काठमाडौं– शाहरुख खानको गैरसरकारी संस्थाले दिल्लीमा भएको हृदयविदारक घटनामा ज्यान गुमाएकी अञ्जलीको परिवारलाई सहयोगको हात बढाएको छ।
दिल्लीमा कारले ठक्कर दिएपछि अञ्जली नामकी महिलालाई करिब १२ किलोमिटरसम्म घिसारिएको थियो। फरेन्सिक साइन्स ल्याबोरेटरी (एफएसएल) का अनुसार उनी गाडीको अगाडिको पाङ्ग्रामा फसेकी थिइन्।
अञ्जली एक इभेन्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्थिन् र आफ्नो परिवारको एक मात्र कमाइ गर्ने व्यक्ति थिइन्। शाहरुख खानको मीर फाउन्डेसनले अञ्जली सिंहको परिवारलाई आर्थिक सहयोग गरेको हो।
शाहरुखले पिता मीर ताज मोहम्मद खानको नाममा मीर फाउन्डेसनको स्थापना गरेका थिए। यसअघि उक्त फाउन्डेसनले विपन्न महिला तथा बालबालिकालाई सहयोग गर्दै आएको छ।
नयाँ वर्षको पूर्वसन्ध्यामा अञ्जली साथी निधिसँग स्कुटीमा जाँदै गर्दा कारले ठक्कर दिएको थियो। फरेन्सिक रिपोर्टका अनुसार अञ्जलीको खुट्टा कारको अगाडिको बायाँ पाङ्ग्रामा अड्किएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।