• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवा समूहमा विमलेन्द्र निधिको ‘रि–इन्ट्री’

64x64
नवीन झा सोमबार, पुस १८, २०७९  २०:३९
1140x725

काठमाडौं- मंसिर १० गते बिहान कांग्रेस नेता विमलेन्द्र निधि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको विशेष दूत बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगे। अघिल्लो दिन साँझ उनी एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए।

प्रधानमन्त्रीका लागि दाबी गर्ने समय नजिकिँदै गर्दा निधिको महत्त्वपूर्ण भेट र ब्रिफिङले अपेक्षित परिणाम त ल्याउन सकेन। तर, देउवाका निम्ति उनको दौडधुपले भने कांग्रेसभित्रको समूह-राजनीतिमा नयाँपन ल्यायो। उनी देउवाका लागि सक्रियतापूर्वक खटिएका थिए।

निधिले निर्वाचनको अन्तिम मत परिणाम नआउँदै आफ्नो सक्रियता बढाउन थालिसकेका थिए। मधेसका नयाँ नेताका रुपमा देखिएका सीके राउतलाई उनले आफ्नो निवासमा बोलाएर कुराकानी गरिसकेका थिए। आफूले कुराकानी गरेको भोलिपल्टै उनले राउतलाई बालुवाटार पुर्‍याए र देउवासँग भेटाए। त्यतिबेला राउत नेतृत्वको जनमत पार्टीले 'गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति' भएको सार्वजनिक पनि गरे।

1639382697_Bimalendra-Nidhi.jpg

निर्वाचनबाट सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिएको थिएन। तर, त्यही बेलामा राउतले समर्थन गर्ने भएपछि गठबन्धन ढुक्क हुने स्थिति बनेको थियो। पछि त राउतले सार्वजनिक रुपमै पनि गठबन्धनसँग नजिक रहेको बताए।

संख्याभन्दा पनि निधिको चासो र सक्रियतालाई रोचक ठान्छन्, कांग्रेसकै कतिपय नेताहरु। निर्वाचनसम्म पार्टीमा गुमनाम देखिएका निधि निर्वाचन परिणाम आउँदै गर्दा देउवाको पक्षमा सक्रिय हुन थालेका थिए। सोही क्रममा उनले देउवासँग भेट गरेका थिए। र, देउवालाई नै संसदीय दलको नेताका लागि सहयोग गर्ने अभिव्यक्ति दिन थालेका थिए। त्यतिबेला निधिको त्यस किसिमको अभिव्यक्तिलाई समानुपातिकतर्फ नाम सुनिश्चित गर्ने रणनीतिको रुपमा चर्चा गरेका थिए। तर, घटनाक्रमहरुले उनी देउवा 'क्याम्प'मा 'रि-इन्ट्री' भएको अर्थ दिन थालेको थियो। पुस ९ र १० गतेको उनको सक्रियताले त्यसलाई धेरै हदसम्म पुष्टि पनि गर्छ। तर उनको प्रयास असफल भयो। देउवा प्रधानमन्त्री बन्न सकेनन्, प्रचण्ड भए। यसबारे निधि मात्रै होइन, देउवा निकट अन्य नेताहरु पनि सार्वजनिक रुपमा कुरा गर्न इच्छुक छैनन्।

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका तत्कालीन कार्यकारणी निर्देशक तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल निधिको पछि पछिल्लो 'मुभ'लाई सहज र सही ठान्छन्। उपसभापतिका रुपमा निधिले नै नियुक्त गरेका दाहालका अनुसार, कांग्रेसभित्र निधिको विचार समूह देउवा समूह नै हो। ‘देउवालाई उहाँले पहिला पनि लामो समय आफ्नो नेता मानेकै हो। अहिले पनि नेता मान्दा के फरक पर्‍यो र?', दहाल भन्छन्।

निधिले महाधिवेशनमा सोचे अनुसार मत नल्याएपछि आफ्नो विगतकै विचार समूहतिर फर्किनु कुनै आश्चर्यजनक कुरा नभएको दहालको तर्क छ।

Ncell 2
Ncell 2
nimb
nimb

कसरी बिग्रिएको थियो सम्बन्ध?

