• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

चार करोड ४५ लाखको कार्यक्रमका महानगरलाई लागि २०४ वटा संघ–संस्थाको प्रस्ताव

64x64
नेपाल लाइभ बिहीबार, पुस २१, २०७९  २२:००
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका लागि २ सय ४ वटा प्रस्ताव पेश भएका छन्। चार करोड ४५ लाख रुपैयाँका कार्यक्रमका लागि प्रस्ताव आव्हान गर्दै मंसिर १ गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो। सूचनाका आधारमा १० वटा क्षेत्रगत कार्यक्रमका लागि यी प्रस्ताव पेश भएका हुन्।

शुक्रबार सामाजिक विकास समितिको बैठकमा यससम्बन्धी छलफल गर्दै वडा नम्बर २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सूचक निर्धारण तथा छनोट समिति गठन गरिएको छ। समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी छन्। समितिमा वित्त विभागबाट प्रतिनिधि रहनुका साथै सामाजिक विकास विभाग प्रमुख सदस्य सचिव रहनेछन्।

बैठकमा महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र हरेक वडालाई एउटा सीप तथा उत्पादनसँग जोडेर पहिचान बढाउने कार्यक्रम सञ्चालन गर्नु पर्ने बताइन्।

‘प्राप्त भएका प्रस्तावहरुमा रीत पुगे नपुगेको हेरौँ। भूगोल र सामाजिक क्षेत्रका कामको सन्तुलन हेरौँ। यदि हाम्रो आवश्यकता पूरा नहुने देखियो भने थप सूचनामार्फत छुटेका क्षेत्रलाई सहभागी गराऔँ,’ उनले भनिन्।  

बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गैरसरकारी संस्थाहरुले सञ्चालन गर्ने क्रियाकलाप जुन वडामा सञ्चालन हुने हो त्यो वडासँग समन्वय हुनुपर्ने धारणा राखेका थिए। ‘क्रियाकलाप सञ्चालनको अनुगमन भएपछि मात्र पूरा भुक्तानी हुनुपर्ने, हरेक क्षेत्रको कार्यक्रमका लागि फोकल पर्सन तोकेर काम गर्नुपर्ने आवश्यकता देखिएको छ। सामाजिक विकास विभागले कार्यक्रम सञ्चालन गर्दा यसतर्फ ध्यान दिनुपर्छ’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ। 

महानगरपालिका कार्य क्षेत्र भएका गैरसरकारी संघ–संस्थाले गर्ने क्षेत्रगत कामलाई संस्थागत र व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले गएको मंसिर १ गते सार्वजनिक सूचनामार्फत प्रस्ताव आव्हान गरेको थियो। अर्थ मन्त्रालयको खर्च मापदण्ड र महानगरपालिकाको स्वीकृत खर्च शीर्षकबाट काम गर्नका लागि प्रस्तावक गैर सरकारी संघ संस्थाहरुको समेत लागत सहभागिता रहने गरी कार्यक्रम सञ्चालन गर्न खुल्ला प्रस्ताव आव्हान गरिएको हो।  

‘विकास सहायता कार्यविधि २०७९ को व्यवस्था बमोजिम ५ लाख रुपैयाँ भित्र काम गर्ने आव्हान गरिएको सूचनाबाट केही क्षेत्रमा अपुग र केही क्षेत्रमा दोहोरिएर धेरै प्रस्ताव पेश भएका छन्,’ बैठकमा सामाजिक समितिका संयोजक एवं वडा १० का अध्यक्ष रामकुमार केसीले भने, ‘अब परिणाम देखिने गरी काम गर्ने बेला भएको छ। समस्या र आवश्यकताको सन्तुलन हुने गरी कार्यक्रम छानेर गुणस्तरीय काम गरौँ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस क्रममा वडा नम्बर २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले दिगो हुने गरी काम गर्नुपर्ने बताएका थिए। ‘एउटा तालिम दिएर छोडेपछि यता न उताको हुन्छ। लक्षित बर्गलाई सक्षम बनाएर मात्र काम अन्त्य हुने गरी कार्यक्रम चलाऔँ,’ श्रेष्ठको भनाइ थियो। 

