• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवा समूहमा विमलेन्द्र निधिको ‘रि–इन्ट्री’

64x64
नवीन झा सोमबार, पुस १८, २०७९  २०:३९
1140x725

काठमाडौं- मंसिर १० गते बिहान कांग्रेस नेता विमलेन्द्र निधि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको विशेष दूत बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगे। अघिल्लो दिन साँझ उनी एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए।

प्रधानमन्त्रीका लागि दाबी गर्ने समय नजिकिँदै गर्दा निधिको महत्त्वपूर्ण भेट र ब्रिफिङले अपेक्षित परिणाम त ल्याउन सकेन। तर, देउवाका निम्ति उनको दौडधुपले भने कांग्रेसभित्रको समूह-राजनीतिमा नयाँपन ल्यायो। उनी देउवाका लागि सक्रियतापूर्वक खटिएका थिए।

निधिले निर्वाचनको अन्तिम मत परिणाम नआउँदै आफ्नो सक्रियता बढाउन थालिसकेका थिए। मधेसका नयाँ नेताका रुपमा देखिएका सीके राउतलाई उनले आफ्नो निवासमा बोलाएर कुराकानी गरिसकेका थिए। आफूले कुराकानी गरेको भोलिपल्टै उनले राउतलाई बालुवाटार पुर्‍याए र देउवासँग भेटाए। त्यतिबेला राउत नेतृत्वको जनमत पार्टीले 'गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति' भएको सार्वजनिक पनि गरे।

1639382697_Bimalendra-Nidhi.jpg

निर्वाचनबाट सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिएको थिएन। तर, त्यही बेलामा राउतले समर्थन गर्ने भएपछि गठबन्धन ढुक्क हुने स्थिति बनेको थियो। पछि त राउतले सार्वजनिक रुपमै पनि गठबन्धनसँग नजिक रहेको बताए।

संख्याभन्दा पनि निधिको चासो र सक्रियतालाई रोचक ठान्छन्, कांग्रेसकै कतिपय नेताहरु। निर्वाचनसम्म पार्टीमा गुमनाम देखिएका निधि निर्वाचन परिणाम आउँदै गर्दा देउवाको पक्षमा सक्रिय हुन थालेका थिए। सोही क्रममा उनले देउवासँग भेट गरेका थिए। र, देउवालाई नै संसदीय दलको नेताका लागि सहयोग गर्ने अभिव्यक्ति दिन थालेका थिए। त्यतिबेला निधिको त्यस किसिमको अभिव्यक्तिलाई समानुपातिकतर्फ नाम सुनिश्चित गर्ने रणनीतिको रुपमा चर्चा गरेका थिए। तर, घटनाक्रमहरुले उनी देउवा 'क्याम्प'मा 'रि-इन्ट्री' भएको अर्थ दिन थालेको थियो। पुस ९ र १० गतेको उनको सक्रियताले त्यसलाई धेरै हदसम्म पुष्टि पनि गर्छ। तर उनको प्रयास असफल भयो। देउवा प्रधानमन्त्री बन्न सकेनन्, प्रचण्ड भए। यसबारे निधि मात्रै होइन, देउवा निकट अन्य नेताहरु पनि सार्वजनिक रुपमा कुरा गर्न इच्छुक छैनन्।

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका तत्कालीन कार्यकारणी निर्देशक तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल निधिको पछि पछिल्लो 'मुभ'लाई सहज र सही ठान्छन्। उपसभापतिका रुपमा निधिले नै नियुक्त गरेका दाहालका अनुसार, कांग्रेसभित्र निधिको विचार समूह देउवा समूह नै हो। ‘देउवालाई उहाँले पहिला पनि लामो समय आफ्नो नेता मानेकै हो। अहिले पनि नेता मान्दा के फरक पर्‍यो र?', दहाल भन्छन्।

निधिले महाधिवेशनमा सोचे अनुसार मत नल्याएपछि आफ्नो विगतकै विचार समूहतिर फर्किनु कुनै आश्चर्यजनक कुरा नभएको दहालको तर्क छ।

Ncell 2
Ncell 2
nimb
nimb

कसरी बिग्रिएको थियो सम्बन्ध?

