मुम्बई- भारतीय अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खानले आफूहरु प्रेममा रहेको संकेत गरेका छन्। यसअघि पनि उनीहरुको सम्बन्धबारे चर्चा चलेको थियो तर उनीहरुले मुख खोलेका थिएनन्।
नयाँ वर्षको अवसरमा दुवै छुट्टी मनाउन लन्डन पुगेको र एकसाथ घुमिरहेको उनीहरुले तस्विरमार्फत् जानकारी दिइरहेका छन्। इन्स्टाग्राममा उनीहरुले उस्तै फोटो आ-आफ्नो हेन्डलबाट पोष्ट गरिरहेको छन्।
यसअघि उनीहरु विदेश भने छुट्टा–छुट्टै गएका थिए। क्रिसमसमा सारा भाइ इब्राहिम अली र उनीका साथीहरुसँग लन्डन गएकी थिइने भने कार्तिक पेरिसमा त्यसअघि नै पुगेका थिए।
तर नयाँ वर्षको अवसरमा भने उनीहरुले एकै ठाउँको तस्विर पोष्ट गरिरहेका छन्। साराले आइतबार काँचबाट बनेको क्रिसमस ट्रीमुनि बसेर खिचाएको तस्विर राख्दै नयाँ वर्षको शुभकामना दिइन्।
त्यही लोकेसनबाट कार्तिकले रेस्टुरेन्टमा खानपिनको तस्विर राखे र भने- ‘केबल मेरा लागि ब्ल्याक टी!’ साराले केही वर्षअघि ’कफी विथ् करण’मा आफ्नै पिता सैफ अली खानका अगाडि कार्तिक आफ्नो क्रस रहेको बताएकी थिइन्।
उनीसँग डेटमा जाने इच्छा जताएकी थिइन्। उनीहरुले जब ‘लब आज कल-२’मा सँगै काम गरे, त्यसपछि अफेयरको चर्चा सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।