• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

वैदेशिक रोजगार बाध्यता कि विकल्प ?

शर्मिला ज्ञवाली बुधबार, पुस २०, २०७९  १८:२१
1140x725

काठमाडौँ- पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाई स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लागेका छन्। नेपालले गाउँमै सानोतिनो व्यवसाय थालेका थिए। तर त्यसबाट सफलता नमिलेपछि कामको खोजीमा भारत जान लागेका हुन्।

'नेपालमै केही गरौँ भनेर सुन्तला खेती तथा कुखुरापालन व्यवसाय सुरु गरें। तर व्यवसाय खासै उकास्न सकिनँ,' उनी भन्छन्, ‘झन् ऋण बढ्दै गयो, व्यवहार बिग्रियो। अन्त्यमा परदेश नगई सुखै पाइनँ।'

आफूसँग खास कुनै सिप नहुँदा केही गर्ने आँट नआएपछि विदेश नै जानु उपयुक्त ठानेको उनी बताउँछन्। ‘साना लालाबाला छोडेर पर्देशिने मन त कसलाई हुन्छ र! छोरीहरु पढाउनु पर्‍यो। घर चलाउनु पर्‍यो। महँगी धेरै छ,' चुण्डप्रसादको गुनासो छ।

गुल्मी, भड्कुवाकी शान्ता ज्ञवालीको पनि त्यस्तै व्यथा छ। उनी पनि दोहोर्‍याएर कतार जान लागेका छन्। सानोतिनो कामले घरखर्च चलाउन मुस्किल भएपछि उनका लागि वैदेशिक रोजगार नै विकल्प बन्यो।

‘श्रीमान् बित्नुभयो, एउटा छोरा छ, उसको लालनपालन, शिक्षादीक्षाको जिम्मेवारी ममाथि छ। आफूले पढेकी छैन, न कुनै सिप छ हातमा। विदेश नगएर के गर्नु?,’ सामाजिक परिवेशले पनि आफूलाई विदेशिन बाध्य बनाएको बताउँदै उनी भन्छिन्, ‘श्रीमान् बितेपछि परिवारको पनि हेला भइँदोरहेछ। परिवारको हेला सहनुभन्दा विदेश गएर कमाउनु नै उत्तम विकल्प ठानें।’

सानो छोरालाई आफन्तकोमा छाडेर विदेश जानु पर्दा निकै असजिलो अनुभव भए पनि आफ्नो आर्थिक कारोबार भने सुधार गर्न सकेकामा उनी खुसी छिन्। तर सानो छोराको साथमा बस्न नपाउँदा भने पीडा हुने गरेको उनले बताइन्।

शान्ताले भनिन्, 'पैसा मात्र सबैथोक होइन। आमासँग खेल्दै हुर्कने समयमा छोडेर हिँड्नु पर्‍यो। नेपालमा नै राम्रो सिप र दक्षता अनुसारको रोजगारी र हरेक कामको सम्मान भइदिएको भए बुबा गुमाएको कलिलो बच्चा छोडेर  विदेशिनुपर्ने थिएन।'

सैनामैना-९ का हिमाल भट्टराईको पीडा पनि उस्तै छ। नेपालमा रोजगारी कम छ। कामको सम्मान छैन। उब्जाएको खेतीको राम्रो बजार व्यवस्थापन छैन। परिवारको खुसीको लागि, परिवारका रहर पूरा गर्न र आफ्ना सपना पूरा गर्न परदेशिएको उनी बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

विदेशको काम सजिलो पक्कै पनि छैन। सम्पूर्ण परिवार त्यागेर जानु पर्दा दुःख बिमारमा पर्दा हेरविचार गर्ने कोही हुँदैन। काम नगरे खान पुग्दैन। आमा बित्दासमेत समयमै घर फर्किन नपाएका हिमाल भन्छन्न्छ, ‘वैदेशिक रोजगारी मेरो लागि रहर नभएर बाध्यता हो। नेपालमा नै रोजगारीको राम्रो व्यवस्था भए पक्कै पनि परिवार र साना बालबच्चा छोडेर विदेश जाँदैनथें होला।’

