• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारले मूल्य नतोक्दा उद्योगीहरूले आफूखुशी बढाए चिनीको मूल्य

64x64
कल्पना घिमिरे बिहीबार, पुस २८, २०७९  ०७:०६
1140x725

काठमाडौं– सरकारले यो वर्ष उखुको मूल्य तोकेको छैन। किसानहरू पुरानै मूल्यमा उखु बिक्री गर्न बाध्य छन्। तर, केही दिन यता चिनी उद्योगीहरूले भने आफूखुशी चिनीको मूल्य बढाएका छन्। भारतबाट चिनी आयातमा पूर्ण प्रतिबन्ध हुँदा र सरकारले चिनीको मूल्य नतोक्दा उद्योगीहरूले आफूखुशी प्रतिकिलो ६ देखि १० रुपैयाँसम्म बढाएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए।

‘नेपाल सरकारले भारतबाट आयात हुने वस्तुहरूमा पूर्ण प्रतिबन्ध लगाउँदा चिनीमा पनि पूर्ण प्रतिबन्ध भयो। चिनी भारतबाट आयत हुँदा पनि शतप्रतिशत मार्जिन राखेर ल्याउनुपर्ने उद्योगीहरूको दबाब थियो’, उनले भने, ‘पूर्ण प्रतिबन्ध लगाउने दबाब पनि उद्योगीहरूकै हो। तर, भारतबाट चिनी नआएपछि नेपालका चिनी उद्योगले प्रतिकिलो ८ देखि १० रुपैयाँ बढाएका छन्। त्यसको प्रत्यक्ष प्रभाव बजारमा परेको हो।’

अहिले बजारमा होलसेल मूल्य प्रतिकिलो ८० देखि ८५ रुपैयाँ पर्ने गरेको तिमिल्सिना बताउँछन्। ‘उद्योगीहरूले माथिल्लो निकायलाई प्रभावमा पारेर आयातमा पूर्ण प्रतिबन्ध गर्ने काम गरे। त्यसपछि बजारमा मूल्य निर्धारण गर्ने काममा उनीहरू नै प्रत्यक्ष संलग्न रहने गरेका छन्’, उनले भने।

मूल्यवृद्धि हुनुमा मुख्य दोष चिनी उत्पादन संघको भएको तिमिल्सिनाले बताए। सँगसँगै सरकारले उखुको मूल्य तोक्ने तर, चिनीको मूल्य नतोक्ने कारणले गर्दा पनि भारतबाट ल्याउन नसक्ने बित्तिकै पटकपटक बजारमा उद्योगीहरूको एकाधिकार जमाई मनपरी मूल्यवृद्धि गर्ने गरेको तिमिल्सिना बताउँछन्।

उपभोक्ता संरक्षण ऐन २०७५ ले गरेको व्यवस्था अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको समर्थन मूल्य तोक्न सक्ने, बढाउन सक्छ।

‘सरकारको बेवास्ताले व्यापारीले आफूखुशी मूल्य बढाउँदा यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्। चिनी लगायत तरकारी, फलफूल, माछामासु, दालचामल नागरिकको दैनिक जीवनसँग जोडिएका वस्तु हुन्। ती वस्तुहरूको मूल्य निर्धारणमा सरकारको सशक्त भूमिका हुनुपर्थ्यो। तर, भएन,’ उनले भने, ‘चिनी उद्योगी संघका पदाधिकारीहरू जसले लागतभन्दा बढी मूल्य लिने गरेका छन्। किसानको मूल्य नतिर्ने र कार्टेलिङ गर्ने हिसाबले मूल्य बढाएका छन्। त्यसमा संलग्न हुनेलाई सरकारले कारबाही कडाभन्दा कडा गर्नुपर्‍यो।’

सरकारले उखुको मूल्य नतोक्दा कृषकहरू भने पुरानै मूल्यमा उखु बिक्री गर्न बाध्य छन्। उनीहरूले गतसालको मूल्य प्रतिक्वीन्टल ५२० रुपैयाँका दरले उखु बिक्री गरिरहेका छन्। जसमा सरकारले अनुदानवापत प्रतिक्वीन्टल ७० रुपैयाँ दिने गर्दछ। त्यसअनुसार कृषकलाई प्रतिक्वीन्टल ५९० रुपैयाँ पर्न जान्छ। 

पुरानै मूल्यमा उखु बिक्री गर्न पर्दा आफूहरू मारमा परेको कृषकको गुनासो छ। साथै, उखु रोपेको जमिनमा हिउँदे बाली लाउन नपाउँदा चिन्तित भएको सर्लाहीका उखु किसान श्यामबाबु रायले बताए।

