काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि निर्देशन दिएका छन्। उनले मुख्यसचिव शंकरदास बैरागीलाई सो निर्देशन दिएका हुन्।
'निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। र, मुख्य सचिवज्युलाई मृतक पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिनुभएको छ', प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरणले सामाजिक सञ्जालमा लेखेका छन्।
कम्बोडियाको एक होटेल क्यासिनोमा भीषण आगलागीको कारण झापा बिर्तामोड नगरपालिका-१ का पाण्डे सहित १९ जनाको निधन भएको थियो। सो घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
आगगालीका बेलामा पाण्डे क्यासिनोको १२औँ तलामा फसेका थिए। उद्धार नभएपछि झ्यालबाट हाम फालेका उनको निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।