• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'दुवै गठबन्धन भारतका निम्ति भारतले बनाएको हो'

64x64
नेपाल लाइभ आइतबार, असोज २२, २०७४  २०:५९
1140x725

नारायणमान बिजुक्छे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन् । नेपालको राजनीतिक घटनाक्रममा भारतको भूमिकाको उनी निरन्तर विरोध गरिरहेका हुन्छन् । पछिल्लो समय चर्चामा रहेको वाम गठबन्धनमा चीनको हात रहेको विश्लेषण भइरहँदा बिजुक्छे भने भारतको भूमिका र स्वार्थ भएको बताउँछन्।

बिजुक्छेसँग किशोर दहालले गरेको कुराकानीः

वामपन्थी पार्टीहरुबीचको गठबन्धनलाई कसरी हेरिरहनुभएको छ?

यिनीहरु वामपन्थीहरु नै होइनन् । उदाहरणको लागि माओवादीलाई हेर्न सक्नुहुन्छ । ऊ सरकारमा पनि बसेको छ। सरकारमा बस्नेलाई वाम भन्न मिल्दैन । सरकारमा रहने शक्ति संसदमा सभामुखको दाहिनेतिर बस्छ । जो सरकारमा छैन, ऊ देब्रे (वाम) तिर बस्छ। माओवादीले अहिले पनि सरकार छोडेको छैन । त्यसैले ऊ वामपन्थी होइन । त्यसैले माओवादीले आफूलाई वामपन्थी भन्न मिल्दैन। 

एमालेले पनि संसदमा प्रमुख प्रतिपक्षीको भूमिका खेल्नुपर्ने हो, तर पटक्कै खेलेको छैन । सरकारका हरेक कुरालाई समर्थन गर्दै गएको हुनाले एमाले पनि वामपन्थी होइन।

अर्कोतिर, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको कुरा छ, उहाँले पनि माक्र्सवाद छाडिसकेको भन्नुभएको छ। त्यसैले उहाँलाई पनि वामपन्थी भन्न मिल्दैन । यसरी गठबन्धन गरेका तीन वटै दलहरु वामपन्थी नभएकाले उनीहरुको गठबन्धनलाई वामपन्थी गठबन्धन भन्न मिल्दैन।

भनेपछि यो वामपन्थी बीचको गठबन्धन होइन, केवल तीनवटा पार्टी बीचको गठबन्धन मात्रै हो!

हो, हो। बुर्जुवा पार्टीहरुबीचको गठबन्धनचाहिँ भन्न सकिन्छ । अब आफूसँग गुण मिल्ने पार्टीहरुबीच एकता हुनु नौलो कुरा होइन । संसदको सिद्धान्तमा जुन पार्टीले प्रतिपक्षीसँग गठबन्धन बनाउँछ, ऊ सरकारमा बस्न मिल्दैन । उसले सरकार छोड्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो गठबन्धन कति सैद्धान्तिक छ, कति व्यवहारिक छ?

सैद्धान्तिक त पटक्कै छैन । जबसम्म उनीहरुले आफूलाई प्रष्ट पार्न सक्दैनन्, तबसम्म सैद्धान्तिक आवरण दिनै मिल्दैन । व्यावहारिक पनि भन्न सकिन्न । त्यसमा त एउटा उद्देश्य हुनुपर्छ । जुनसुकै पार्टीले एउटा घोषणापत्र तयार गरेको हुन्छ । केको निम्ति चुनाव लड्दैछौं, त्यो प्रष्ट पारेका हुन्छन् । तर, गठबन्धनले त केही भनेको छैन।

गठबन्धन गरेका दलहरुले आफ्नो ‘कम्युनिष्ट फ्लेभर’ औपचारिक रुपमै छाडेका हुन्?

