• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

चार करोड ४५ लाखको कार्यक्रमका महानगरलाई लागि २०४ वटा संघ–संस्थाको प्रस्ताव

64x64
नेपाल लाइभ बिहीबार, पुस २१, २०७९  २२:००
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका लागि २ सय ४ वटा प्रस्ताव पेश भएका छन्। चार करोड ४५ लाख रुपैयाँका कार्यक्रमका लागि प्रस्ताव आव्हान गर्दै मंसिर १ गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो। सूचनाका आधारमा १० वटा क्षेत्रगत कार्यक्रमका लागि यी प्रस्ताव पेश भएका हुन्।

शुक्रबार सामाजिक विकास समितिको बैठकमा यससम्बन्धी छलफल गर्दै वडा नम्बर २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सूचक निर्धारण तथा छनोट समिति गठन गरिएको छ। समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी छन्। समितिमा वित्त विभागबाट प्रतिनिधि रहनुका साथै सामाजिक विकास विभाग प्रमुख सदस्य सचिव रहनेछन्।

बैठकमा महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र हरेक वडालाई एउटा सीप तथा उत्पादनसँग जोडेर पहिचान बढाउने कार्यक्रम सञ्चालन गर्नु पर्ने बताइन्।

‘प्राप्त भएका प्रस्तावहरुमा रीत पुगे नपुगेको हेरौँ। भूगोल र सामाजिक क्षेत्रका कामको सन्तुलन हेरौँ। यदि हाम्रो आवश्यकता पूरा नहुने देखियो भने थप सूचनामार्फत छुटेका क्षेत्रलाई सहभागी गराऔँ,’ उनले भनिन्।  

बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गैरसरकारी संस्थाहरुले सञ्चालन गर्ने क्रियाकलाप जुन वडामा सञ्चालन हुने हो त्यो वडासँग समन्वय हुनुपर्ने धारणा राखेका थिए। ‘क्रियाकलाप सञ्चालनको अनुगमन भएपछि मात्र पूरा भुक्तानी हुनुपर्ने, हरेक क्षेत्रको कार्यक्रमका लागि फोकल पर्सन तोकेर काम गर्नुपर्ने आवश्यकता देखिएको छ। सामाजिक विकास विभागले कार्यक्रम सञ्चालन गर्दा यसतर्फ ध्यान दिनुपर्छ’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ। 

महानगरपालिका कार्य क्षेत्र भएका गैरसरकारी संघ–संस्थाले गर्ने क्षेत्रगत कामलाई संस्थागत र व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले गएको मंसिर १ गते सार्वजनिक सूचनामार्फत प्रस्ताव आव्हान गरेको थियो। अर्थ मन्त्रालयको खर्च मापदण्ड र महानगरपालिकाको स्वीकृत खर्च शीर्षकबाट काम गर्नका लागि प्रस्तावक गैर सरकारी संघ संस्थाहरुको समेत लागत सहभागिता रहने गरी कार्यक्रम सञ्चालन गर्न खुल्ला प्रस्ताव आव्हान गरिएको हो।  

‘विकास सहायता कार्यविधि २०७९ को व्यवस्था बमोजिम ५ लाख रुपैयाँ भित्र काम गर्ने आव्हान गरिएको सूचनाबाट केही क्षेत्रमा अपुग र केही क्षेत्रमा दोहोरिएर धेरै प्रस्ताव पेश भएका छन्,’ बैठकमा सामाजिक समितिका संयोजक एवं वडा १० का अध्यक्ष रामकुमार केसीले भने, ‘अब परिणाम देखिने गरी काम गर्ने बेला भएको छ। समस्या र आवश्यकताको सन्तुलन हुने गरी कार्यक्रम छानेर गुणस्तरीय काम गरौँ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस क्रममा वडा नम्बर २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले दिगो हुने गरी काम गर्नुपर्ने बताएका थिए। ‘एउटा तालिम दिएर छोडेपछि यता न उताको हुन्छ। लक्षित बर्गलाई सक्षम बनाएर मात्र काम अन्त्य हुने गरी कार्यक्रम चलाऔँ,’ श्रेष्ठको भनाइ थियो। 

