काठमाडौं– भारतबाट आइरहेको एलपी ग्यासको गुणस्तरमा प्रश्न उठेको छ।
मंगलबार नेपाल आयल निगमले ५३ औंँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल एलपी ग्यास उद्योग महासङ्घका अध्यक्ष कुशकुमार मल्लीले भारतबाट आइरहेको एलपी ग्यासको गुणस्तरमा प्रश्न उठाउँदै यसलाई नियन्त्रण गर्नसमेत आग्रह गरेका छन्।
‘आईओसीले भरेर पठाउने ग्यास बुलेटमा कहिलेकाहीँ पानी मिसिएर आएको देखियो। उद्योगहरुले रिफिल गर्दा यसको असर उपभोक्तासम्म पुग्यो,’ उनले भने, ‘यसमा निगम र गुणस्तर तथा नापतौल विभागको समेत ध्यान जाओस्।’
उक्त कार्यक्रममा बोल्दै मल्लीले एलपी ग्यासको मूल्यजस्तै उद्योगी तथा ढुवानीकर्ताको कमिसनलाई समेत स्वचालित बनाउनुपर्ने समेत बताएका छन्। मल्लीले ढुवानीकर्ताको कमिसनलाई स्वचालित बनाउन निगमले सहमति गर्ने तर कार्यान्वयन नगर्ने गरेको गुनासो समेत पोखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।