कम्युनिष्टहरुले त चुनावअगाडि जनतासँग सरकारमा गएपछि गर्ने कामको बाचा गरेका हुन्छन् । तर, सरकारमा गएर पनि त्यस्तो काम गरेन वा गतिलो प्रतिपक्षीको भूमिका निभाएन भने उसले जनताप्रति विश्वासघात गरेको ठहर्छ । एमालेले चार पटक सरकारको नेतृत्व गरिसकेको छ, माओवादीले तीन पटक । तर, उनीहरुले आफ्नो बाचा अनुसार काम गर्न सकेका छैनन्। त्यसैले उनीहरुलाई कम्युनिष्ट भन्न मिल्दैन । यिनीहरुसँग राजनीतिक संस्कार र धर्म छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरुले कम्युनिष्ट नीति पनि औपचारिक रुपमै छाडिसके । यिनीहरुले के काम गरेका छन् र ? कार्यकर्तालाई पैसा बाँडेका छन्। पञ्चायतले पनि त्यही गर्ने, कांग्रेसले पनि त्यही गर्ने, एमाले–माओवादीले पनि त्यही गर्ने । त्यसो गर्न पाइन्छ र ? यो कुनै कम्युनिष्ट चरित्र होइन। योग्यता अनुसारको काम, काम अनुसारको दाम दिने हो कम्युनिष्टहरुले। पैसा बाँड्ने होइन।

दश वर्षमा साम्यवाद ल्याउँछौं, समाजवादी क्रान्ति गर्छौ भनिरहेका छन्। यो गठबन्धन त्यसैका लागि हो पनि भनिरहेका छन् नि?

प्रचण्डले भनेजस्तो दश वर्षमा साम्यवाद आउने होइन । दश वर्षमा त समाजवाद पनि परिपक्व हुँदैन । साम्यवादमा त योग्यता अनुसारको काम, आवश्यकता अनुसारको दाम हुन्छ। दश वर्षमा त त्यो सपनामा पनि आउँदैन । त्यसैले उहाँले गलत भन्नुभएको छ । कम्युनिष्ट आन्दोलनलाई जनताको बीचमा खेलौना बनाइरहनुभएको छ।

यो सबै सत्ता स्वार्थका लागि हो । अहिले चाहिँ कांग्रेसलाई हराएर सत्ताको बाटो सुनिश्चित गर्न यसो गरिएको हुनसक्छ। त्यसो गर्न त पाइन्छ। तर, कम्युनिष्ट वा वाम तालमेल भन्नचाहिँ पाइन्न।

आगामी राजनीतिमा यसको प्रभाव के हुनसक्छ?

यसले झन् भद्रगोल ल्याउँछ। राजनीतिक पार्टीप्रति जनताले विश्वास गर्नै छोड्छन्। बिस्तारै जनताले सबै बुझ्न थाल्छन् । त्यतिबेला यी ठगी धन्दा बन्द हुन्छन्।

तपाईंकै शब्दमा, यिनीहरु वामपन्थी थिएनन् भने उस्तैउस्तै गुण भएका दलहरु मिल्दा त के भद्रगोल होला र ? उस्तैउस्तै पार्टीहरु एकै ठाउँ भएकै राम्रो होइन र?

पूँजीवादी पार्टीहरुले आफ्नो हिसाबले शासन त गरिराखेकै छन् नि!  विचार अनुसार ठगी काम त गरिरहेकै छन् नि! त्यो त नयाँ कुरा होइन। 

यसले देशलाई ‘टू पार्टी सिस्टम’ तिर लैजान्छ, राम्रै हुन्छ भन्नेहरु पनि छन् नि!

अमेरिकामा टू पार्टी सिस्टम छ भनेर बुझिए पनि त्यहाँ अरु पार्टीहरु पनि छन्। उल्लेख नहुने मात्रै हो। बेलायतमा पनि त्यस्तै हो। कम मत आउने भएकाले उनीहरुको चर्चा हुँदैन। चीनमा पनि एउटै पार्टी देखिन्छ, तर सहायक आठवटा पार्टीहरु छन्। 

दुई पार्टी सिस्टम भएपछि देशको विकास भन्ने ठूलो भ्रम छ यहाँ। तर, त्यस्तो हुँदैन। के बुझ्नुपर्छ भने टू पार्टी सिस्टम नै सबै रोगको उपचार होइन।

शब्दमै भए पनि एकातिर वाम गठबन्धन हुने, अर्कातिर लोकतान्त्रिक गठबन्धन हुने भएपछि तपाईंहरुको जस्तो साना दललाई असर पर्ला नि!

अरु साना दलको बारेमा त भन्दिनँ तर हामीहरु त जनतालाई समाजवादी क्रान्तिको विषयमा शिक्षित गर्ने काम गरिरहेका छौं । हामीलाई कुनै अप्ठ्यारो पर्दैन। पञ्चायतमा पार्टीहरुलाई खुला काम गर्न नै कठिन भएको बेलामा त हामीले काम गर्‍यौं, दूर्गम ठाउँमा गएर संघर्ष ग¥यौं। अहिले पार्टी खुला भएको बेलामा हामीलाई के नै असर पर्ला र? केही असर पर्दैन। हामी सरकारमा जाने पनि होइन! 