Ncell 2
Ncell 2

‘सरकारले समयमा उखुको मूल्य नतोक्दा मैले गहुँ, तोरी रोप्न पाइनँ। उखु पनि पुरानै मूल्यमा बिक्री गर्नुपर्दा दुःख लागेको छ। सरकारले अहिलेसम्म मूल्य तोकेको छैन। तर, चिनी उद्योगीले चिनीको मूल्य बढाएको छ। उखुको मूल्य भने सरकारले प्रतिक्वीन्टल १५ रुपैयाँ बढाउने कुरा भएको सुनेको छु। तर, हाम्रो त्यसमा सहमति छैन। उखुको मूल्य एकदमै कम र चिनीको मूल्य बढी हुनु अन्याय हो,’ रायले भने।

अर्का उखु किसान रामबिलास महतोको पनि उस्तै गुनासो छ। ‘सरकारले उखुको मूल्य तोकेको छैन। तर, उद्योगीले चिनीको मूल्य बढाएको सुनेको छु। हामीसँग उखु पुरानै मूल्यमा किनेर चिनीको मूल्य चाहिँ कसरी बढाउन पाइन्छ?’ महतोले भने।

एभरेष्ट सुगर मिलका म्यानेजर कृष्णचन्द्र दासले सरकारले उखुको मूल्य नतोक्दा उखु किसानसँग पोहोरकै मूल्यमा उखु लिएर चिनी उत्पादन गर्न थालेको बताए। पुरानै मूल्यमा भएपनि सरकारले मूल्य तोकेपछि नयाँ मूल्य अनुसार रकम भुक्तानी गर्नेगरि किसानसँग सहमति गरेर उखु लिएको उनले बताए। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिक्वीन्टल १५ रुपैयाँका दरले बढाउने गरी चिनी उद्योगमा सिफारिस गरेको दासले बताए।

‘त्यसमा हामीले समर्थन गरेका छौं। तर, किसानले त्यसलाई समर्थन गर्छन् कि गर्दैनन् हामीलाई थाहा भएन। यो कुराको निर्णय मन्त्रालयमा हुन्छ। ४ वर्षदेखि उखुको मूल्य मन्त्रालयले तोक्दै आएको छ,’ दासले  भने।

उनले अहिले चिनीको मूल्य नबढेको र पुरानै मूल्यमा चिनी बिक्री हुँदै आएको दाबी पनि गरे।

‘कहाँ चिनीको मूल्य बढाएको छ? पोहोरको मूल्यभन्दा कममा चिनी बिक्री हुँदै आएको छ। सरकारले उखुको मूल्य नतोक्दा मेरो चिनी सबै गोदाममा थन्किएको छ। गोदामबाट एकबोरा चिनी बाहिर निस्किएको छैन’, दासको दाबी छ।

भारतबाट आउने चिनी सस्तो भएको तर, आफूले उत्पादन गरेको चिनीमा लागत बढी लागेको हुँदा सस्तो मूल्यमा बिक्री नगर्ने दासले बताए।

‘उखुको मूल्य आवस् अनि चिनीको मूल्य तोकिन्छ। त्यसपछि चिनी बिक्री गर्छु। पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ज्याला बढ्यो, उखुको मूल्य बढ्यो। सबैकुरा बढ्दा चिनीको मूल्य नबढ्ने भन्ने हुन्छ र?’ दासको प्रश्न छ।

एभरेष्ट सुगर मिलकै बिमलचन्द्र ठाकुरले पनि चनीको भाउ बढेकोबारे आफू जानकार नभएको बताए।

‘बजारभाउ कम छ। लागत बढी छ। सरकारले उखुको मूल्य बढाउने भन्ने छ। पेट्रोलियम पदार्थको मूल्य बढेको छ। ज्याला बढेको छ। त्यसकारण हामीले चिनी बिक्री गरेका छैनौं। मूल्य बढेकोबारे हामीलाई जानकारी पनि छैन’, ठाकुरले भने।

यद्यपि, अलिहे सबै वस्तुको मूल्य बढेकाले चिनीको मूल्य बढ्नु नौलो कुरा भने नभएको उनी बताउँछन्। ‘अहिले सबैको मूल्य बढेको छ। यदि बढेको रहेछ भने पनि कुन ठूलो कुरा हो र? उखुको मूल्य बढ्दावित्तिकै चिनीको मूल्य बढ्छ,’ ठाकुरले भने। 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्