• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाँठपाला विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

64x64
रासस बिहीबार, पुस २८, २०७९  ०९:५०
1140x725

बझाङ– बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ। खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ। त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय।

बाँठपाला विद्यालय ३५ वर्षअघि स्थापना भएको हो। स्थापना कालमा कखरा सिक्ने १० जनामध्ये दुई जनाले मात्रै एसएलसी पास गरे। बाँकी तीन, चार, पाँच कक्षा हुँदै छात्रा बिहेवारीतिर लागे भने छात्र मजदुरीका लागि भारततर्फ गए। परिवारको आर्थिक स्थिति कमजोरकै कारण उनीहरूले विदेशिनुपरेको थियो। घरमै बसेर जसोतसो गर्दै पढेका दुई जना छन् वीरबहादुर सार्की र उनकै सहपाठी मोती सार्की।

बाँठपालाका पहिलो विद्यार्थी सार्कीद्वय अहिले सरकारी सेवामा आबद्ध छन्। वीरबहादुर तलकोट गाउँपालिकाका कृषि प्राविधिकको रूपमा कार्यरत छन् भने मोती प्रावि तहमा स्थायी शिक्षक भएर ताप्लेजुङमा पढाइरहेका छन्। विद्यालयमा सुरूआती शिक्षकलाई तलबस्वरूप घरायसी अन्न दिइन्थ्यो। संस्थापक शिक्षक भिकुले सार्की थिए। पाँच कक्षासम्म अध्ययन गरेका भिकुलेकै कारण विद्यालय स्थापना भएको थियो। 

पहिलो वर्ष १० जनालाई अध्ययन गराएका भिकुलेले तीन वर्ष लगातार पढाए। पछि गाउँमा केही विवाद आएपछि विद्यालय नै दुई वर्ष सञ्चालन भएन। त्यस बखत दुर्गा भवानी मावि खौला पढ्न पढाएका बालबालिका निकै हेपिन/कुटिन थालेपछि भिकुलेकै नेतृत्वमा बाँठपाला फेरि सञ्चालनमा आयो।

२० वर्षसम्म तीन कक्षासम्मै चलेको विद्यालय २०६४ सालपछि दुई कक्षा थपिएर पाँच कक्षासम्म भयो। ६० वर्ष पुग्नै लागेका भिकुले दुर्गा भवानीमै अध्ययन गरेका हुन्। दलित समुदायको शून्य उपस्थिति हुने उक्त विद्यालयमा भिकुले गएसँगै गाउँबाट अन्य विद्यार्थी पढ्न गएका थिए। बाल्यकालमा पढ्न अब्बल उनी शिक्षकको प्रिय बन्दै गए। 

बाहिरबाट आएका शिक्षकबाट पढाइको महत्व बुझेका उनले २०४४ सालमा गाउँमै विद्यालय स्थापना गरे र एसएलसी पास गरेर उनी सोही विद्यालयको एकल शिक्षक बने। बाँठपाला विद्यालयमा २०६४ सालदेखि कक्षा पाँचसम्मको पढाइ हुन थालेको हो। स्थापना कालदेखि २६ वर्षसम्म दलित समुदायका कोही पनि विद्यालय भर्ना भएनन्। विसं २०७० यता मात्र दलित समुदायका बालबालिका विद्यालय जान थालेका हुन्।

पाँच कक्षाको पठनपाठन हुन थालेपछि विद्यालयले कार्यालय सहयोगी राख्यो। अहिलेका प्रधानाध्यापक बोटी कामी पनि २०६२ सालदेखि सो विद्यालयमा शिक्षक भएका हुन्। उनी २०७० सालदेखि प्रधानाध्यापक छन्। भिकुलेपछि भुवन सार्की, अम्बे सार्की र अहिले बोटी प्रधानाध्यापकको रूपमा काम गरिरहेका छन्। विकको सक्रियतापछि विद्यालयले मुहार फेरेको हो। 

विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन
दलित समुदायको थरलाई जोडेर अहिले पनि फलानो टोल भन्ने चलन मेटिएको छैन। हरेक ठाउँका गैरदलित समुदायले दलित समुदायलाई चिनाउनका लागि अपहेलित नाम राखेको पुस्तौं बितिसकेको छ। त्यसैमध्येका दुई गाउँ हुन् भक्तपुर र ललितपुर।

nimb
nimb

गैरदलित समुदायले सहनै नसक्ने गरी विभेद गर्न थालेपछि गाउँको नामै फेर्नुपरेको स्थानीय गोरख कामी बताउँछन्। उनका अनुसार भक्तपुरका स्थानीय अगुवाले भुलवाडा (टोल)लाई ‘भक्तपुर’ र लुहारवाडाको नाम ‘ललितपुर’ राखे। नजिकै सार्की समुदायको टोल सार्कीवाडा पनि भक्तपुरमै गाभियो।

‘बाटोमा हिँड्दादेखि सबैले अनेक तरिकाले हेला गर्न थालेपछि सात/आठ वर्षअगाडि नै बस्तीको नाम फेरेका हौं’, उनले भने। सामाजिकरूपमा बाध्य भएर विभेद कम गरे पनि मानसिकरूपमा भने गैरदलित समुदायको अहंकार नटुटेको कामीले बताए। 