‘विनियोजित रकम खर्च नहुने हुनु हुँदैन। त्यसको अर्थ नतिजा नआउने ठाउँका कार्यक्तम छनोट गरेर पनि हुँदैन। नतिजामा हाम्रो दृष्टि हुनुपर्छ,’ बैठकमा कार्यपालिका सदस्य महेश नेपालीले धारणा  राखेका थिए।

संस्थाको भौतिक संरचना, जनशक्ति, प्रस्तावित काममा अनुभव र विज्ञता तथा लागत सहभागिताका आधारमा प्रस्ताव स्वीकृत हुने सूचनामा उल्लेख छ। सूचनामा उल्लेख भएको विषयलाई आधार मानेर सूचक निर्धारण तथा छनौट समितिले काम गर्नेछ।

महानगरले सूचनामा उल्लेख गरेको पहिलो कार्यक्रम ‘नमूना छात्रा सांसद कार्यक्रम’ हो। यो कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजित छ। एक करोड रुपैयाँ विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुलाई कार्यक्रम सहयोग’मा २६ वटा प्रस्ताव आएका छन्।

‘लागुऔषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा विरुद्धको अभियानलगायत सचेतनामूलक कार्यक्रम’का लागि २५ लाख रुपैयाँ विनियोजित छ। यस क्षेत्रका लागि ६३ वटा प्रस्ताव पेश भएका छन्। २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्गताको क्षेत्रमा कार्य गर्ने संस्थाहरुसँग सहकार्य’ कार्यक्रममा १३ वटा प्रस्ताव परेका छन्।

‘विभिन्न स्रष्टाहरुको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षय कोष अनुदान’ शीर्षकमा २० लाख रुपैयाँ विनियोजित छ। यस क्षेत्रका लागि ३ वटा प्रस्ताव पेश भएका छन्। ४० लाख रुपैयाँ विनियोजित ‘ज्येष्ठ नागरिक मिलन केन्द्रहरुको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन’ कार्यक्रमका लागि कुनै पनि प्रस्ताव पेश भएको छैन। 

‘अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रमका लागि विभिन्न संघ संस्थाहरुलाई सहयोग,’ कार्यक्रमका लागि ६ वटा संघ संस्थाको प्रस्ताव परेको छ। यस शीर्षकमा ६० लाख रुपैयाँ विनियोजित छ। एक करोड रुपैयाँ विनियोजित ‘विभिन्न संघ संस्था, फाउन्डेसन, प्रतिष्ठान, एकेडेमीलाई कार्यक्रम सहयोग’ शीर्षकमा ८१ वटा प्रस्ताव परेका छन्।

यस्तै २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्ग लक्षित खेलकुद कार्यक्रम’का लागि ४ वटा प्रस्ताव पेश भएका छन्। ‘दलित लक्षित कार्यक्रम सञ्चालन एवं सहयोग कार्यक्रम’ मा सातवटा प्रस्ताव पेश भएका छन्। यस शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। 

शुक्रबार गठन भएको समितिलाई कार्यक्रमको प्रकृति, लक्षित वर्ग, भौगोलिक अवस्था, क्षेत्रजस्ता सूचकका आधारमा दोहोरिएका कार्यक्रम घटाउने तथा नपुग भएका क्षेत्रलाई प्रवर्धन गर्ने गरी काम गर्न गरी जिम्मेवारी तोकिएको छ। समितिले नगर सभामा लैजान विकास सहायता कार्यक्रम संशोधनको प्रस्ताव तयार गर्नेछ। 

‘यी कार्यक्रमहरु समाज परिचालनका विधि हुन्। प्रभावकारी कार्यान्वयनबाट सामाजिक व्यवस्थालाई जीवन्त बनाउँदै लैजानु पर्छ,’ कार्यक्रमका विषयमा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोरखेल भन्छन्, ‘समाजका सबै अङ्ग परिचालन गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ।’
 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  २२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय
रसुवा बाढी पहिरोबारे सरकारको काम समीक्षा गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय आइतबार, असोज ४, २०८३
रसुवा बाढी पहिरोबारे सरकारको काम समीक्षा गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक आइतबार, असोज ४, २०८३
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय, असोज ८ सम्म आवेदन दिन आह्वान आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्