• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अघि बढे निधि

नेविसंघमा जस्तै पार्टीमा पनि देउवाका उत्तराधिकारी बन्लान् त निधि?
64x64
लिलु डुम्रे सोमबार, भदौ १, २०७७  ०६:५०
1140x725

काठमाडौं– कांग्रेसीजन र बाहिरीवृत्तमा एक विषयमा समान बुझाइ थियो। संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवा दोहोरिन चाहे  भने उनलाई अवरोध गर्न सो समूहबाट अर्का नेता अघि सर्दैनन्।

उपसभापति विमलेन्द्र निधिले सभापतिको प्रत्यासी बन्ने आकांक्षा देखाएपछि संस्थापन समूहबाट एकल उम्मेदवारी बन्ने देउवाको बाटोमा ‘ब्रेक’ लाग्ने देखिएको छ। १४औं महाधिवेशनमा संस्थापनबाट देउवामात्र सभापतिका उम्मेदवार हुन् भनी प्रचारित ‘न्यारेटिभ’ समेत परिवर्तन हुन पुगेको छ।

मुख खोले निधिले
गत मंगलबार आफू निकटका सीमित व्यक्तिलाई निधिले आफ्नो निवास बोलाएका थिए। त्यहाँ उनले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने जानकारी गराए। र, कसैगरी पछि नहट्ने प्रष्ट पारे। उनले बिहीबार नै सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो दाबी सम्बन्धमा कुरा राख्ने सुनाए। त्यसो त निधिले गत महिना नै संस्थापनइतरका केही शीर्ष नेतालाई आफू सभापतिको उम्मेदवार बन्ने संकेत दिइसकेका थिए। महामन्त्री डा शशांक कोइरालासँग त आफूलाई सभापतिमा सघाउन आग्रह नै गरेका थिए।

निर्धारित समय अनुसार निधि बिहीबार देउवा निवास बुढानिलकण्ठ पुगे। दिउँसो १ बजे देउवा निवास पुगेका निधिले सभापति देउवासँग करिब दुई घन्टा बिताए। भेटमा तेश्रो व्यक्ति राखिएको थिएन। यसपटकको भेट केही फरक सन्दर्भ र शैलीमा अघि बढ्यो।

१४ औं महाधिवेशनमा सभापतिमा उठ्ने मनस्थिति बनाएको प्रसंगबाट निधिले आफ्ना कुरा अघि बढाए। प्रतिउत्तरमा देउवाले १४ औं महाधिवेशनमा पनि आफू नै उम्मेदवार बन्ने बताए। उनले १५औं महाधिवेशनमा ‘हाम्रो समूहबाट तपाईं निर्विकल्प सभापतिको उम्मेदवार’ भएको निधिलाई सुनाए।

देउवाको कुरालाई निधिले सहज रुपमा लिएनन्। प्रतिवादमिश्रित लयमा उनले १५औं महाधिवेशनसम्म अर्को पुस्ता सभापतिका लागि तयार भइसक्ने र आफूलाई उमेरले पनि साथ नदिने सुनाए। आफ्ना लागि १४औं महाधिवेशन नै सभापतिको उम्मेदवार बन्ने सबैभन्दा उपयुक्त समय रहेको उनको तर्क राखे। पार्टीलाई मजबुत बनाउन र महाधिवेशनपछि हुने निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने दायित्व रहेको सुनाउँदै युवापुस्तालाई एकत्रित गराउन सक्ने उर्जा आफूमा रहेको तर्क देउवालाई सुनाए।

सर्वसम्मत नेतृत्व चयनको पक्षमा आफू रहेको बताएका निधिले त्यस परिस्थिति निर्माण गर्न आधार तय गर्ने देउवालाई सुनाए। प्रतिउत्तरमा देउवाले सर्वसम्मतिको सम्भावना नरहेको बताए।

निधिले भेटको क्रमलाई बिट मार्दै ‘तपाईंकै समर्थनमा म उम्मेदवार बन्ने’ भन्दै संवाद रोके।

