• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारले मूल्य नतोक्दा उद्योगीहरूले आफूखुशी बढाए चिनीको मूल्य

64x64
कल्पना घिमिरे बिहीबार, पुस २८, २०७९  ०७:०६
1140x725

काठमाडौं– सरकारले यो वर्ष उखुको मूल्य तोकेको छैन। किसानहरू पुरानै मूल्यमा उखु बिक्री गर्न बाध्य छन्। तर, केही दिन यता चिनी उद्योगीहरूले भने आफूखुशी चिनीको मूल्य बढाएका छन्। भारतबाट चिनी आयातमा पूर्ण प्रतिबन्ध हुँदा र सरकारले चिनीको मूल्य नतोक्दा उद्योगीहरूले आफूखुशी प्रतिकिलो ६ देखि १० रुपैयाँसम्म बढाएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए।

‘नेपाल सरकारले भारतबाट आयात हुने वस्तुहरूमा पूर्ण प्रतिबन्ध लगाउँदा चिनीमा पनि पूर्ण प्रतिबन्ध भयो। चिनी भारतबाट आयत हुँदा पनि शतप्रतिशत मार्जिन राखेर ल्याउनुपर्ने उद्योगीहरूको दबाब थियो’, उनले भने, ‘पूर्ण प्रतिबन्ध लगाउने दबाब पनि उद्योगीहरूकै हो। तर, भारतबाट चिनी नआएपछि नेपालका चिनी उद्योगले प्रतिकिलो ८ देखि १० रुपैयाँ बढाएका छन्। त्यसको प्रत्यक्ष प्रभाव बजारमा परेको हो।’

अहिले बजारमा होलसेल मूल्य प्रतिकिलो ८० देखि ८५ रुपैयाँ पर्ने गरेको तिमिल्सिना बताउँछन्। ‘उद्योगीहरूले माथिल्लो निकायलाई प्रभावमा पारेर आयातमा पूर्ण प्रतिबन्ध गर्ने काम गरे। त्यसपछि बजारमा मूल्य निर्धारण गर्ने काममा उनीहरू नै प्रत्यक्ष संलग्न रहने गरेका छन्’, उनले भने।

मूल्यवृद्धि हुनुमा मुख्य दोष चिनी उत्पादन संघको भएको तिमिल्सिनाले बताए। सँगसँगै सरकारले उखुको मूल्य तोक्ने तर, चिनीको मूल्य नतोक्ने कारणले गर्दा पनि भारतबाट ल्याउन नसक्ने बित्तिकै पटकपटक बजारमा उद्योगीहरूको एकाधिकार जमाई मनपरी मूल्यवृद्धि गर्ने गरेको तिमिल्सिना बताउँछन्।

उपभोक्ता संरक्षण ऐन २०७५ ले गरेको व्यवस्था अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको समर्थन मूल्य तोक्न सक्ने, बढाउन सक्छ।

‘सरकारको बेवास्ताले व्यापारीले आफूखुशी मूल्य बढाउँदा यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्। चिनी लगायत तरकारी, फलफूल, माछामासु, दालचामल नागरिकको दैनिक जीवनसँग जोडिएका वस्तु हुन्। ती वस्तुहरूको मूल्य निर्धारणमा सरकारको सशक्त भूमिका हुनुपर्थ्यो। तर, भएन,’ उनले भने, ‘चिनी उद्योगी संघका पदाधिकारीहरू जसले लागतभन्दा बढी मूल्य लिने गरेका छन्। किसानको मूल्य नतिर्ने र कार्टेलिङ गर्ने हिसाबले मूल्य बढाएका छन्। त्यसमा संलग्न हुनेलाई सरकारले कारबाही कडाभन्दा कडा गर्नुपर्‍यो।’

सरकारले उखुको मूल्य नतोक्दा कृषकहरू भने पुरानै मूल्यमा उखु बिक्री गर्न बाध्य छन्। उनीहरूले गतसालको मूल्य प्रतिक्वीन्टल ५२० रुपैयाँका दरले उखु बिक्री गरिरहेका छन्। जसमा सरकारले अनुदानवापत प्रतिक्वीन्टल ७० रुपैयाँ दिने गर्दछ। त्यसअनुसार कृषकलाई प्रतिक्वीन्टल ५९० रुपैयाँ पर्न जान्छ। 

