काठमाडौं– पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन्। उनी अनुबन्ध भएको समाचार स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ।
यस्तै क्लब अल नसरले पनि रोनाल्डोको तस्बिर साझा गर्दै उनी अनुबन्ध भएकोबारे जानकारी दिएको छ। रोनाल्डोले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेको अलअरबियाले जनाएको छ।
अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताइएको छ। नसरले रोनाल्डोलाई वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो।
३७ वर्षीय रोनाल्डोले म्यानचेस्टर युनाईटेड छाडेपछि क्लबविहीन रहेका थिए। रोनाल्डो गत वर्ष युनाइटेड फर्किएका थिए। तर, मुख्य प्रशिक्षक एरिक टेन हागसँगको विवादपछि उनले क्लब छाडेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।