Ncell 2
Ncell 2
nimb
nimb

देउवा-निधि भेटको परिवेश विगतभन्दा अलि फरक रहेको निधि निकट स्रोतले जानकारी दिएको छ। केही समयअघि युवापुस्ताका नेताहरुले बाटो खाली गर्न गरेको आग्रहलाई देउवाले आक्रोशित मुद्रामा प्रतिवाद गरेका थिए। तर, बिहीबार भने निधिलाई अस्वीकार गर्न सकेनन्। उनको अनुहारको भाव नरम रहेको बताइएको छ।

राजनीतिक चरित्र देखाउने र अरुलाई कन्भिन्स गराउन सक्ने क्षमता भएको रुपमा परिचित निधिले देउवालाई कसरी आश्वस्त बनाउँछन्, त्यो तत्काल देखिने विषय होइन। तर, उनले पाइला भने सारिसकेका छन्।

देउवाका सारथी
नेपाली कांग्रेसमा ‘विमल दाई’ बाट परिचित निधि देउवाका सधैं सारथी रहे। कांग्रेसभित्र संस्थापनको विरोध नेतृत्व गरेका देउवालाई बलियो साथ दिने नेताहरुमध्ये निधि पनि एक थिए। संकटकाल लगाउने/नलगाउने विषयमा विवाद सुरु हुँदा २०५९ सालमा कांग्रेस फुटेर कांग्रेस प्रजातान्त्रिक गठन गर्दा पनि देउवालाई निधिले साथ दिए।

Xtrem

Xtrem

मधेस आन्दोलनपछि कांग्रेसमा रहेका मधेसी मूलका धेरै नेताहरु क्षेत्रीय पार्टीतिर आकर्षित भए। मधेसमा कांग्रेसका खम्बा भनेर चिनिने महन्थ ठाकुर, विजय गच्छदार, शरदसिंह भण्डारी लगायतका नेताले पार्टी छाडे, निधिले रहर गरेनन्। उनी निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँ (निधि) लाई मधेस आन्दोलनपछि कांग्रेस त्याग्न धेरै दबाब थियो। प्रलोभन पनि थियो। तर, छाड्नुभएन।’

देउवा पक्षमा नेताहरु धेरै भए पनि निधिको तहका नेता अन्य थिएनन्। देउवालाई साथ दिएर अघि बढ्न प्रोत्साहित गर्ने वा विवादित काममा अघि नबढ्न सुझाव दिने निधि नै भएको उनी निकट नेता बताउँछन्।

देउवालाई निधिले कुन हदसम्म साथ दिएका थिए भन्ने बुझ्न फुटमा साथ दिएका नेताहरुको कोइराला क्याम्पमा फिर्तीले समेत जनाउँछ। शीर्ष तहका प्रकाशमान सिंहसहितका अन्य केन्द्रीय सदस्य अर्को समूहमा पुग्दा पनि निधिले देउवाको साथ छोडेनन्।

देउवाको राजनीतिक उचाइका लागि वर्षौंदेखि निधि खटिइरहेका छन्। कैयौं अवस्थामा उनले आफ्नो व्यक्तिगत लाभहानी हेरेनन्। १३औं महाधिवेशनमा देउवालाई जिताएनन् मात्रै त्यसको केही महिनापछि नै तत्कालीन एमाले-माओवादीको गठनबन्ध भत्काउन भूमिका पनि खेले। कालान्तरमा देउवा चौथोपटक प्रधानमन्त्री हुन सफल पनि भए।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो सरकार ढाल्न निधिले लामो प्रयत्न गरेको उनी निकट नेताहरुको भनाइ छ। उनले कृष्णबहादुर महरा र वर्षमान पुनसँग तत्कालीन सरकार ढाल्ने विषयमा कैयौं पटक संवाद गरेका थिए। २०७३ वैशाखमा गरिएको पहिलो प्रयास असफल भए पनि उनी हार खाएनन्। अन्ततः सोही वर्ष असार-साउनमा सफल भए। पुरस्कारस्वरुप निधि उपप्रधानसहित गृहमन्त्री बनाइए।

निधिको सोही प्रयत्नसँग जानकार ओलीले २०७४ को निर्वाचनमा निधिलाई हराउन भूमिका खेले। ओलीको रोजाइमा परे राजेन्द्र महतो। ओलीको सहयोगप्रति महतोले खुला रुपमै कृतज्ञता व्यक्त गरिसकेका छन्।