पुरानै मूल्यमा उखु बिक्री गर्न पर्दा आफूहरू मारमा परेको कृषकको गुनासो छ। साथै, उखु रोपेको जमिनमा हिउँदे बाली लाउन नपाउँदा चिन्तित भएको सर्लाहीका उखु किसान श्यामबाबु रायले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘सरकारले समयमा उखुको मूल्य नतोक्दा मैले गहुँ, तोरी रोप्न पाइनँ। उखु पनि पुरानै मूल्यमा बिक्री गर्नुपर्दा दुःख लागेको छ। सरकारले अहिलेसम्म मूल्य तोकेको छैन। तर, चिनी उद्योगीले चिनीको मूल्य बढाएको छ। उखुको मूल्य भने सरकारले प्रतिक्वीन्टल १५ रुपैयाँ बढाउने कुरा भएको सुनेको छु। तर, हाम्रो त्यसमा सहमति छैन। उखुको मूल्य एकदमै कम र चिनीको मूल्य बढी हुनु अन्याय हो,’ रायले भने।

अर्का उखु किसान रामबिलास महतोको पनि उस्तै गुनासो छ। ‘सरकारले उखुको मूल्य तोकेको छैन। तर, उद्योगीले चिनीको मूल्य बढाएको सुनेको छु। हामीसँग उखु पुरानै मूल्यमा किनेर चिनीको मूल्य चाहिँ कसरी बढाउन पाइन्छ?’ महतोले भने।

एभरेष्ट सुगर मिलका म्यानेजर कृष्णचन्द्र दासले सरकारले उखुको मूल्य नतोक्दा उखु किसानसँग पोहोरकै मूल्यमा उखु लिएर चिनी उत्पादन गर्न थालेको बताए। पुरानै मूल्यमा भएपनि सरकारले मूल्य तोकेपछि नयाँ मूल्य अनुसार रकम भुक्तानी गर्नेगरि किसानसँग सहमति गरेर उखु लिएको उनले बताए। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिक्वीन्टल १५ रुपैयाँका दरले बढाउने गरी चिनी उद्योगमा सिफारिस गरेको दासले बताए।

Xtrem

Xtrem

‘त्यसमा हामीले समर्थन गरेका छौं। तर, किसानले त्यसलाई समर्थन गर्छन् कि गर्दैनन् हामीलाई थाहा भएन। यो कुराको निर्णय मन्त्रालयमा हुन्छ। ४ वर्षदेखि उखुको मूल्य मन्त्रालयले तोक्दै आएको छ,’ दासले  भने।

उनले अहिले चिनीको मूल्य नबढेको र पुरानै मूल्यमा चिनी बिक्री हुँदै आएको दाबी पनि गरे।

‘कहाँ चिनीको मूल्य बढाएको छ? पोहोरको मूल्यभन्दा कममा चिनी बिक्री हुँदै आएको छ। सरकारले उखुको मूल्य नतोक्दा मेरो चिनी सबै गोदाममा थन्किएको छ। गोदामबाट एकबोरा चिनी बाहिर निस्किएको छैन’, दासको दाबी छ।

भारतबाट आउने चिनी सस्तो भएको तर, आफूले उत्पादन गरेको चिनीमा लागत बढी लागेको हुँदा सस्तो मूल्यमा बिक्री नगर्ने दासले बताए।

‘उखुको मूल्य आवस् अनि चिनीको मूल्य तोकिन्छ। त्यसपछि चिनी बिक्री गर्छु। पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ज्याला बढ्यो, उखुको मूल्य बढ्यो। सबैकुरा बढ्दा चिनीको मूल्य नबढ्ने भन्ने हुन्छ र?’ दासको प्रश्न छ।

एभरेष्ट सुगर मिलकै बिमलचन्द्र ठाकुरले पनि चनीको भाउ बढेकोबारे आफू जानकार नभएको बताए।

‘बजारभाउ कम छ। लागत बढी छ। सरकारले उखुको मूल्य बढाउने भन्ने छ। पेट्रोलियम पदार्थको मूल्य बढेको छ। ज्याला बढेको छ। त्यसकारण हामीले चिनी बिक्री गरेका छैनौं। मूल्य बढेकोबारे हामीलाई जानकारी पनि छैन’, ठाकुरले भने।

यद्यपि, अलिहे सबै वस्तुको मूल्य बढेकाले चिनीको मूल्य बढ्नु नौलो कुरा भने नभएको उनी बताउँछन्। ‘अहिले सबैको मूल्य बढेको छ। यदि बढेको रहेछ भने पनि कुन ठूलो कुरा हो र? उखुको मूल्य बढ्दावित्तिकै चिनीको मूल्य बढ्छ,’ ठाकुरले भने। 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्