• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रक्तदान : कसले गर्न हुने, कसले नहुने?

64x64
नेपाल लाइभ आइतबार, साउन २७, २०७५  ०१:१९
1140x725

'रक्तदान जीवनदान। रक्तदान महादान।'

यी 'स्लोगन' हामीले बारम्बार सुन्ने गरेका छौँ। रक्तदानका लागि प्रेरित गर्न यी वाक्यांशले धेरै भूमिका पनि खेलेका होलान्। तर, रक्तदान गर्नुअघि केही कुरामा ध्यान पुर्‍याउनुपर्छ।

रगतको प्रमुख काम प्राणवायु तथा पोषक तत्व कोषिकाहरुमा पुर्‍याउनु हो। रगतमा विभिन्न प्रकारका तत्व हुन्छन्, जसले ज्युँदो राख्न र रोगहरु निको पार्न मद्दत गर्छन्। रक्तदान गर्नाले कतिपय मानिसको ज्यान बचाउन सकिन्छ। एक पटक रक्त दान गरेर त हेर्नोस१ कसैको ज्यान जोगाउँदा जुन गर्व महसुस हुन्छ, त्यसलाई शब्दले वर्णन गर्न सकिँदैन। रगत आँफैलाई वा आफन्तलाई कुनै पनि बेला चाहिन सक्छ। रक्तदान गर्दा अरुलाई मात्र होइन आफैँलाई पनि फाइदा पुग्छ।

७० केजी वजन भएका व्यक्तिले लगभग पाँच सय मिलिलिटर रक्तदान गर्न मिल्ने भए पनि नेपालमा तीन सय ५० मिलिलिटर मात्रै रगत निकाल्ने गरिन्छ। हाम्रो शरीरमा औसत पाँच लिटर रगत हुन्छ। तर, नेपालीको वजन कम हुने हुँदा रगतको मात्रा पनि कम हुन्छ। शरीरको वजन अनुसार प्रतिकेजी ७० मिलिलिटरका दरले रगतको मात्रा पत्ता लगाउन सकिन्छ। एउटा स्वस्थ रक्तदाताले प्रत्येक ५६ दिनमा रक्तदान गर्न मिल्छ। तथापि प्रत्येक तीन महिनामा रक्तदान गर्नु उपयुक्त हुन्छ। दान गरिएको रगत ४२ दिनसम्म काम लाग्ने भएकाले रगत आवश्यक पर्ने धेरै बिरामीलाई यो काम आउँछ।

रगतलाई सामान्यतया आठ समूहमा विभाजन गरिएको हुन्छ। 'ए, बी, एबी, ओ' पोजिटिभ र 'ए, बी, एबी, ओ' नेगेटिभ। आपतकालीन अवस्थामा 'ओ' नेगेटिभ समूहको रगत अन्य समूहको रगत भएकालाई दिन सकिन्छ। त्यसैले 'ओ' नेगेटिभ समूहलाई 'युनिभर्सल डोनर' भनिन्छ। 'एबी' रक्त समूह भएकाहरुले भने अन्य रक्त समूह भएकाको रगत लिन मिल्छ। त्यसैले 'एबी' समूहलाई 'युनिभर्सल रेसिपिएन्ट' भनिन्छ। सैद्धान्तिक रुपमा यसो भनिए पनि रक्त समूह मिलाएरै मात्र रगत लिनु उत्तम हुन्छ।

रक्तदान गर्ने व्यक्ति स्वस्थ हुनु जरुरी छ, ताकि रगत लिनेलाई कुनै प्रकारको रोग नलागोस्। दान गरिने रगतमा जीवाणु, परजीवी, औषधि तथा कुनै पनि प्रकारका हानिकारक पदार्थ हुनु हुँदैन। रक्तदान गर्नुअगाडि रक्तदाताको स्वास्थ्य परीक्षण गरिने भए पनि हाम्रो सन्दर्भमा प्रायः परीक्षण विस्तारमा गरिएको  हुँदैन।

नेपालमा सामान्यतया रगत सुरक्षित छ कि छैन भनी थाहा पाउन निम्न परीक्षण गरिन्छ।

१. हेपाटाइटिस 'बी' र 'सी'

