• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

व्यवसायीसँग गर्भनरको छलफल : चालू पुँजीकर्जाको निर्णयबाट ‘यूटर्न’ हुने संकेत

64x64
सुमित्रा कार्की बुधबार, पुस २०, २०७९  १३:४६
1140x725

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा हुँदा व्यवसायीको कुरा सुन्नपछि सरेको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै व्यवसायीलाई भेट्न थालेका छन्।

अधिकारीले सोमबार उधोगी व्यवसायीका छाता संगठनका अध्यक्ष लगायतका टोलीलाई भेटेर चालू पुँजीकर्जा लगायतका विषयमा आफूले निर्णय परिवर्तन गर्ने सोच बनाएका छन्। 

यसअघि पूर्व अर्थमन्त्री जनार्दन शर्मा हुँदा आफ्नो अडानबाट गर्भनर पछि हटेका थिएनन्। जस कारण व्यवसायीहरुले सडकमै आएर आन्दोलनसम्म गरेका थिए। तर, पछिल्लो समय भने उनी व्यवसायीको मागप्रति लचक बनेको एक व्यवसायी बताउँछन्।

उनी भन्छन्, ‘सोमबार गर्भनरले व्यवसायीका सबै छाता संगठनलाई बोलाएर भेट्नुभएको छ। नयाँ अर्थमन्त्रीसँगै गर्भनर पनि हाम्रो मागहरुप्रति सकारात्मक देखिनुभएको छ। उहाँले हामीलाई माग पूरा गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ।’
सोमबार गभर्नरले कार्यालयै बोलाएर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँग छुट्टाछुट्टै छलफल गरेका छन्। 

व्यवसायीसँगको छलफलपछि राष्ट्र बैंकले बैंकहरुलाई पनि चालू कर्जा पुँजी संशोधन गर्न भनेको र वाणिज्य छाता संगठन नेपाल बैंकर संघलाई पनि चालू कर्जा पुँजी संशोधन गर्न भनेको एक बैंकरले जानकारी दिए। 

यसअघि अर्थमन्त्री पौडेलले अन्दोलनरत निजी क्षेत्रसँग गभर्नर महाप्रसाद अधिकारीलाई सँगै राखेर निजी क्षेत्रको समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रका छाता संगठन मात्रै नभएर आन्दोलन गरिरहेका जिल्ला–नगरका व्यवसायीलाई पनि मन्त्रालयमा बोलाएर माग सम्बोधन गर्ने आश्वासन दिँदै आन्दोलन रोक्न आग्रह गरेका थिए। 

अर्थमन्त्रीको आग्रहपछि व्यवसायीहरुले पुस २७ गतेसम्मको लागि आन्दोलन रोक्ने र वाचाअनुसार माग सम्बोधन नभए फेरि आन्दोलन चर्काउने निर्णय गरेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

श्रेष्ठले भने, ‘अर्थमन्त्रीले अहिले पहिलो प्राथमिकतामा आर्थिक मुद्धालाई राखेको छु भन्नुभएको छ। उहाँले व्यवसायीसँग केही समय माग्नु भएको छ। यसका लागि हामीले उहाँलाई पुस २७ गतेसम्मको समय दिएर हेर्ने र त्यसपछि पनि उहाँले केही काम गर्नु भएन भने फेरि आन्दोलन गर्ने निर्णय भएको छ।’

सरकारको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीजस्तो व्यक्तिबाटै यस्तो आवश्वासन आएपछि आफूहरु सरकारले काम गर्छ भन्ने विश्वास लिएर आन्दोलन रोक्न तयार भएको व्यवसायी बताउँछन्। सरकार तथा अर्थमन्त्रीको यस्तो आश्वासन पूरा गर्ने दायित्व नेपाल राष्ट्र बैंकको बनेको छ। 

नेपाल राष्ट्र बैंक एउटा स्वो निर्णय गर्ने संस्था हो। तर, पूर्व अर्थमन्त्री हुँदा आफ्नो निर्णयबाट पछि नहटेका अधिकारी आफ्नो फेबरको सरकार आएपछि भने केही लचिलो बन्न लागेको जानकारहरुको बुझाई छ। 

एक अर्थविज्ञ भन्छन्, ‘अर्थमन्त्रीमा शर्मा हुँदा यही माग लिएर व्यवसायीहरु सडकमा आउँदा पनि केही वास्ता नगरेका गर्भनर अहिले आफ्नो फेबरको अर्थमन्त्री आएपछि धमाधम व्यवसायीलाई आफैंले बोलाएर भेट्न थालेका छन्।’ यसरी आफैंले व्यवसायीलाई बोलाएर भेट्न थालेका गर्भनर अब सरकारसँग मिलेर काम गर्ने मनस्थितिमा देखिएको ती अर्थशास्त्री बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘चालू पूँजीकर्जा मार्गदर्शन कार्यान्वयनको अवधि बढाउन गभर्नरसँग छलफल भएको छ। गभर्नरले के सहजीकरण गर्नुपर्‍यो भनेर सोधको र हामीले कात्तिक १ गतेदेखि तीन वर्षका लागि पुनर्कर्जा मार्गदर्शन कार्यान्वयनको अवधि सार्नुपर्छ भनेका छौं,’ नेपाल चेम्बर आफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले भने, ‘पुराना ऋणीलाई कार्यन्वयन गर्न समय दिने भन्नेमा राष्ट्र बैंक सकारात्मक छ।’

राष्ट्र बैंक अध्ययन गरेर मार्गदर्शनको व्यवस्थामा केही संशोधन गर्न सकारात्मक रहेको उनले जानकारी दिए। छलफलमा ब्याजदर घटाउने र कर्जाको ब्याजदरमा आधार दर (बेसरेट)मालिने प्रिमियममा साना र ठूला ऋणीलाई फरक व्यवहार गर्न नहुने सुझाव दिएको मल्लले बताए। 

राष्ट्र बैंकले कात्तिकबाट कार्यान्वयनमा ल्याएको चालू पुँजीकर्जासम्बन्धी मापदण्डले व्यवसायीहरूले कारोबारको अधिकतम ४० प्रतिशतसम्म मात्र कर्जा पाउने व्यवस्था गरेको छ। 

त्यसबाहेक हरेक त्रैमासको अन्तिम महिनामा व्यवसायीहरूले लिएको यस्तो कर्जाको सीमान थप्न र पुराना ऋणीलाई नयाँकर्जा जारी गर्न नपाइने व्यवस्था छ। कर्जा लिँदै त्यही ऋण तिर्दै गर्ने अवस्था नआसोस् भन्ने उद्देश्यले यस्तो नीति लिइएको हो। बैंकहरूले यस्तो कारोबारको वास्तविकता पनि मूल्यांकन गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो जलवायुजन्य विपद्बाट भएको क्षति सम्बोधन गर्न स्थापित हानि–नोक्सानी कोषको अक्टोबर २२ मा बसेको विशेष बैठकले नेपाललाई अनुदान दिने निर्णय... बिहीबार, कात्तिक ५, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्