काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।
तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमम गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी भएका छन्।
कार्यक्रममा तमु समुदायको संस्कृति झल्काउने पोशाक, झाँकी, परिकार र सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएका छन्। कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक भेषभूषामा सजिएर सहभागी भएका छन्।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।
तमु ल्होसारका अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदा समेत दिएको छ।
हेरौं तस्बिरहरू :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।