• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पहिलो पटक काठमाडौं टेक्ने बालबालिकाका कुरा

64x64
धनु विश्वकर्मा शनिबार, पुस १६, २०७९  १७:२०
1140x725

काठमाडौं–  हामीले कहिल्यै बालबालिकाको कुरा सुनेका छौं? उनीहरूका महत्वपूर्ण जिज्ञासा र सवालहरूमाथि ध्यान दिएका छौं? आउनुस् आज हामी उनीहरूको कुरा सुनौं, उनीहरूका प्रश्नहरूमाथि विचार गरौं।

जो बालबालिका पहिलो पटक सुदूर गाउँबाट काठमाडौं आएका छन्, उनीहरूलाई काठमाडौं कस्तो लाग्यो त? काठमाडौंबाट उनीहरूले आफ्नो देश कस्तो देखे त? आफ्नो ठाउँलाई राजधानीसँग कसरी दाँजे त? उनीहरूको अनुभव यहाँ प्रस्तुत गरेका छौं।

जाजरकोटकी जयन्ता खत्री गत साता पहिलो पटक काठमाडौं आइन्। कल्पनामा देखिने काठमाडौं त विल्कुल फरक रैछ।

गुडिरहेको गाडी, एकै ठाउँमा गुजुल्टिएझैं लाग्ने अग्ला घर, मानिसहरूको भीडले उनलाई चकित बनाएको छ। 

सेभ द चिल्ड्रेनले कर्णाली र मधेश प्रदेशका बालसमूहका बालबालिकालाई राजधानी अवलोकन गर्न ल्याएको थियो। नारायणी माविमा कक्षा १२ मा पढ्दै गरेकी जयन्ता त्यही शिलशिलामा काठमाडौं आइन्। 

‘पहिलो पटक काठमाडौं आउँदा कस्तो लाग्यो?’ जयन्तालाई सोध्यौं। ‘यहाँका सबै मान्छे व्यस्त हुँदा रैछन्। गाउँमा त  कोही आयो भने पनि चासो हुन्थ्यो,’ उनी आफ्नो अनुभूति सुनाउँछिन्। 

जयन्ता जाजरकोटबाट सुर्खेतसम्म गाडीमा आइन्। त्यसपछि हवाइजहाज। पहिलो पटक हवाइजहाज चढ्दा डर र खुसी दुवै भरिएका थिए उनमा।

कर्णालीमा शिक्षा, स्वास्थ्य र यातयातको सुविधा छैन। ‘तर, काठमाडौंमा त सबथोक रैछ,’ जयन्ता अनुभूत गरिरहेछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं प्रवेश गरेपछि वसन्तपुर, पशुपति, सिंहदरबार, पाटनढोका नारायणीहिटी घुमिन् जयन्ताले। ग्राण्डी अस्पताल पनि पुगिन्। यहाँको सुविधा देखेपछि उनीभित्र धेरै प्रश्न जन्मिएका छन्। 

‘कर्णालीमा बाटोघाटो राम्रो छैन। आमाहरूले बाटोमा नै बच्चा जन्माउँछन्। अस्पताल सजिलै पुग्ने बाटो कहिले पुग्छ होला?’ उनमा जिज्ञाशा छ।

जयन्ता बालसमूहमा सक्रिय छिन्। गाउँमा बालअधिकारका विषयमा आवाज उठाउँछिन् जयन्ता। यहाँबाट फर्केपछि गाउँमा विकासका विषयमा पनि आवाज उठाउनुपर्छ भन्ने लागेको छ। तर, काठमाडौंमा पनि उनले सामाजिक विकासको अभाव महसुस गरेकी छन्। ‘यता भौतिक विकास भएता पनि समाजिक विकास हुन अझै समय लाग्ने रैछ,’ जयन्ताले भनिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जयन्तालाई जस्तै प्रश्न धनुषाका रिषभ कुमारलाई गरियो, ‘पहिलो पटक काठमाडौं आउँदा कस्तो लाग्यो?’

