• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २१, २०८२ Mon, Jan 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

मौसमी कामदार सरकारले निशुल्क पठाउने, यस्तो बन्यो निर्देशिका

64x64
सुरेन्द्र बजगाईं आइतबार, पुस १७, २०७९  १८:१८
1140x725

काठमाडौं– सरकारले मौसमी कामदार व्यस्थापन निर्देशिका, २०७९ जारी गरेको छ। सो निर्देशिका जारी भएसँगै बैधानिक रुपमा मौसमी कामदार जानको लागि बाटो खुलेको छ। सो निर्देशिका आइतबारबाट नै लागू भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। 

वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा प्राप्त हुन सक्ने मौसमी प्रकृतिका कामको लागि पठाइने गरी छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन वाञ्छनीय भएकोले निर्देशिका जारी गरिएको सरकारले उल्लेख गरेको छ। 

सरकारले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ को उपनियम (१) को अधिकार प्रयोग गरी निर्देशिका जारी गरेको हो। 

कोरिया, बेलायत, अस्ट्रिया र पोर्चुगलमा मौसमी कामदारका रूपमा जाने नेपालीहरुको संख्या बढेसंगै त्यसलाई व्यावस्थापन गर्न सो निर्देशिका जारी भएको छ। 

विभिन्न स्थानीय तहले कोरियास्थित स्थानीय निकायको समन्वयमा कामदार पठाएको पाइएको थियो । तर इपीएस प्रणालीबाहेक अन्य प्रक्रियामार्फत् कामदारका लागि कोरिया जानेलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन मानेको थिएन। अब भने श्रमिकले विना झन्झट मौसमी कामदारको रुपमा जान पाउने भएका हुन्। 

निर्देशिकामा ‘मौसमी कामदार’ भन्नाले मौसमी रोजगारको लागि वैदेशिक रोजगारीमा गएका नेपाली नागरिक सम्झनुपर्ने उल्लेख गरिएको छ।

कम्तीमा ३ महिनादेखि बढीमा एक वर्षसम्मको करार अवधि भएको वैदेशिक रोजगार मौसमी रोजगार भनिएको हो। 

वैदेशिक रोजगार ऐनको अनुकूल हुने गरी नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा मन्त्रालयले सम्बन्धित मुलुकको सरकारसँग छलफल गरी द्विपक्षीय श्रम सम्बन्ध स्थापना गर्न सकिने विषय पनि निर्देशिकामा उल्लेख छ।

Ncell 2
Ncell 2

के–के काजगात आवस्यक?
ऐन बमोजिम श्रम सम्बन्ध स्थापना भएपछि उक्त निर्देशिका बमोजिम नेपाली नागरिकलाई मौसमी रोजगारका अवसर दिनका लागि रोजगारदाता संस्था वा सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाताको तर्फबाट सहजीकरण गर्नेगरी दर्ता भएको स्थानीय तह वा संस्थाले मागपत्र प्रमाणीकरणको लागि आवेदन दिन पाउने छन्। जसको लागि निम्न विवरण खुलाई अनलाइन माध्यमबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगमा पेश गर्नु पर्ने कागजात यस्ता छन्।

क) रोजगारदाताको पूर्ण विवरण (कम्पनीको हकमा सम्बन्धित मुलुकको कानुनअनुसार कम्पनी दर्ता भएको प्रमाणपत्र र कर चुक्ताको प्रमाणपत्र,
ख) रोजगारीको किसिम र सङ्ख्या,
ग) न्यूनतम सेवा र सुविधा,
घ) आवास, खाना, स्वास्थ्य बिमा र कामदारको सुरक्षा,
ङ) सम्बन्धित मुलुकको प्रवेशाज्ञा लिँदा लाग्ने शुल्क तथा कामदार पठाउँदा लाग्ने अन्य शुल्क रोजगारदाताले व्यहोर्ने सुनिश्चितता
च) सम्बन्धित मुलुकमा कामदारको लागि सुरक्षित कार्यस्थलको सुरक्षण भएको प्रत्याभूति पत्र,
छ) नेपालबाट कामदार छनौट गरी सम्बन्धित मुलुकमा नपुग्दा सम्म छनौट भएको कामदारले कुनै शुल्क बुझाउनु नपर्ने तथा मौसमी रोजगारको अवधि समाप्त भए पछि रोजगारदाताको खर्चमा स्वदेश फर्काउने कुराको प्रत्याभूति पत्र 

रोजगारीको माग प्राप्त भएपछि सम्बन्धित नेपाली कूटनीतिक नियोगले मागपत्रको जाँचबुझ गरी प्रणालीमा रहेको मौसमी रोजगारसँग सम्बन्धित छुट्टै इकाइमा प्रविष्ट गर्नु पर्नेछ। मागपत्र पठाउँदा नेपालको कुनै खास स्थानीय तहमार्फत् उम्मेदवार छनौट गर्ने गरी मागपत्र पठाउन सकिने उक्त निर्देशिकामा उल्लेख गरिएको छ।

