• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

मौसमी कामदार सरकारले निशुल्क पठाउने, यस्तो बन्यो निर्देशिका

64x64
सुरेन्द्र बजगाईं आइतबार, पुस १७, २०७९  १८:१८
1140x725

काठमाडौं– सरकारले मौसमी कामदार व्यस्थापन निर्देशिका, २०७९ जारी गरेको छ। सो निर्देशिका जारी भएसँगै बैधानिक रुपमा मौसमी कामदार जानको लागि बाटो खुलेको छ। सो निर्देशिका आइतबारबाट नै लागू भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। 

वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा प्राप्त हुन सक्ने मौसमी प्रकृतिका कामको लागि पठाइने गरी छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन वाञ्छनीय भएकोले निर्देशिका जारी गरिएको सरकारले उल्लेख गरेको छ। 

सरकारले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ को उपनियम (१) को अधिकार प्रयोग गरी निर्देशिका जारी गरेको हो। 

कोरिया, बेलायत, अस्ट्रिया र पोर्चुगलमा मौसमी कामदारका रूपमा जाने नेपालीहरुको संख्या बढेसंगै त्यसलाई व्यावस्थापन गर्न सो निर्देशिका जारी भएको छ। 

विभिन्न स्थानीय तहले कोरियास्थित स्थानीय निकायको समन्वयमा कामदार पठाएको पाइएको थियो । तर इपीएस प्रणालीबाहेक अन्य प्रक्रियामार्फत् कामदारका लागि कोरिया जानेलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन मानेको थिएन। अब भने श्रमिकले विना झन्झट मौसमी कामदारको रुपमा जान पाउने भएका हुन्। 

निर्देशिकामा ‘मौसमी कामदार’ भन्नाले मौसमी रोजगारको लागि वैदेशिक रोजगारीमा गएका नेपाली नागरिक सम्झनुपर्ने उल्लेख गरिएको छ।

कम्तीमा ३ महिनादेखि बढीमा एक वर्षसम्मको करार अवधि भएको वैदेशिक रोजगार मौसमी रोजगार भनिएको हो। 

वैदेशिक रोजगार ऐनको अनुकूल हुने गरी नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा मन्त्रालयले सम्बन्धित मुलुकको सरकारसँग छलफल गरी द्विपक्षीय श्रम सम्बन्ध स्थापना गर्न सकिने विषय पनि निर्देशिकामा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

के–के काजगात आवस्यक?
ऐन बमोजिम श्रम सम्बन्ध स्थापना भएपछि उक्त निर्देशिका बमोजिम नेपाली नागरिकलाई मौसमी रोजगारका अवसर दिनका लागि रोजगारदाता संस्था वा सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाताको तर्फबाट सहजीकरण गर्नेगरी दर्ता भएको स्थानीय तह वा संस्थाले मागपत्र प्रमाणीकरणको लागि आवेदन दिन पाउने छन्। जसको लागि निम्न विवरण खुलाई अनलाइन माध्यमबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगमा पेश गर्नु पर्ने कागजात यस्ता छन्।

क) रोजगारदाताको पूर्ण विवरण (कम्पनीको हकमा सम्बन्धित मुलुकको कानुनअनुसार कम्पनी दर्ता भएको प्रमाणपत्र र कर चुक्ताको प्रमाणपत्र,
ख) रोजगारीको किसिम र सङ्ख्या,
ग) न्यूनतम सेवा र सुविधा,
घ) आवास, खाना, स्वास्थ्य बिमा र कामदारको सुरक्षा,
ङ) सम्बन्धित मुलुकको प्रवेशाज्ञा लिँदा लाग्ने शुल्क तथा कामदार पठाउँदा लाग्ने अन्य शुल्क रोजगारदाताले व्यहोर्ने सुनिश्चितता
च) सम्बन्धित मुलुकमा कामदारको लागि सुरक्षित कार्यस्थलको सुरक्षण भएको प्रत्याभूति पत्र,
छ) नेपालबाट कामदार छनौट गरी सम्बन्धित मुलुकमा नपुग्दा सम्म छनौट भएको कामदारले कुनै शुल्क बुझाउनु नपर्ने तथा मौसमी रोजगारको अवधि समाप्त भए पछि रोजगारदाताको खर्चमा स्वदेश फर्काउने कुराको प्रत्याभूति पत्र 

रोजगारीको माग प्राप्त भएपछि सम्बन्धित नेपाली कूटनीतिक नियोगले मागपत्रको जाँचबुझ गरी प्रणालीमा रहेको मौसमी रोजगारसँग सम्बन्धित छुट्टै इकाइमा प्रविष्ट गर्नु पर्नेछ। मागपत्र पठाउँदा नेपालको कुनै खास स्थानीय तहमार्फत् उम्मेदवार छनौट गर्ने गरी मागपत्र पठाउन सकिने उक्त निर्देशिकामा उल्लेख गरिएको छ।