किन हिम्मत जुटाए निधिले?
१३औं महाधिवेशनमा देउवाले निधिसँग गरेको संवाद महत्त्वपूर्ण थियो। कोइराला परिवारबाट शक्ति हत्याउन देउवाले निधिको साथ खोजेका थिए। देउवाको तत्कालीन भनाइ स्मरण गर्दै निधिनिकट एक नेता भन्छन्, ‘कोइराला परिवारबाट पार्टीको नेतृत्व जुनसुकै तबरबाट पनि फुत्काउन पर्‍यो।’

निधिले त्यतिबेला कुनै अडान राखेको भए देउवाले जित्न असम्भव जस्तै थियो। तर, देउवाको बाटोमा निधिले कुनै अड्चन निकालेनन्। बरु, अर्को समूहबाट नेताहरु तान्ने काममा खटे। तत्कालीन संस्थापन समूहबाट देउवा समूहमा आएका अर्जुन नरसिंह केसी महामन्त्रीको उम्मेदवारी बने। तर, निधि भने ‘मलाई पद चाहिएन तर शेरबहादुर देउवालाई जिताउनुपर्छ’ भनिरहे।

त्यतिबेला देउवाले नै निधिलाई वचन दिएका थिए- १४औं महाधिवेशनमा हाम्रो समूहबाट तपाईं सभापतिको उम्मेदवार।

बिहीबारको भेटमा पनि निधिले देउवाले १३औं महाधिवेशन वरिपरिका यस्ता परिवेश स्मरण गराएका थिए।

निधि महामन्त्री बनिसके। उपसभापति छँदैछन्। अबको उपल्लो तह भनेकै सभापति हो। १४औं महाधिवेशनमा उनले सभापति बन्न सकेनन् भने १५औं उनका लागि अनुकुल नहुने उनले बुझेका छन्। पार्टीभित्र आक्रामक र प्रभावी बन्दै गएको युवा नेताहरुसँग १५औं महाधिवेशनमा जित्न नसकिने उनको बुझाइ अस्वाभाविक होइन। त्यसैले यो महाधिवेशनलाई कसैगरी आफू अनुकूल बनाउने उनको चाहना छ।

निधिलाई सभापतिमा उम्मेदवार बनाउने कार्यमा कांग्रेसकै बौद्धिक नेता प्रदीप गिरिसमेत लागेका छन्। जानकारहरुका अनुसार, अनुसार सभापतिमा निधिलाई अघि सारेर महामन्त्रीमा गगन थापासहितको समीकरण बनाउने प्रयत्न गिरिको छ। भनिन्छ- ‘पदीय जिम्मेवारीको लालसा नभएका गिरिले पार्टी बलियो बनाउन आवश्यक रणनीति तयार गर्छन्।’

अहिले देउवा समूहमा रहेका विश्वप्रकाश शर्माको रोजाइ पनि सभापतिको उम्मेदवारका रुपमा देउवाभन्दा निधि नै रहेको बताइन्छ। एक केन्द्रीय सदस्यका अनुसार फेरि पनि देउवाकै नेतृत्व होस् भन्ने शर्माको चाहना छैन।

नेपाली कांग्रेसको महाधिवेशनमा आन्तरिक शक्ति संरचना, सहयोग, वाचा बन्धनका अतिरिक्त दक्षिणी शक्ति पनि प्रभावी हुने गरेको पछिल्ला महाधिवेशनपछिका चर्चाले प्रष्ट पार्छ। पार्टीका अन्य आकांक्षीभन्दा निधिका लागि त्यो बढी सहयोगी हुनसक्छ। केपी ओली नेतृत्वको पहिलो सरकार ढाल्न भूमिका खेलेका नेता भएकाले उनलाई दक्षिणी सदभावयुक्त नेताको रुपमा चिनिन्छ। त्यसो त, उनी मन्त्री छँदा फास्ट ट्र्याकको जिम्मा भारतलाई दिन गरेको प्रयत्नले निकै आलोचित भएका थिए।

नेविसंघ अध्यक्षदेखि पार्टी उपसभापतिसम्म
कांग्रेसको राजनीतिमा निधि आफ्ना बाबुको विरासतले मात्रै धानिएका होइनन्। कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र भए पनि निधि बाबुको ‘ब्याज’मा राजनीति नगरेका नेताका रुपमा चिनिन्छन्।