चुण्डप्रसाद, शान्ता र हिमालको जस्तो बाध्यताले मात्र नभई पछिल्लो समय विदेशमा गएपछि राम्रै कमाइ हुन्छ भन्ने भ्रमले पनि धेरै युवा वैदेशिक रोजगारतर्फ आकर्षित भएका छन्। स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचाइको न्यूनता, १२ कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने प्रवृत्तिको विकास, देशभित्रै रोजगारीको न्यून अवसर, बढ्दो महत्वाकांक्षा आदिले गर्दा पनि पछिल्लो समय युवा जगतमा विदेशिने क्रम बढेको छ।

कतिपय युवाले विदेशबाट सिकेर आएको सिपको उपयोग गर्दै नेपालमा नै उद्यम गरेर राम्रो कमाइ गरेका पनि छन्। तर त्यस्ता युवालाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने, व्यवसायका लागि आवश्यक सामग्री समयमा नै उपलब्ध गराउनेजस्ता कार्य अझै पनि देशव्यापी हुन नसक्दा केही वर्षमै व्यवसाय छाडेर पुनः विदेशमा जानेहरुको सङ्ख्या पनि उत्तिकै छ।

वैदेशिक रोजगारीमा गएका लाखौँ युवाले विदेशमा कमाएको पैसाले आफ्नो घर व्यवहार मात्र चलाएका छैनन्, राज्यलाई नै ठूलो आर्थिक भरथेग गरेका छन्।

विसं २०७८ मा गरिएको जनगणनाको प्रारम्भिक नतिजाअनुरुप २१ लाख ७० हजार युवा विभिन्न देशमा रोजगारीका लागि गएका छन्। आर्थिक सर्वेक्षण २०७८ का अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) जम्मा ४८ खर्ब ५१ अर्ब ६२ करोड छ। सो आर्थिक वर्षमा विप्रेषणले १५ प्रतिशतभन्दा बढी जिडिपीमा योगदान गरेको तथ्याङ्क छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई रु. तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई दुई अर्ब ९३ करोड पुगेको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या १०२.५ प्रतिशतले वृद्धि भई एक लाख ९५ हजार एक सय ९६ पुगेको छ।

वैदेशिक रोजगारबाट गरिबी न्यूनीकरण, नेपालीको क्रयशक्ति वृद्धि गरे पनि दीर्घकालीन फाइदा पुर्‍याउने विकासका क्रियाकलाप सञ्चालन गर्न र ठूला परियोजना निर्माण गरी थप रोजगारी सिर्जना गर्न सकिएको छैन। सरकारले व्यक्तिगत रुपमा एक सय ७८ र संस्थागत रुपमा एक सय ११ देश वैदेशिक रोजगारीका लागि खुला गरेकोमा हाल अफगानिस्तान, इराक र लिबियामा रोक लगाइएको छ ।

विप्रेषण आप्रवाह सँगसँगै पारिवारिक विखण्डन, सामाजिक एक्लोपन, विप्रेषणको अनुत्पादक क्षेत्रमा प्रयोग, गलत र विदेशी संस्कृतिको प्रयोग, मुलुकमा युवा शक्तिको अभाव, विप्रेषण आयका कारण आयात वृद्धि भई व्यापार घाटा बढ्दै जाने लगायतका समस्या पनि नदेखिएका होइनन्। जे भए पनि नेपालले वर्षेनी श्रम बजारमा उत्पादन भएका पाँच लाख जनशक्ति खपत गर्ने रोजगारीका क्षेत्र सिर्जना गर्न तत्काल सम्भव पनि देखिँदैन। ती जनशक्ति खपत गर्न पुग्ने रोजगारीका आन्तरिक अवसर स्वदेशमा नै व्यवस्थापन गर्न नसक्दा नेपाली युवाको बाध्यता बनेको हो वैदेशिक रोजगार।

वैदेशिक रोजगारीलाई यसरी नै नेपालीको बाध्यता बनाइरहने वा विकल्पको रुपमा स्थापित गर्ने भन्ने बारेमा योजना आयोगका निवर्तमान सदस्य डा रामकुमार फुयाल भन्छन्, 'वैदेशिक रोजगारी अल्पकालीन सम्बोधन हो, आन्तरिक रोजगारी नै सिर्जना गर्ने र अधिकतम जनशक्ति आन्तरिक रोजगारीमा नै खपत गरी उक्त जनशक्तिबाट मुलुकमा नै सेवा र उद्यमशीलता वृद्धि गरी मुलुककै विकासमा संलग्न गराउने नै सरकारको दीर्घकालीन योजना हो ।'

