काठमाडौं– कलाकार नाजिर हुसेनले नाम थरका कारण भोगेका हैरानी उल्लेख गर्दै अंग्रेजी नयाँ वर्ष र टोपी दिवसको शुभकामना दिएका छन्।
आफूले नोखोज्दा पनि भेटिने प्रश्नहरु उल्लेख गर्दै उनले लेखेका छन्, ‘मेरो वंशज नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम देखेपछि प्राय नखोज्दा पनि भेटिरहने प्रश्नहरु हुन्छन्- तपाईं इन्डिएन मुस्लिम कि नेपाली मुस्लिम? तपाईं हिन्दू कि मुसलमान? ओहो, तपाईं त तराईबाट आएको भए पनि नेपाली त स्पष्ट बोल्नु हुँदो रैछ!’
यस्तो आफूलाई फ्याट्ट दिन मन लाग्ने उत्तर लेख्छन्, ‘हम्राके भोजपुरीयो निमनसे बोलेके लुर बा।’ आफू यही माटोको रहेको र शरीरमा बग्ने रगत नै रहेको उल्लेख गर्दै उनी थप्छन्, ‘देशको कुरा आउँदा तपाईंलाई जति दुख्छ मलाई पनि त्यति नै दुख्छ। तपाईंलाई जति खुशी लाग्छ मलाई पनि त्यतिनै खुसी लाग्छ।’
आफू मान्छे बन्न खोजिरहेको बताउँदै बन्न दिन आग्रह गरेका छन्। उनी भन्छन्, ‘हरेक नेपालीको शीरमा सगरमाथा झैँ अटल, अग्लो र विशाल भएर बस्ने हाम्रो ढाका टोपी जस्तै सबैको सोच र विचार अग्लियोस! ढाका टोपी (नेपाली टोपी) दिवसको सबैमा शुभकामना!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।