• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाँठपाला विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

64x64
रासस बिहीबार, पुस २८, २०७९  ०९:५०
1140x725

बझाङ– बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ। खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ। त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय।

बाँठपाला विद्यालय ३५ वर्षअघि स्थापना भएको हो। स्थापना कालमा कखरा सिक्ने १० जनामध्ये दुई जनाले मात्रै एसएलसी पास गरे। बाँकी तीन, चार, पाँच कक्षा हुँदै छात्रा बिहेवारीतिर लागे भने छात्र मजदुरीका लागि भारततर्फ गए। परिवारको आर्थिक स्थिति कमजोरकै कारण उनीहरूले विदेशिनुपरेको थियो। घरमै बसेर जसोतसो गर्दै पढेका दुई जना छन् वीरबहादुर सार्की र उनकै सहपाठी मोती सार्की।

बाँठपालाका पहिलो विद्यार्थी सार्कीद्वय अहिले सरकारी सेवामा आबद्ध छन्। वीरबहादुर तलकोट गाउँपालिकाका कृषि प्राविधिकको रूपमा कार्यरत छन् भने मोती प्रावि तहमा स्थायी शिक्षक भएर ताप्लेजुङमा पढाइरहेका छन्। विद्यालयमा सुरूआती शिक्षकलाई तलबस्वरूप घरायसी अन्न दिइन्थ्यो। संस्थापक शिक्षक भिकुले सार्की थिए। पाँच कक्षासम्म अध्ययन गरेका भिकुलेकै कारण विद्यालय स्थापना भएको थियो। 

पहिलो वर्ष १० जनालाई अध्ययन गराएका भिकुलेले तीन वर्ष लगातार पढाए। पछि गाउँमा केही विवाद आएपछि विद्यालय नै दुई वर्ष सञ्चालन भएन। त्यस बखत दुर्गा भवानी मावि खौला पढ्न पढाएका बालबालिका निकै हेपिन/कुटिन थालेपछि भिकुलेकै नेतृत्वमा बाँठपाला फेरि सञ्चालनमा आयो।

२० वर्षसम्म तीन कक्षासम्मै चलेको विद्यालय २०६४ सालपछि दुई कक्षा थपिएर पाँच कक्षासम्म भयो। ६० वर्ष पुग्नै लागेका भिकुले दुर्गा भवानीमै अध्ययन गरेका हुन्। दलित समुदायको शून्य उपस्थिति हुने उक्त विद्यालयमा भिकुले गएसँगै गाउँबाट अन्य विद्यार्थी पढ्न गएका थिए। बाल्यकालमा पढ्न अब्बल उनी शिक्षकको प्रिय बन्दै गए। 

बाहिरबाट आएका शिक्षकबाट पढाइको महत्व बुझेका उनले २०४४ सालमा गाउँमै विद्यालय स्थापना गरे र एसएलसी पास गरेर उनी सोही विद्यालयको एकल शिक्षक बने। बाँठपाला विद्यालयमा २०६४ सालदेखि कक्षा पाँचसम्मको पढाइ हुन थालेको हो। स्थापना कालदेखि २६ वर्षसम्म दलित समुदायका कोही पनि विद्यालय भर्ना भएनन्। विसं २०७० यता मात्र दलित समुदायका बालबालिका विद्यालय जान थालेका हुन्।

पाँच कक्षाको पठनपाठन हुन थालेपछि विद्यालयले कार्यालय सहयोगी राख्यो। अहिलेका प्रधानाध्यापक बोटी कामी पनि २०६२ सालदेखि सो विद्यालयमा शिक्षक भएका हुन्। उनी २०७० सालदेखि प्रधानाध्यापक छन्। भिकुलेपछि भुवन सार्की, अम्बे सार्की र अहिले बोटी प्रधानाध्यापकको रूपमा काम गरिरहेका छन्। विकको सक्रियतापछि विद्यालयले मुहार फेरेको हो। 

विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन
दलित समुदायको थरलाई जोडेर अहिले पनि फलानो टोल भन्ने चलन मेटिएको छैन। हरेक ठाउँका गैरदलित समुदायले दलित समुदायलाई चिनाउनका लागि अपहेलित नाम राखेको पुस्तौं बितिसकेको छ। त्यसैमध्येका दुई गाउँ हुन् भक्तपुर र ललितपुर।

Ncell 2
Ncell 2
nimb
nimb

गैरदलित समुदायले सहनै नसक्ने गरी विभेद गर्न थालेपछि गाउँको नामै फेर्नुपरेको स्थानीय गोरख कामी बताउँछन्। उनका अनुसार भक्तपुरका स्थानीय अगुवाले भुलवाडा (टोल)लाई ‘भक्तपुर’ र लुहारवाडाको नाम ‘ललितपुर’ राखे। नजिकै सार्की समुदायको टोल सार्कीवाडा पनि भक्तपुरमै गाभियो।

‘बाटोमा हिँड्दादेखि सबैले अनेक तरिकाले हेला गर्न थालेपछि सात/आठ वर्षअगाडि नै बस्तीको नाम फेरेका हौं’, उनले भने। सामाजिकरूपमा बाध्य भएर विभेद कम गरे पनि मानसिकरूपमा भने गैरदलित समुदायको अहंकार नटुटेको कामीले बताए। 