‘विनियोजित रकम खर्च नहुने हुनु हुँदैन। त्यसको अर्थ नतिजा नआउने ठाउँका कार्यक्तम छनोट गरेर पनि हुँदैन। नतिजामा हाम्रो दृष्टि हुनुपर्छ,’ बैठकमा कार्यपालिका सदस्य महेश नेपालीले धारणा  राखेका थिए।

संस्थाको भौतिक संरचना, जनशक्ति, प्रस्तावित काममा अनुभव र विज्ञता तथा लागत सहभागिताका आधारमा प्रस्ताव स्वीकृत हुने सूचनामा उल्लेख छ। सूचनामा उल्लेख भएको विषयलाई आधार मानेर सूचक निर्धारण तथा छनौट समितिले काम गर्नेछ।

महानगरले सूचनामा उल्लेख गरेको पहिलो कार्यक्रम ‘नमूना छात्रा सांसद कार्यक्रम’ हो। यो कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजित छ। एक करोड रुपैयाँ विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुलाई कार्यक्रम सहयोग’मा २६ वटा प्रस्ताव आएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘लागुऔषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा विरुद्धको अभियानलगायत सचेतनामूलक कार्यक्रम’का लागि २५ लाख रुपैयाँ विनियोजित छ। यस क्षेत्रका लागि ६३ वटा प्रस्ताव पेश भएका छन्। २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्गताको क्षेत्रमा कार्य गर्ने संस्थाहरुसँग सहकार्य’ कार्यक्रममा १३ वटा प्रस्ताव परेका छन्।

‘विभिन्न स्रष्टाहरुको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षय कोष अनुदान’ शीर्षकमा २० लाख रुपैयाँ विनियोजित छ। यस क्षेत्रका लागि ३ वटा प्रस्ताव पेश भएका छन्। ४० लाख रुपैयाँ विनियोजित ‘ज्येष्ठ नागरिक मिलन केन्द्रहरुको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन’ कार्यक्रमका लागि कुनै पनि प्रस्ताव पेश भएको छैन। 

‘अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रमका लागि विभिन्न संघ संस्थाहरुलाई सहयोग,’ कार्यक्रमका लागि ६ वटा संघ संस्थाको प्रस्ताव परेको छ। यस शीर्षकमा ६० लाख रुपैयाँ विनियोजित छ। एक करोड रुपैयाँ विनियोजित ‘विभिन्न संघ संस्था, फाउन्डेसन, प्रतिष्ठान, एकेडेमीलाई कार्यक्रम सहयोग’ शीर्षकमा ८१ वटा प्रस्ताव परेका छन्।

यस्तै २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्ग लक्षित खेलकुद कार्यक्रम’का लागि ४ वटा प्रस्ताव पेश भएका छन्। ‘दलित लक्षित कार्यक्रम सञ्चालन एवं सहयोग कार्यक्रम’ मा सातवटा प्रस्ताव पेश भएका छन्। यस शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। 

शुक्रबार गठन भएको समितिलाई कार्यक्रमको प्रकृति, लक्षित वर्ग, भौगोलिक अवस्था, क्षेत्रजस्ता सूचकका आधारमा दोहोरिएका कार्यक्रम घटाउने तथा नपुग भएका क्षेत्रलाई प्रवर्धन गर्ने गरी काम गर्न गरी जिम्मेवारी तोकिएको छ। समितिले नगर सभामा लैजान विकास सहायता कार्यक्रम संशोधनको प्रस्ताव तयार गर्नेछ। 

‘यी कार्यक्रमहरु समाज परिचालनका विधि हुन्। प्रभावकारी कार्यान्वयनबाट सामाजिक व्यवस्थालाई जीवन्त बनाउँदै लैजानु पर्छ,’ कार्यक्रमका विषयमा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोरखेल भन्छन्, ‘समाजका सबै अङ्ग परिचालन गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ।’
 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  २२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्