‘यहाँका कतिपय गैरदलितलाई अहिले पनि अपहेलित शब्द सामान्य नै लाग्छ’, उनी भन्छन्, ‘दलित समुदायका कसैको नाम पनि बङ्ग्याएर बोलाउने धेरै छन्। त्यस्तो सुन्दा आफूलाई लाज लाग्छ तर, भन्नेलाई केही लाग्दैन।’

यता विद्यालयले भने विभेद मुक्तिका लागि निकै फड्को मारेको छ। प्रअ कामीले भने, ‘हाम्रो विद्यालयमा आइसकेपछि विभेद भन्ने न शिक्षकलाई थाहा छ, न विद्यार्थीलाई। यहाँ पढ्ने सबै बालबालिका, कार्यालय सहयोगी, शिक्षक सबै सँगै बसेर खान्छौं। तर, समुदायमा भने यो शिक्षा सबैको कानकानमा फुक्नुपर्ने अझै देखिन्छ।’

दुर्गा भवानी माविमा २०४३ सालमा प्रधानाध्यापकको जिम्मेवारीमा आएका थिए, सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुनबहादुर थापा। उनी त्यस विद्यालयमा आउँदा दलित समुदायको उपस्थिति शून्यजस्तै थियो। ‘नजिकैको गाउँ धेरै ठूलो तर, विद्यार्थी छँदै थिएनन्’, थापाले भने, ‘त्यस गाउँमा धेरै पटक धायौं। सामुदायिक विद्यालयमा सबैले पढ्नुपर्छ। घर नजिकको स्कुल, मौकाको फाइदा उठाउनुस् भन्ने अभियान नै चलायौं। त्यसपछि विद्यार्थी आउन थाले।’

थापा शिक्षा सबैका लागि हुनुपर्छ भन्ने सोच राख्थे। ‘मैले सके जति बालबालिका घरमा नरोकिउन भन्दै विद्यालय पढाउन अभिभावकलाई आग्रह गरेँ, उहाँहरूले पनि स्वीकार्नु भयो र विद्यार्थीको सङ्ख्या बढ्दै गयो।’ उनका अनुसार आफ्नै सल्लाहमा भक्तपुरमा विद्यालय स्थापना भयो। ‘त्यस बेलामा पढाइलाई महत्व कसैले दिँदैनथे, हामीले हाम्रै विद्यार्थी भिकुलेलाई शिक्षक बनाउन र गाउँमा विद्यालय खोल्न सल्लाह दियौं। शिक्षाको महत्व बुझाउँदै गयौं। पछि विद्यालय फस्टाउँदै गएको हो’, उनले भने। 

पालिकाकै नमुना विद्यालय 
अहिले बाँठपाला पाँच कक्षासम्म सञ्चालन भइरहेको छ। सानो ठाउँमा स्थापना भएको विद्यालयमा खुला चौरको भने अभाव छ। पालिका, सङ्घसंस्था, स्थानीयको प्रत्यक्ष सहयोग भइरहेको हुँदा शैक्षिक गुणस्तर बढ्दै गएको छ। शिक्षक भरतबहादुर सार्कीले भने, ‘पालिकाभरि हाजिरीजवाफलगायतका कार्यक्रममा सहभागी भएर हरेक पटक राम्रो नतिजा ल्याउँदै आएको छ।’

विद्यालयमा सबै निकायले मिहेनत गरे पनि शिक्षकको भने अभाव छ। ‘बाल कक्षादेखि पाँचसम्म छ पिरियड हुन्छन्। पाँच शिक्षकले सबै पिरियड मुस्किलले पढाउनुपरेको छ,’ उनले भने। विद्यालयको भौतिक संरचनाका लागि पनि प्रदेश र स्थानीय तहको सहयोगमा भवन निर्माण गरिएको हो।

‘विद्यालयको घेरबार प्रदेश सरकारबाट परेको थियो’, प्रधानाध्यापक बोटीले भने, ‘घेरबारको कार्यक्रम १५ लाख आउने भनेकामा पाँच लाख मात्रै आएको हुँदा विद्यालय घाटामा गएको हो।’ भौतिक संरचनाभन्दा पनि विद्यालयको शैक्षिक गुणस्तर कसरी अझै माथि उठाउन सक्छौं भन्ने  सल्लाह गरिरहेको उनले बताए। 

‘बाँठपालालाई दलित मात्रै पढ्ने भनेर बुझ्ने गरिन्थ्यो’, उनले भने, ‘तलकोट गापाबाट, विश्व खाद्य, सङ्घसंस्थाबाट सहयोग भएपछि अहिले खौलाबाट पनि विद्यार्थी आइरहनुभएको छ। बाँठपालामा एक कार्यालय सहयोगीबाहेक सबै दलित समुदायकै शिक्षक शिक्षिकाले अध्यापन गराइरहनुभएको छ।’

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित रसुवा बाढीबाट प्रभावित विद्युत् आयोजनामा उद्धारको लागि आएको ६ सदस्यीय सुरुङ विज्ञ टोली अपर त्रिशुली–१ परियोजनाको सम्पर्कमा पुगेको छ।... शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो... शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं मन्त्री गुरुङले सुरुङको माथिल्लो भागमा सानो प्वाल बनाउन सफल भएको र त्यसमार्फत हावा पठाउन सुरु गरिएको बताए । शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्