नेपाल विद्यार्थी संघको स्थापनाकालीन सदस्य थिए निधि। राजनीतिक दल प्रतिबन्ध रहेकै बेलामा राजनीतिमा होमिएका उनी पक्राउ समेत परे। एसएलसीको परीक्षा पनि जेलमा बसेर दिएका थिए। रामेछाप, सिन्धुली लगायतका स्थानमा जेलमा परे।

निधि कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका विश्वासपात्र विद्यार्थी नेता थिए। कोइरालाकै जोडबलमा २०३६ सालमा नेपाल विद्यार्थी संघको अध्यक्षमा उनी चुनिए। २०२८ सालमा शेरबहादुर देउवा नेविसंघको दोश्रो सभापति बनेपछि संघको महाधिवेशन २०३६ सालसम्म हुन सकेन। बिपी जनकपुरमै महाधिवेशन गराउने पक्षमा थिए। मधेशको ‘सेन्टिमेन्ट’ कांग्रेसमा आकर्षित गर्न र निधिलाई स्थापित गराउने बिपीको ध्येय देखिन्थ्यो। इलामका बेनुपराज प्रसाईंको पक्षमा अधिकांश कांग्रेसका तत्कालीन नेतृत्व देखिए पनि बिपीले निधिलाई अघि सारेपछि अन्यको केही लागेन। अध्ययन पनि गरेको र राजनीतिक पृष्ठभूमि भएको परिवार भएकाले बिपीले संघको नेतृत्व निधिलाई सुम्पिए। निधिले २३ वर्षकै उमेर संघको नेतृत्व सम्हालेका थिए।

बुबा महेन्द्रनारायण निधि नै उम्मेदवार भएकाले २०४८ मा उनले सांसदको टिकट पाउने अवस्था थिएन। निधिको संसद प्रवेश २०५१ सालमा भयो। ०५१ सालको मध्यावधि निर्वाचनमा धनुषा ४ बाट विजयी भएका निधिको २०५२ सालबाट मन्त्रिपरिषद्‌मा समेत स्थान बनाए। ०५३ को नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बने। त्यसअघि विकास क्षेत्र अनुसार केन्द्रीय सदस्य चयन हुने विधानको व्यवस्था थियो। भीमबहादुर तामाङसँग मध्यमाञ्चलमा केन्द्रीय सदस्यमा पराजित हुँदा आठौं महाधिवेशनमा केन्द्रीय सदस्य हुन पाएनन्। तामाङ कोइराला क्याम्पबाट थिए भने निधि देउवा समूहबाट प्रतिस्पर्धी थिए।

२०५६ सालमा भने धनुषा ४ बाट पराजित बने। शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारमा २०५९ सालमा शिक्षामन्त्रीको जिम्मेवारी लिए।

२०५९ मा विभाजन भएको कांग्रेस २०६३ मा एकीकरण हुँदा महामन्त्री नै रहे। पार्टी एकीकरणका समय देउवालाई वरिष्ठ नेता दिएर अन्य पदमा रहेकाले सोही पद प्राप्त गर्ने गरी सहमति बनेको थियो। कांग्रेस प्रजातान्त्रिकमा निधि महामन्त्री थिए।

संविधानसभाको पहिलो निर्वाचनमा धनुषा ३ बाट सभासद् चुनिए। दोश्रो संविधान सभामा समेत उनी सोही स्थानमा विजयी भएर सुशील कोइरालाको मन्त्रिमण्डलमा भौतिक योजनामन्त्री बने। प्रचण्डको दोश्रो प्रधानमन्त्रित्व कालमा उपप्रधान तथा गृहमन्त्री सहितको शक्तिशाली मन्त्रालयले सम्हाले। गत निर्वाचनमा धनुषा ३ बाट निधि पराजित बने।

२०७५ बैशाखमा देउवाले उपसभापतिमा निधिलाई मनोनित गरे।

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  ०६:५०
  • #विमलेन्द्र_निधि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका... आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान सभामुख अर्याल आइतबार साँझ कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट तान्जानियातर्फ प्रस्थान गरेका हुन... आइतबार, असोज १८, २०८३
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले आगामी अधिवेशनमा थप सशक्त भूमिका निर्वाह गर्ने गरी तयारी गर्न... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्