डा फुयाल हाम्रो मानव पूँजीलाई थप सिपयुक्त र क्षमतावान बनाउने हो भने बाहिरबाट श्रमका लागि आउने जनशक्ति विस्थापन गर्न सकिने बताउँछन्। उनी भन्छन्, ‘हाम्रो जनशक्तिलाई प्रतिस्पर्धात्मक, आकर्षक, मर्यादित तथा सम्मानित रोजगारीका लागि अन्य देशमा पठाउन सकिन्छ। यसले मुलुकको आर्थिक रणनीति र दुई देशबीचको आर्थिक कूटनीति थप मजबुत हुन्छ। यसबाट नेपालीहरु ‘ट्रीपल डी’ अर्थात् ‘डर्टी, डिफिकल्ट र डेन्जर’ काममा जानुपर्ने बाध्यताको पनि अन्त्य हुन्छ ।’

विप्रेषण पठाउने २१ लाख ७० हजार वैदेशिक रोजगारीमा जाने युवामध्ये ७५ प्रतिशत अदक्ष छन्। यसरी अदक्ष जनशक्ति विदेशिदा नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको छ। त्यस्तो जनशक्ति हातमा कुनै सिप नलिई जाने भएकोले उनीहरु नराम्रो, कठिन र जोखिमपूर्ण काम गर्न बाध्य भएका हुन्छन् । नेपालको संविधानले वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा नै उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति अङ्गिकार गरेको छ ।

त्यसरी दुःख गरी कमाएको धनको पनि सही सदुपयोग हुन नसकेको छैन भने वैदेशिक रोजगारीबाट फर्किएकाको सीपको उचित प्रयोग भएको पाइँदैन। श्रम आप्रवासनबाट मौद्रिक विप्रेषण मात्र नभई सामाजिक पुँजीको रुपमा सिप, प्रविधि र अनुभवलाई पनि आर्थिक सामाजिक विकासको रुपमा उपयोग गर्ने गरी वैदेशिक रोजगार नीति र राष्ट्रिय रोजगार नीति कार्यान्वयनमा आएका छन्।

आर्थिक सर्वेक्षणका अनुसार नेपालमा हाल १८ प्रतिशत निरपेक्ष गरिब छन्। यस्तो गरिबी १८ प्रतिशतमा झार्नमा वैदेशिक रोजगारको प्रमुख भूमिका छ। वैदेशिक रोजगारीबाट विप्रेषण आयमा बढोत्तरी, विदेशी मुद्रा सञ्चिति वृद्धि, शोधनान्तर स्थितिमा सहयोग, नेपाली नागरिकको क्रयशक्ति वृद्धि, अन्तर्राष्ट्रिय सम्बन्धमा विस्तार, सीप विकासलगायत विविध कुरामा सकारात्मक परिवर्तन आएका छन्।

साना ठूला गरी एक सय २५ देशमा नेपाली वैदेशिक रोजगारीका लागि गएको पाइन्छ। नेपालले श्रम सम्झौता भने नौ देशसँगमात्र गरेको छ। सरकारले प्रमुख श्रमगन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न नसक्दा नेपाली कामदारले विदेशमा अनेकौँ समस्या झेल्दै आएका छन्।

सम्झौता नभएका मुलुकमा पुगेका नेपाली कामदारले न्यूनतम पारिश्रमिक, औषधोपचार, बीमा, सुरक्षा सहितका कानुनी उपचारबाट विमुख हुँदै आएका छन्। अनौपचारिक रुपमा भारत गएर श्रम गर्नेको, श्रम स्वीकृति नलिई पर्यटक भिसामा र विद्यार्थी भिसामा जानेको यकिन तथ्याङ्क छैन। श्रम स्वीकृति लिएर पनि युरोप अमेरिका र अष्ट्रेलिया जाने एकदम नगन्य छन्। वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये मलेसिया, कतार, साउदी, अरब र युएइमा मात्रै ९० प्रतिशत रहेका छन्।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्