उक्त प्रणालीमा मागपत्र प्रविष्ट भएको ७ दिनभित्र विभागले मौसमी रोजगारीको लागि जान चाहने व्यक्तिहरुको छनौट गरी पठाउन मागपत्रमा उल्लेख भएको स्थानीय तहलाई जानकारी गराइ सोको विवरण विभागको वेबसाइटमा समेत प्रकाशन गर्नुपर्ने निर्देशिकामा जनाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसरी हुन्छ कामदारको छनौट 
वैदेशिक रोजगार विभागले सम्बन्धित स्थानीय तहले मौसमी रोजगारीको लागि वैदेशिक रोजगारमा जान चाहने व्यक्तिसँग आवेदन माग गरी सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ। 

प्रकाशित सूचना बमोजिम आवेदन दिने व्यक्ति मध्येबाट सम्बन्धित स्थानीय तहले जातीय, लैङ्गिक र उमेरगत विविधता कायम हुने उम्मेदवार छनौट गरी माग गरिएको सङ्ख्यामा मुख्य सूची तोकी बढीमा १० प्रतिशत सङ्ख्यामा वैकल्पिक सूची तयार गरी विभागमा पठाउनु पर्नेछ। उक्त सूची विभागले सार्वजनिक जानकारीको लागि आफ्नो वेबसाइटमार्फत् प्रकाशन गर्नु पर्नेछ।

त्यसरी प्रकाशित सूचीका उम्मेदवारलाई विभागले मौसमी कामदारको रुपमा पठाउने व्यवस्था मिलाउनेछ। यसरी कामदार पठाउँदा मुख्य सूचीमा रहेका कुनै व्यक्ति कुनै कारणले मौसमी रोजगारीको लागि वैदेशिक रोजगारमा जान नचाहेमा वैकल्पिक योग्यता सूचीमा रहेका व्यक्ति मध्येबाट क्रमशः छनौट गरी पठाउनु पर्नेछ।

यसरी छनौट भएका उम्मेदवारको सूची विभागले मन्त्रालयमार्फत् सम्बन्धित मुलुकको नेपालमा रहेको वा नेपाल हेर्ने कूटनीतिक नियोगमा समेत पठाउनु पर्नेछ। 

कामदारको छनौटसम्बन्धी अन्य कार्यविधि सम्बन्धित स्थानीय तहले निर्धारण गरे बमोजिम हुने निर्देशिकामा उल्लेख छ।

प्रवेशाज्ञाको लागि सिफारिस गर्ने
उक्त निर्देशिकाको नियम ६ बमोजिम रोजगार सम्झौता सम्पन्न भएका उम्मेदवारको प्रवेशाज्ञाको लागि विभागले सम्बन्धित मुलुकको नेपालमा अवस्थित वा नेपाल हेर्ने कूटनीतिक नियोगसमक्ष सिफारिस गर्नु पर्ने छ। दफा ६ बमोजिम रोजगार सम्झौता भएको कामदारले प्रवेशाज्ञाको लागि आवेदन गर्दा सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम समावेश गर्नुपर्ने कागजातहरु बुझाउने जिम्मेवारी सम्बन्धित कामदारको नै हुने उक्त निर्देशिकामा उल्लेख गरिएको छ।

मौसमी रोजगारीमा काम गर्न जान प्रवेशाज्ञा प्राप्त गरेका कामदारले सम्बन्धित मुलुकमा प्रस्थान गर्नु अघि कम्तीमा २ दिनको अभिमुखीकरण तालिम लिनु पर्नेछ। अभिमुखीकरणको सम्पूर्ण विवरण प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ। 

बिमा, कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने
उक्त निर्देशिका बमोजिम मौसमी कामदारको रुपमा जानको लागि सम्बन्धित मुलुकको प्रवेशाज्ञा प्राप्त गरेका कामदारको ऐन बमोजिमको विमाङ्कमा नघट्ने गरी बिमा गर्नु पर्ने छ। मौसमी कामदारको रुपमा जानको लागि सम्बन्धित मुलुकको प्रवेशाज्ञा प्राप्त गरेका कामदारले ऐनको दफा ३२ बमोजिम वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्नु पर्नेछ।

स्वास्थ्य परीक्षण, श्रम स्वीकृति अनिवार्य
उक्त निर्देशिका बमोजिम मौसमी कामदारको रुपमा जानको लागि सम्बन्धित मुलुकको प्रवेशाज्ञा प्राप्त गरेका कामदारले सम्बन्धित मुलुकमा जानु अघि ऐनको दफा ७२ बमोजिम स्वास्थ्य परीक्षण गरी सो को प्रमाणपत्र प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ। यस निर्देशिका बमोजिमको सबै प्रक्रिया पूरा गरी मौसमी कामदारको रुपमा जाने कामदारलाई विभागले श्रम स्वीकृति प्राप्त गर्न सक्नेछ। 

प्रचलित कानुन बमोजिम एकपटक श्रम स्वीकृति लिएर गएको व्यक्तिले सोही रोजगारदाताकोमा पुनः रोजगारी पाउने भएमा त्यस्तो व्यक्तिलाई विभागले पुनः श्रम स्वीकृति प्रदान गर्न सक्ने उक्त निर्देशिकामा उल्लेख गरिएको छ।

यस्तो छ निर्देशिका: 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्