• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सल्टु मुखिया घर नं. १३४ को कथा

64x64
कल्पना घिमिरे आइतबार, पुस २४, २०७९  ०७:३३
1140x725

काठमाडौं– थापाथलीस्थित सुकुम्बासी बस्तीको दायाँतर्फ अन्तिममा पुरानो त्रिपाल टाँगिएको छाप्रो छ। छाप्रोमा लेखिएको छ– ‘सल्टु मुखिया घर नं. १३४’। 

बाँसका भाटा र त्रिपालका टुक्राले बारेर त्यसलाई घरको रुप दिइएको छ। छेउछेउबाट बाँसको टेकोले अड्याइएको छ।

घर हो, सल्टु मुखिया र परमेशवरी मुखियाको।

यी दम्पती दृष्टिविहीन छन्। उनीहरूका एक छोरी छिन्। सल्टुको छोरीलाई काठमाडौंको एक संस्था(उनलाई नाम थाहा छैन)ले लगेर पढाइदिएको रहेछ। 

घरभित्र जस्ताले बारेका ३ कोठा छन्। एउटा कोठामा जस्ताको ठूलो बाकस छ। अर्को कोठामा ग्यास चुुल्हो र भाँडाकुँडा। एउटा कोठाको भुइँमा झुत्रा लुगा विछ्याएको छ। त्यही ओछ्यानमा सल्टु दिनभरि पल्टिरहन्छन्।

ओछ्यानको छेउमा परमेरश्वरीदेवीको शृङ्गारका सामग्री राख्ने सानो बाकस छ। परमेश्वरी बाकसबाट क्रिम पाउडर झिकेर अनुहारमा लगाउँछिन्। क्रिम लगाएपछि सिन्दुरको बट्टा बोकेर छिमेकीको घरमा पुग्छिन् र भन्छिन्, ‘दिदी लगाइदिनुस् न सिन्दुर।’ 

छिमेकी महिलाले सिन्दुर लगाइदिन्छिन्।

परमेश्वरीदेवीलाई घरको जिम्मेवारी छ। उनले आफ्नो र श्रीमान्को समेत पेट पाल्न सडक पेटीमा दिभरि हात थाप्नुपर्छ। यति नगरे उनीहरूको साँझ बिहान जोहो हुन गाह्रो छ। परमेश्वरीदेवी सबेरै उठेर  बागमती पुलमा पुग्छिन्। पुल तरेपछि  सडकपेटीमा बसेर पैसा माग्छिन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘सधैं कसैले दिँदैन। कोही चिनेजानेका मान्छेले यसको त श्रीमान् पनि अपाङ्ग छ भनेर दिइहाल्छन्। कहिले सौ डेढसौ हुन्छ। कहिले खालीहात घर फर्किनुपर्छ,’ उनी सुनाउँछिन्।

उनीहरु आफू खाना पकाउन सक्दैनन्। कहिले दिएका खानेकुरा खाएर पेट भर्छन्। कहिले मागेर ल्याएको पैसाले। यसरी नै उनीहरूको १३ वर्ष बिते। 

परमेश्वरीका हजुरबा शिव दास ४ वर्षअघि उनीहरूसँग बस्न आएपछि भने भान्छामा चुल्हो बल्न थालेको छ। त्यसअघि शिव नजिकैको मन्दिरमा बस्थे। त्यहाँ बस्दा उनले डेरा गरेर बसेका थिए। ‘त्यहाँ म महिनाको ३ हजार भाडा तिरेर बसेको थिएँ। अहिले यहाँ आएको छु। भाडा तिर्न पर्दैन, यिनीहरूलाई पनि सहयोग भएको छ,’ उनले भने।

आफू आएपछि शिवले ग्यास चुल्हो र सिलिण्डर ल्याएका थिए। शिव योगी हुन्। उनी काठमाडौंका विभिन्न मन्दिरमा बसेर भिक्षा माग्छन्। बिहान डेढ दुई घण्टासम्म मन्दिरमा बस्छन्। कहिले पाटनमन्दिर जान्छन्। कहिले कलंकी मन्दिर, कहिले नजिकै राम मन्दिरमा। 

‘दिनमा डेढ दुई घण्टा बसेँ भने तीनचार सौ हुन्छ। त्यतिभए त खर्च पुगिहाल्यो,’ उनी भन्छन्।

उनले मागेर ल्याएका चामल पकाउँछन्। परमेश्वरी र सल्टुलाई पनि खुवाउँछन्। परमेश्वरीले पनि मागेर ल्याएको पैसाले थप जोहो हुन्छ।

 शिवको घर तराईमा छ। घरमा २ छोरा र बुहारी छन्। छोरा बुहारी मजदुरी गरेर जीविका गर्दै आएको उनी बताउँछन्।

परमेश्वरीदेवी उनकै नातिनी हुन्। शिवको श्रीमती बितेको ३० वर्ष भयो। श्रीमती बितेपछि उनी घर छाडेर काठमाडौं आएका थिए।

२० वर्षअघि परमेश्वरीदेवी र सल्टुले भागेर विवाह गरेका थिए। त्यसै साल उनीहरू बन्दीपुरबाट काठमाडौं पसे। 

यत्रो वर्ष बस्दै ठाएको ठाउँबाट बास उखेल्ने कुरा सुन्दा उनीहरू तर्सिरहेका छन्। ‘यहाँबाट हामीले नयाँ संसार देख्यौं, अब यहीँबाट निकाले भने कहाँ जाने,’ सल्टुको चिन्ता छ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ०७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
क्यामेराबाट नेपाल चिनाउँदै भरतबन्धु थापा विश्व फोटोग्राफी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै थापाले आफ्नो फोटोग्राफी यात्रा, त्यसमा आएको परिवर्तन, व्यावसायिक स... बुधबार, भदौ ३, २०८३
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् शशांक ? साँढे पाँच महिनाको विदेश बसाइपछि तत्कालीन सभापति शेर बहादुर देउवा स्वदेश फर्किदाको उत्साह सुकेधारामा आयोजना गरिएको ‘राष्ट्रिय सम्मेल... सोमबार, भदौ १, २०८३
रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु] विरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
नेपालमा १६८ प्रजातिका लामखुट्टे, हिमाली क्षेत्रमासमेत फैलिँदै बिहीबार, भदौ ४, २०८३
सरकार-चिकित्सक संघ सम्झौतापछि गठित कार्यदलले बुझायो प्रतिवेदन बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
नाबालिकासँग फेसबुकमा साथी बनेर अश्लील तस्बिर पोस्ट गर्ने युवक पक्राउ बिहीबार, भदौ ४, २०८३
लघुवित्त पीडित मानवअधिकार आयोगमा धर्नामा, प्रसाईंको घरमा प्रहरीको खानतलासी बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
नेपाल सरकारका सचिवहरुको बैठकले के गर्यो निर्णय ? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्