काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धको कमाण्ड गरिरहेका शीर्ष कमाण्डर सर्गेइ सुरोविकिनलाई उनको पदबाट हटाएका छन्। उनलाई युक्रेनमा तीन महिनाअघि नियुक्त गरिएको थियो।
सर्गेइलाई हटाएसँगै अब युक्रेनमा विशेष सैन्य अभियानको नेतृत्व चीफ अफ जनरल स्टाफ भलियरी गेरासिमोफले गर्ने भएका छन्। जनरल गेरासिमोफले सर्गेइको स्थान लिएका छन्। शीर्ष कमाण्डरको भूमिकामा सुरोविकिन रुसको संयुक्त सेनाका प्रमुख थिए।
सुरोविकिनले हालै युक्रेनको उर्जासँग जोडिएको ढाँचामा आक्रमणको नेतृ्त्व गरेका थिए। पूर्वी युक्रेनमा रुसी सेना अघि बढ्दै गर्दा यो परिवर्तन गरिएको हो।
रुसले गतवर्ष २४ फेब्रेअरीदेखि नै युक्रेनमा आक्रमण जारी राखेको छ। जनरल गेरासिमोफ २०१२ देखि चीफ अफ जनरल स्टाफका रुपमा कार्यरत छन्। उनी सोभियत कालपछि सबैभन्दा लामो समयसम्म आफ्नो पदमा रहने चीफ अफ रनरल स्टाफ हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।