Ncell 2
Ncell 2
nimb
nimb

२. एचआइभी १ र २

३. भिरिंगी

४. रक्त समूह।

निम्न अवस्थामा रक्तदान गर्न मिल्छ

- १८ वर्ष उमेर तथा ५० केजी तौ भएका स्वस्थ्य व्यक्ति जोसुकैले रक्तदान गर्न सक्छन्। अभिभावकको स्वीकृतिमा १६ वर्ष माथिकाले पनि रक्तदान गर्न मिल्छ। ६० वर्षभन्दा बढी उमेरकाहरुले रक्तदान नगरेको वेश।

- ज्वरो वा सास फेर्न गाह्रो नभएमा एलर्जी, सुक्खा खोकी भए पनि रक्तदान गर्न मिल्छ।

- सामान्य खालको दम भएकाहरुले औषधि खाइरहेका भए पनि रक्तदान गर्न सक्छन्।

- नाडीको चाल ५०-१०० प्रतिमिनेट भएका, माथिल्लो प्रेसर (सिस्टोलिक) १००-१८० तथा तल्लो प्रेसर (डायास्टोलिक) ५०-१०० छ भने उच्च रक्तचापको औषधि खाइरहेका वा नखाएका जोसुकैले पनि रक्तदान गर्न सक्छन्।

- चिनी रोगले आँखा, मुटु, मिर्गौला आदि अंगमा असार नपारेको अवस्थामा मुखबाट औषधि खाइरहेकाहरुको चिनी रोग नियन्त्रणमा छ भने रक्तदान गर्न सकिन्छ।

- विगत ६ महिनादेखि  छाती दुख्ने तथा मुटुरोग सम्बन्धी लक्षण नभएका, रोग नियन्त्रणमा भएका र दैनिक क्रियाकलापमा समस्या नभएका  मुटुरोगीहरुले रक्तदान गर्न मिल्छ।

निम्न अवस्थामा रक्तदान गर्नु हुँदैन

औषधि सेवन

- ज्वरो आएको तथा एन्टिबायोटिक लिइरहेको अवस्था।

- आइसोट्रेटिनोइन, एकुटेन, फिनास्टेराइडजस्ता डन्डिफोर  तथा पिसाबको ग्रन्थी बढेको अवस्थामा प्रयोग गरिने औषधिको  अन्तिम मात्रा खाएपछि एक महिना नपुगेको अवस्था।

- पिसाबको ग्रन्थी बढेको अवस्थामा प्रयोग गरिने डुटास्टेराइड औषधिको  अन्तिम मात्रा खाएपछि ६ महिना नपुगेको अवस्था।

- एस्पिरिन खाइरहेकाहरुले पर्खनुपर्छ भन्ने छैन, तर तीन दिन पर्खंदा वेश।

- हेपारिन, वार्फारिनजस्ता रगत पातलो पार्ने औषधि लिइरहेका बिरामीहरुले चिकित्सकद्वारा औषधि छुटाइएको अवस्थामा सात दिनपछि मात्र रक्तदान गर्नु पर्छ।

- टिक्लोडिपिन, क्लोपिडोग्रेल जस्ता रगत जमाउन कम गर्ने औषधि लिइरहेकाहरुले औषधि छोडेपछि १४ दिन पर्खनुपर्छ।

- ग्रोथ हर्मोन लिएकाहरुले रक्तदान गर्नु हुँदैन।

- सोरियासिस नामक छालाको रोगका लागि इट्रेटिनेट औषधि लिइरहेकाहरुले कहिल्यै पनि रक्तदान गर्नु हुँदैन। एसिट्रेटिन औषधि लिइरहेकाहरुले पनि औषधि छोडेको तीन वर्षसम्म रक्तदान गर्नु हुँदैन।

- छालाको क्यान्सरमा प्रयोग गरिने भिस्मोडेगिल  औषधि लिइरहेकाहरुले औषधि छोडेको ७ महिना नपुगेको अवस्था।