कांग्रेसको आन्तरिक राजनीतिबारे जानकारहरु देउवा र निधिको सम्बन्ध महाधिवेशनभन्दा चार वर्षअगाडि नै बिग्रिसकेको थियो। निधिले त्यसलाई जेनतेन एक-दुई थेगे। तर, पछि अलग बाटो रोजे। त्यो पनि खासै सफल हुन सकेन। अन्ततः उनी पुरानै समूहतिर जोडिएका छन्, पुरानै शक्ति फर्काउने अभिलाषाका साथ।

२०७३ साउनमा एमाले अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर माओवादी र काग्रेस मिलेर सरकार बनाए। त्यतिबेला प्रचण्ड प्रधानमन्त्री बने, निधि गृहमन्त्री बने। त्यतिबेला प्रहरी प्रमुखमा बढुवा गर्ने विषयमा देउवा र निधिबीच टसल परेको थियो। देउवाको हस्तक्षेपको अगाडि प्रधानमन्त्रीको पनि केही जोड चलेन। देउवाको हस्तक्षेप नरुचाएका निधिले राजीनामा दिए। तर पछि पदमै फर्किए।

लगत्तैको प्रतिनिधि सभा निर्वाचनमा निधि पराजित भए। यद्यपि, देउवाले निधिलाई पार्टीको उपसभापति जिम्मेवारी दिए। पार्टीको उपसभापति भएदेखि नै निधि खुलेर देउवाको विरोधमा त लागेनन्, तर सभापतिको उम्मेदवार बन्ने भित्री तयारी थालेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७८ मा महाधिवेशन हुनुभन्दा एक वर्षअघि नै निधिले देउवालाई अबको सभापतिको रुपमा आफूलाई सघाउन आग्रह गरे। तर देउवाले आफैं उठ्ने तयारी गरेकाले निधिलाई सघाएनन्। परिणामतः देउवा र निधि सहित पहिलो चरणको निर्वाचनमा सभापतिका लागि चार जना उम्मेदवार बने। दोस्रो चरणमा निधिले देउवालाई सघाए। देउवा पुनः सभापतिमा निर्वाचित भए।

दोस्रो चरणमा देउवालाई समर्थन गरेको भए पनि सो समूहले निधिलाई आफ्नो समूहको नेताको रुपमा स्वीका गरेन। उनलाई आफ्नो समूहको बैठकहरुमा पनि बोलाएन। जसको प्रतिबिम्ब पार्टीको मधेस प्रदेश अधिवेशन र निधिको गृह जिल्ला धनुषाको अधिवेशनमा देखियो। प्रदेश सभापतिमा निधिका आफ्नै उम्मेदवार थिए भने देउवा पक्षको आफ्नै। निधि निकट नेता पराजित पनि भए। निधिको गृहप्रदेशमा देउवा निकट नेता जितेपछि निधिलाई थप धक्का लाग्यो।

कम्तीमा धनुषाको सभापति आफ्नै पक्षको होस् भन्ने निधि चाहन्थे। त्यहाँ भएको दोस्रो चरणको निर्वाचनमा उनले शेखर कोइराला पक्षको सहयोग लिएर आफू पक्षका उम्मेदवार जिताए। तर जिल्लामा भने देउवा पक्षको दबदबा देखिन्छ। त्यसैको त्रासले उनी मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेनन्, समानुपातिक सूचीमा बसे।

समानुपातिकबाट सांसद चयन गर्दा पनि पुरुष उम्मेदवार छानिने सम्भावना न्युन भएकाले देउवासँग नजिकिएको भनेर आलोचन पनि भयो। तर उनी देउवाको साथ पाएरै सांसद बनिसकेका छन्। तर, उनीबाट फुत्किएका विगतको शक्ति फर्किनेमा भने आशंका गरिन्छ। किनकि, तीन दिन अगाडि मात्रै मधेश प्रदेशको कांग्रेसको संसदीय दलको निर्वाचनमा निधि निकट सांसदलाई देउवा निकट सांसदले भारी मतान्तरले पराजित गरेका छन्।

निधिको राजनीतिलाई नजिकबाट नियालिरहेका अर्का वरिष्ठ पत्रकार तारानाथ दाहालले निधि आफ्नो राजनीतिक 'स्पेस' बनाउन देउवातिर फर्किए पनि त्यो सम्भावना कम रहेको बताउछन्। उनी भन्छन्, ‘आफ्नो विगतको समूहको नेता बन्न खोजेको देखिन्छ, जुन सम्भावना कमै देखिन्छ।’

यो पनि पढ्नुहोस

अघि बढे निधि

 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  २०:३९
  • #नेपाली_कांग्रेस
  • #विमलेन्द्र निधि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्