‘यहाँका कतिपय गैरदलितलाई अहिले पनि अपहेलित शब्द सामान्य नै लाग्छ’, उनी भन्छन्, ‘दलित समुदायका कसैको नाम पनि बङ्ग्याएर बोलाउने धेरै छन्। त्यस्तो सुन्दा आफूलाई लाज लाग्छ तर, भन्नेलाई केही लाग्दैन।’

यता विद्यालयले भने विभेद मुक्तिका लागि निकै फड्को मारेको छ। प्रअ कामीले भने, ‘हाम्रो विद्यालयमा आइसकेपछि विभेद भन्ने न शिक्षकलाई थाहा छ, न विद्यार्थीलाई। यहाँ पढ्ने सबै बालबालिका, कार्यालय सहयोगी, शिक्षक सबै सँगै बसेर खान्छौं। तर, समुदायमा भने यो शिक्षा सबैको कानकानमा फुक्नुपर्ने अझै देखिन्छ।’

दुर्गा भवानी माविमा २०४३ सालमा प्रधानाध्यापकको जिम्मेवारीमा आएका थिए, सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुनबहादुर थापा। उनी त्यस विद्यालयमा आउँदा दलित समुदायको उपस्थिति शून्यजस्तै थियो। ‘नजिकैको गाउँ धेरै ठूलो तर, विद्यार्थी छँदै थिएनन्’, थापाले भने, ‘त्यस गाउँमा धेरै पटक धायौं। सामुदायिक विद्यालयमा सबैले पढ्नुपर्छ। घर नजिकको स्कुल, मौकाको फाइदा उठाउनुस् भन्ने अभियान नै चलायौं। त्यसपछि विद्यार्थी आउन थाले।’

थापा शिक्षा सबैका लागि हुनुपर्छ भन्ने सोच राख्थे। ‘मैले सके जति बालबालिका घरमा नरोकिउन भन्दै विद्यालय पढाउन अभिभावकलाई आग्रह गरेँ, उहाँहरूले पनि स्वीकार्नु भयो र विद्यार्थीको सङ्ख्या बढ्दै गयो।’ उनका अनुसार आफ्नै सल्लाहमा भक्तपुरमा विद्यालय स्थापना भयो। ‘त्यस बेलामा पढाइलाई महत्व कसैले दिँदैनथे, हामीले हाम्रै विद्यार्थी भिकुलेलाई शिक्षक बनाउन र गाउँमा विद्यालय खोल्न सल्लाह दियौं। शिक्षाको महत्व बुझाउँदै गयौं। पछि विद्यालय फस्टाउँदै गएको हो’, उनले भने। 

पालिकाकै नमुना विद्यालय 
अहिले बाँठपाला पाँच कक्षासम्म सञ्चालन भइरहेको छ। सानो ठाउँमा स्थापना भएको विद्यालयमा खुला चौरको भने अभाव छ। पालिका, सङ्घसंस्था, स्थानीयको प्रत्यक्ष सहयोग भइरहेको हुँदा शैक्षिक गुणस्तर बढ्दै गएको छ। शिक्षक भरतबहादुर सार्कीले भने, ‘पालिकाभरि हाजिरीजवाफलगायतका कार्यक्रममा सहभागी भएर हरेक पटक राम्रो नतिजा ल्याउँदै आएको छ।’

विद्यालयमा सबै निकायले मिहेनत गरे पनि शिक्षकको भने अभाव छ। ‘बाल कक्षादेखि पाँचसम्म छ पिरियड हुन्छन्। पाँच शिक्षकले सबै पिरियड मुस्किलले पढाउनुपरेको छ,’ उनले भने। विद्यालयको भौतिक संरचनाका लागि पनि प्रदेश र स्थानीय तहको सहयोगमा भवन निर्माण गरिएको हो।

‘विद्यालयको घेरबार प्रदेश सरकारबाट परेको थियो’, प्रधानाध्यापक बोटीले भने, ‘घेरबारको कार्यक्रम १५ लाख आउने भनेकामा पाँच लाख मात्रै आएको हुँदा विद्यालय घाटामा गएको हो।’ भौतिक संरचनाभन्दा पनि विद्यालयको शैक्षिक गुणस्तर कसरी अझै माथि उठाउन सक्छौं भन्ने  सल्लाह गरिरहेको उनले बताए। 

‘बाँठपालालाई दलित मात्रै पढ्ने भनेर बुझ्ने गरिन्थ्यो’, उनले भने, ‘तलकोट गापाबाट, विश्व खाद्य, सङ्घसंस्थाबाट सहयोग भएपछि अहिले खौलाबाट पनि विद्यार्थी आइरहनुभएको छ। बाँठपालामा एक कार्यालय सहयोगीबाहेक सबै दलित समुदायकै शिक्षक शिक्षिकाले अध्यापन गराइरहनुभएको छ।’

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा मङ्गलबार प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर... बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधवार ललितपुरमा आयोजित २० औँ राष्ट्रिय संरक्षण दिवसका अवसरमा मन्त्री चौधरीले प्रकृतिको संरक्षण र मानव-वन्यजन्तु सहअस्तित्वका लागि त... बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ। बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्