- प्रतिरक्षात्मक शक्ति कमजोर हुने रोगमा प्रयोग गरिने टेरिफ्लुनोमाइड औषधि लिइरहेकाहरुले औषधि छोडेको २ वर्षसम्म रक्तदान गर्न मिल्दैन।

खोप

- दादुरा, हाडे, रुबेला, ठेउला तथा जनै खटिरा विरुद्ध खोप लगाएको चार हप्तासम्म रक्तदान गर्नु हुँदैन।

- हेपाटाइटिस 'बी' का रोगीको  सम्पर्कमा नआएका तर हेपाटाइटिस 'बी' खोप लगाएकाहरुले तीन हप्तासम्म रक्तदान गर्नु हुँदैन।

- हेपाटाइटिस 'बी' का रोगीको सम्पर्रकमा आएका, हेपाटाइटिस 'बी' इम्युन ग्लोबुलिन  लगाएकाहरुले एक वर्ष नपुगेसम्म रक्तदान गर्नु हुँदैन।

स्वास्थ्य अवस्था

- प्रति एक सय मिलिलिटर रगतमा हेमोग्लोबिन महिलामा १२ दशमलब ५ ग्राम तथा पुरुषमा १३ ग्रामभन्दा कम वा २० ग्रामभन्दा बढी भएकाहरुले रक्तदान गर्नु हुँदैन।

- गर्भवती महिलाले बच्चा जन्मेको ६ हप्तासम्म रक्तदान गर्नु हुँदैन।

- हृदयघात, मस्तिष्कघात, कलेजो तथा मिर्गौला फेल भएकाहरुले रक्तदान गर्नु हुँदैन।

- तराई क्षेत्रमा व्यावहारिक नहुन सक्छ, तथापि मलेरियाको उपचार गरेको तीन वर्षसम्म तथा मलेरिया हुने क्षेत्रमा भ्रमण गरेको एक वर्षसम्म रक्तदान गर्नु हुँदैन।

- रगत बग्न सजिलै नरोकिने रोगी वा रगत पातलो पार्ने औषधी खाइरहेकाहरुले रक्तदान गर्नु हुँदैन।

- हेमोक्रोमेटोसिस नामक रोग भएकाहरुले रक्तदान गर्नु हुँदैन।

- रक्तनलीबाट लागूपदार्थ सेवन गर्नेहरुले रक्तदान गर्नु हुँदैन।

- रगत तथा ग्रन्थीको क्यान्सर भएकाहरुले रक्तदान गर्नु हुँदैन। पूर्णरुपमा उपचार गरिएका क्यान्सर रोगीहरुले पनि एक वर्षपछि मात्र रक्तदान गर्न सक्छन्।

रक्तदान गरेपछि अपनाउनुपर्ने सतर्कता

- ५-२० मिनेट आराम गर्नुपर्छ।

- कहिलेकाहीँ रक्तदान गरेपछि रिङ्गटा लाग्न सक्छ, होस गुम्न सक्छ। यस्तो अवस्थामा जुरुक्क उठ्ने प्रयास गर्नु हुँदैन। कोल्टे फर्केर आराम गर्नुपर्छ। गोडा अलि माथि उठाउने वा गोडामुनि सिरानी राखेर सुत्नुपर्छ।

- जुस, जीवन जल, पानी जस्ता तरल पदार्थ प्रसस्त पिउनुपर्छ।

- २४ घण्टा शारीरिक श्रम हुनेगरी गाह्रो काम गर्नु हुँदैन।

रोग हजारौँ प्रकारका हुन्छन्। सबै रोगको परीक्षण सम्भव नहुन सक्छ। आफूलाई लागेको रोग तथा स्वास्थ्य समस्याबारे अरुलाई भन्दा आफूलाई बढी थाहा हुन्छ। यसैले रक्तदान गर्नुअघि आफ्नो रोग तथा स्वास्थ्यबारे स्वास्थ्यकर्मीलाई सबै कुरा जानकारी गराउनुपर्छ। आफ्नो स्वास्थ्यमा नराम्रो असर नपर्ने गरी रक्तदान गरौँ  तर रोगदान नगरौँ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०७५  ०१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्