उक्त प्रणालीमा मागपत्र प्रविष्ट भएको ७ दिनभित्र विभागले मौसमी रोजगारीको लागि जान चाहने व्यक्तिहरुको छनौट गरी पठाउन मागपत्रमा उल्लेख भएको स्थानीय तहलाई जानकारी गराइ सोको विवरण विभागको वेबसाइटमा समेत प्रकाशन गर्नुपर्ने निर्देशिकामा जनाइएको छ।

यसरी हुन्छ कामदारको छनौट 
वैदेशिक रोजगार विभागले सम्बन्धित स्थानीय तहले मौसमी रोजगारीको लागि वैदेशिक रोजगारमा जान चाहने व्यक्तिसँग आवेदन माग गरी सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ। 

प्रकाशित सूचना बमोजिम आवेदन दिने व्यक्ति मध्येबाट सम्बन्धित स्थानीय तहले जातीय, लैङ्गिक र उमेरगत विविधता कायम हुने उम्मेदवार छनौट गरी माग गरिएको सङ्ख्यामा मुख्य सूची तोकी बढीमा १० प्रतिशत सङ्ख्यामा वैकल्पिक सूची तयार गरी विभागमा पठाउनु पर्नेछ। उक्त सूची विभागले सार्वजनिक जानकारीको लागि आफ्नो वेबसाइटमार्फत् प्रकाशन गर्नु पर्नेछ।

त्यसरी प्रकाशित सूचीका उम्मेदवारलाई विभागले मौसमी कामदारको रुपमा पठाउने व्यवस्था मिलाउनेछ। यसरी कामदार पठाउँदा मुख्य सूचीमा रहेका कुनै व्यक्ति कुनै कारणले मौसमी रोजगारीको लागि वैदेशिक रोजगारमा जान नचाहेमा वैकल्पिक योग्यता सूचीमा रहेका व्यक्ति मध्येबाट क्रमशः छनौट गरी पठाउनु पर्नेछ।

यसरी छनौट भएका उम्मेदवारको सूची विभागले मन्त्रालयमार्फत् सम्बन्धित मुलुकको नेपालमा रहेको वा नेपाल हेर्ने कूटनीतिक नियोगमा समेत पठाउनु पर्नेछ। 

कामदारको छनौटसम्बन्धी अन्य कार्यविधि सम्बन्धित स्थानीय तहले निर्धारण गरे बमोजिम हुने निर्देशिकामा उल्लेख छ।

प्रवेशाज्ञाको लागि सिफारिस गर्ने
उक्त निर्देशिकाको नियम ६ बमोजिम रोजगार सम्झौता सम्पन्न भएका उम्मेदवारको प्रवेशाज्ञाको लागि विभागले सम्बन्धित मुलुकको नेपालमा अवस्थित वा नेपाल हेर्ने कूटनीतिक नियोगसमक्ष सिफारिस गर्नु पर्ने छ। दफा ६ बमोजिम रोजगार सम्झौता भएको कामदारले प्रवेशाज्ञाको लागि आवेदन गर्दा सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम समावेश गर्नुपर्ने कागजातहरु बुझाउने जिम्मेवारी सम्बन्धित कामदारको नै हुने उक्त निर्देशिकामा उल्लेख गरिएको छ।

मौसमी रोजगारीमा काम गर्न जान प्रवेशाज्ञा प्राप्त गरेका कामदारले सम्बन्धित मुलुकमा प्रस्थान गर्नु अघि कम्तीमा २ दिनको अभिमुखीकरण तालिम लिनु पर्नेछ। अभिमुखीकरणको सम्पूर्ण विवरण प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ। 

बिमा, कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने
उक्त निर्देशिका बमोजिम मौसमी कामदारको रुपमा जानको लागि सम्बन्धित मुलुकको प्रवेशाज्ञा प्राप्त गरेका कामदारको ऐन बमोजिमको विमाङ्कमा नघट्ने गरी बिमा गर्नु पर्ने छ। मौसमी कामदारको रुपमा जानको लागि सम्बन्धित मुलुकको प्रवेशाज्ञा प्राप्त गरेका कामदारले ऐनको दफा ३२ बमोजिम वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्नु पर्नेछ।

स्वास्थ्य परीक्षण, श्रम स्वीकृति अनिवार्य
उक्त निर्देशिका बमोजिम मौसमी कामदारको रुपमा जानको लागि सम्बन्धित मुलुकको प्रवेशाज्ञा प्राप्त गरेका कामदारले सम्बन्धित मुलुकमा जानु अघि ऐनको दफा ७२ बमोजिम स्वास्थ्य परीक्षण गरी सो को प्रमाणपत्र प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ। यस निर्देशिका बमोजिमको सबै प्रक्रिया पूरा गरी मौसमी कामदारको रुपमा जाने कामदारलाई विभागले श्रम स्वीकृति प्राप्त गर्न सक्नेछ। 

प्रचलित कानुन बमोजिम एकपटक श्रम स्वीकृति लिएर गएको व्यक्तिले सोही रोजगारदाताकोमा पुनः रोजगारी पाउने भएमा त्यस्तो व्यक्तिलाई विभागले पुनः श्रम स्वीकृति प्रदान गर्न सक्ने उक्त निर्देशिकामा उल्लेख गरिएको छ।

यस्तो छ निर्देशिका: 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्