प्रतिकात्मक तस्बिर
चौतारा– सिन्धुपाल्चोकको बलेफी गाउपालिका ४ लप्सेस्थित पशुपंक्षी फर्ममा आगलागि हुँदा १ बालकको मृत्यु भएको छ। सोही वडाका वडाध्यक्ष सुर्के तामाङको लप्से युवा पशुपंक्षी फर्ममा आगलागि हुँदा फर्ममा काम गर्ने सोही स्थानकी २५ वर्षीया निर्जला कार्कीका ३ वर्षीया छोरा निर्जल कार्कीको ज्यान गएको हो।
प्रहरीका अनुसार वडाध्यक्ष तामाङको फर्ममा बिहीबार बिहान ९ बजेतिर आगलागी भएको थियो। फर्ममा आगलागी हुँदा बालकको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। अहिले प्रहरी र स्थानियबासीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगो लागेर ६ लाख १४ हजार बराबरको बराबरको सामानहरु पनि जलेर क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगलागीको कारणबारे भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।