मुम्बई- सलमान खानको ५७ औं जन्मदिनका उपलक्ष्यमा शुभकामना दिन एक प्रशंसकले ११ सय किलोमिटर साइकल यात्रा गरेका छन्। डिसेम्बर २७ मा जन्मदिन मनाएका सलमानलाई भेट्न उनी जबलपुरबाट मुम्बइ पुगेका हुन्।
समिर नामका ती युवालाई सलमानले भेटका छन्। चिसो मौसममा साइकलबाट आफूलाई भेट्न आएका प्रशंसकलाई भेट्न सलमान आफैं पुगेका थिए। सलमानले समिरसँग तस्विर खिचाउँदै प्रशंसा गरेका थिए।
सानैदेखि सलमानका प्रशंसक बनेका समिर २२ डिसेम्बरमा जबलपुरबाट निस्केका थिए। २९ डिसेम्बरमा मुम्बइ पुगेका हुन्। उनको बारेमा जानकारी पाउनेबित्तिकै सलमानले घरबाहिर आएर भेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।