै आएका हिंसा सदनबाट नै अन्त्य गर्न  नियम कानुन र कार्यान्वयनको पक्षमा लैजान पहल गर्नेछु,’ उनले भने।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्