कांग्रेसको आन्तरिक राजनीतिबारे जानकारहरु देउवा र निधिको सम्बन्ध महाधिवेशनभन्दा चार वर्षअगाडि नै बिग्रिसकेको थियो। निधिले त्यसलाई जेनतेन एक-दुई थेगे। तर, पछि अलग बाटो रोजे। त्यो पनि खासै सफल हुन सकेन। अन्ततः उनी पुरानै समूहतिर जोडिएका छन्, पुरानै शक्ति फर्काउने अभिलाषाका साथ।

२०७३ साउनमा एमाले अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर माओवादी र काग्रेस मिलेर सरकार बनाए। त्यतिबेला प्रचण्ड प्रधानमन्त्री बने, निधि गृहमन्त्री बने। त्यतिबेला प्रहरी प्रमुखमा बढुवा गर्ने विषयमा देउवा र निधिबीच टसल परेको थियो। देउवाको हस्तक्षेपको अगाडि प्रधानमन्त्रीको पनि केही जोड चलेन। देउवाको हस्तक्षेप नरुचाएका निधिले राजीनामा दिए। तर पछि पदमै फर्किए।

लगत्तैको प्रतिनिधि सभा निर्वाचनमा निधि पराजित भए। यद्यपि, देउवाले निधिलाई पार्टीको उपसभापति जिम्मेवारी दिए। पार्टीको उपसभापति भएदेखि नै निधि खुलेर देउवाको विरोधमा त लागेनन्, तर सभापतिको उम्मेदवार बन्ने भित्री तयारी थालेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७८ मा महाधिवेशन हुनुभन्दा एक वर्षअघि नै निधिले देउवालाई अबको सभापतिको रुपमा आफूलाई सघाउन आग्रह गरे। तर देउवाले आफैं उठ्ने तयारी गरेकाले निधिलाई सघाएनन्। परिणामतः देउवा र निधि सहित पहिलो चरणको निर्वाचनमा सभापतिका लागि चार जना उम्मेदवार बने। दोस्रो चरणमा निधिले देउवालाई सघाए। देउवा पुनः सभापतिमा निर्वाचित भए।

दोस्रो चरणमा देउवालाई समर्थन गरेको भए पनि सो समूहले निधिलाई आफ्नो समूहको नेताको रुपमा स्वीका गरेन। उनलाई आफ्नो समूहको बैठकहरुमा पनि बोलाएन। जसको प्रतिबिम्ब पार्टीको मधेस प्रदेश अधिवेशन र निधिको गृह जिल्ला धनुषाको अधिवेशनमा देखियो। प्रदेश सभापतिमा निधिका आफ्नै उम्मेदवार थिए भने देउवा पक्षको आफ्नै। निधि निकट नेता पराजित पनि भए। निधिको गृहप्रदेशमा देउवा निकट नेता जितेपछि निधिलाई थप धक्का लाग्यो।

कम्तीमा धनुषाको सभापति आफ्नै पक्षको होस् भन्ने निधि चाहन्थे। त्यहाँ भएको दोस्रो चरणको निर्वाचनमा उनले शेखर कोइराला पक्षको सहयोग लिएर आफू पक्षका उम्मेदवार जिताए। तर जिल्लामा भने देउवा पक्षको दबदबा देखिन्छ। त्यसैको त्रासले उनी मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेनन्, समानुपातिक सूचीमा बसे।

समानुपातिकबाट सांसद चयन गर्दा पनि पुरुष उम्मेदवार छानिने सम्भावना न्युन भएकाले देउवासँग नजिकिएको भनेर आलोचन पनि भयो। तर उनी देउवाको साथ पाएरै सांसद बनिसकेका छन्। तर, उनीबाट फुत्किएका विगतको शक्ति फर्किनेमा भने आशंका गरिन्छ। किनकि, तीन दिन अगाडि मात्रै मधेश प्रदेशको कांग्रेसको संसदीय दलको निर्वाचनमा निधि निकट सांसदलाई देउवा निकट सांसदले भारी मतान्तरले पराजित गरेका छन्।

निधिको राजनीतिलाई नजिकबाट नियालिरहेका अर्का वरिष्ठ पत्रकार तारानाथ दाहालले निधि आफ्नो राजनीतिक 'स्पेस' बनाउन देउवातिर फर्किए पनि त्यो सम्भावना कम रहेको बताउछन्। उनी भन्छन्, ‘आफ्नो विगतको समूहको नेता बन्न खोजेको देखिन्छ, जुन सम्भावना कमै देखिन्छ।’

यो पनि पढ्नुहोस

अघि बढे निधि

 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  २०:३९
  • #नेपाली_कांग्रेस
  • #विमलेन्द्र निधि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै मुख्यमन्त्री मंगलबहादुर शाही र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालसहितका पदाधिकारीबीच भएको छलफलमा सौर्... बिहीबार, कात्तिक ५, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ बिहीबार, कात्तिक ५, २०८३
फ्रान्सको जेन–जी आन्दोलनमा ‘बिस्मिल्लाह, से ले तेनैब्रे’ नारा भाइरल, प्रहरीलाई व्यङ्ग्य गर्न प्रयोग बिहीबार, कात्तिक ५, २०८३
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो बिहीबार, कात्तिक ५, २०८३
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्