तर, तपाईंहरुको ‘मादल’ भक्तपुरमा मात्रै बज्न थालेको छ भन्छन्!

त्यो साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भनेजस्तै हो। ठूलो पार्टीहरु गाउँसम्म जाँदैनन्, त्यसैले त्यस्तो भन्नु स्वभाविक हो। तर, उनीहरुको मनमा चाहिँ ढ्याङ्ग्रो बजिरहेको छ। कुन दिन हामी जनताबाट अलग्गिन्छौं, हामी तिरष्कृत हुने छौं भन्ने उनीहरुलाई डर छ। 

यहीँनेर थपिहाल्छु, अहिले लोकतान्त्रिक गठबन्धन गरिरहेका दलहरु पनि खासमा लोकतन्त्रवादी होइनन्। जो सरकारमा गइरहेका छन्, नयाँ पूँजीवादी सभ्रान्तहरु हुन्। हिजो राणाहरुले जे गरेका थिए, अहिले उनीहरुले त्यही गरिरहेका छन्। यिनीहरुलाई कानून पनि चाहिँदैन। तीनवटा पार्टीहरु मिल्छन्, कानून पनि फेरिरहन्छन्। एकप्रकारको अराजकता फैलाइरहेका छन्। तिनीहरुलाई प्रजातान्त्रिक पार्टी भन्न पनि लाज लाग्छ।

वामपन्थी गठबन्धनमा सामेल दलहरुबीच पार्टी एकता नै हुने सम्भावना कति देख्नुभएको छ?

यिनीहरुको कुनै विश्वास छैन । आफूलाई जसरी फाइदा हुन्छ, त्यसै गर्छन् । पुँजीपति वर्गले साबुन बिकेन भने साबुनको खोल फेरिदिन्छ, झिलिमिली गरिदिन्छ नि, त्यस्तै हो। साबुनको खोल फेर्दैमा साबुन राम्रो हुन्छ र?

त्यसो भए उनीहरुले पार्टी एकता गरेर जाने भनिरहेको कुराचाहिँ शंकाको घेरामा छ?

पार्टी एकता नै भए पनि के फरक पर्छ र ? यिनीहरु सरकार नै चलाउँदा त जनताले केही पाएनन् । समाजमा कुनै आमुल परिवर्तन भएन । प्रगति भएन । लाखौंलाख युवाहरु बाहिर छन्। यिनीहरुबाट थप आशा किन गर्ने? यी सबै पूँजीवादी पार्टीहरु मिलेर एउटै पार्टी बनाए पनि केही हुनेवाला छैन।

वाम गठबन्धनमा वैदेशिक शक्तिको भूमिका छ भनिन्छ। तपाईंलाई के लाग्छ?

नेपालको राजनीतिमा दिल्लीको आशिर्वाद र संकेत नभइकन केही पनि हुँदैन । दुवै किसिमको गठबन्धनमा भारतको हात छ। 

वाम गठबन्धन त चीनले बनाएको पो भन्छन् त?

त्यो सच्चाइ लुकाउने दृष्टिले भनिएको हो । भित्री रुपमा भारतले गरिरहेको छ, बाहिर चीनलाई दोष दिइरहेका छन्। ‘चोर आयो’ भनेर हल्ला गरेजस्तै हो । चीनले यस्तो आन्तरिक काममा हातै हाल्दैन । अफगानिस्तानमा रुस पसेजस्तो नेपालमा चीन पस्न चाहँदैन। दुवै गठबन्धन भारतका निम्ति भारतले बनाएको हो । यी रातरात आफैं मिल्न सम्भव नै थिएन । मालिकले जे भन्यो, त्यही गरे । प्यादाहरु हुन्, यिनीहरु।

तपाईंहरुलाई चाहिँ गठबन्धनमा मिल्न अफर आएन?

त्यो आँट नै गर्दैनन् नि! किनकि, उनीहरुलाई थाहा छ कि हामीहरु त्यस्तो शक्ति होइनौं।

प्रकाशित मिति: आइतबार, असोज २२, २०७४  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्