‘सानो नेपाल जस्तै लाग्यो,’ उनी आफ्नो धारणा सुनाउँछन्। 

काठमाडौं जाने रहर त उहिल्यैदेखि थियो रिषभको। यसपालि माइक्रोबस चढेर काठमाडौंको यात्रा तय गरे, बालसमूहका साथीसँग। ‘तराईमा यहाँ भन्दा जाडो हुन्छ। पुसको महिना अझ बढी चिसो हुन्छ। तर, यहाँ घाम पनि लाग्दो रैछ,’ रिषभ अचम्म मान्छन्। 

काठमाडौंको वसन्तपुर निकै मन पर्यो उनलाई। अनि काठमाडौंमा अनेकतामा एकतामा देखेपछि झनै दंग छन्। ‘सबै समुदाय, भेषभुषा, जाति, भूगोलका मान्छे बस्छन्। पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मको मान्छे अटाएका छन्,’ उनी भन्छन्, ‘नक्सामा सानो खाल्डो जस्तो देखिने काठमाडौंमा यति मान्छे कसरी आएका होलान्।’

एउटै दृश्यले चाहिँ दुःखी बनायो रिषभलाई। बागमती नदीको नजिक पुग्दा नदी हो कि नाला, ठम्याउन सकेनन्। उनले मोबाइलमा गुगल गरेर हेरे, अनि विष्णुमति नदी भनेर थाहा पाए। 

गौमाया अधिकारीको घर सुर्खेतको जुरु भन्ने ठाउँमा छ। पहिलो पटक हवाइजहाज चढेर काठमाडौं आइन्। उनलाई धेरै अनौठो लाग्यो। ‘सधैं तलबाट हिमाल र बादल हेरिन्थ्यो। यो पालि ठ्याक्कै उल्टो देखियो,’ उनी अचम्मित मुद्रामा भन्छिन्। राजधानीमा मान्छे र सवारी साधनको भिड भने कमिलाको ताँती जस्तै लाग्यो उनलाई। 

अमरज्योति मोडेल माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत् छिन् उनी। प्रदेशस्तरीय बालसञ्जालको महासचिव गौमाया काठमाडौंमा सिकेको कुरा फर्केपछि साथीहरूलाई सिकाउन चाहन्छिन्।

प्रकाश विक अजयमेरु बालसमूहका अध्यक्ष हुन्। शुभकालिका गाउँपालिका कालिकोटका उनी कक्षा ९ मा पढ्छन्। पहिलो पटक काठमाडौं आउँदा उनीसँग केही खुशी, जिज्ञाशा र प्रश्न थिए। 

यहाँको विश्व ऐतिहासिक सम्पदा देखेर भने आन्नदित भए। ‘काठमाडौं मन्दिरै मन्दिरको शहर हो भन्ने सुनेको थिएँ, हो रहेछ,’ उनी भन्छन्। 

तर फोहोर र ध्वनि प्रदुषणले भने उनलाई नरमाइलो लाग्यो। काठमाडौं यति फोहोर छ भन्नेचाहिँ लागेको थिएन प्रकाशलाई।

हिमानी आव्या कायापलट बाल समूहकी सदस्य हुन्। धनुषाको जनकपुरधाममा १२ कक्षामा पढ्छिन् उनी। उनीभित्र एउटा प्रश्न थियो, ‘किन काठमाडौं राजधानी भएको होला?’ काठमाडौं टेकेपछि उनले आफ्नो प्रश्नको जवाफ भेटिन्,‘यहाँ सबैक चिजको रंगिविरंगी इन्द्रेणी रहेछ।’ 

तराईमा अझै छोरीलाई पढाउनु हुँदैन भन्छन्। तर, काठमाडौंमा आफूजस्ता सबै छोरी विद्यालय गएको देखेर खुशी भइन्। उनले यहाँका मान्छे शिक्षित, अनुशासित र चेतनशील पाइन्।

कुशे गाउँपालिका, जाजरकोट कि प्रतिमा रोकायाले पहिलो पटक काठमाडौं आउँदा कर्णालीका थुप्रै समस्या सम्झिइन्। ‘उता त सिटामोल पनि पाउन गाह्रो हुन्छ। तर काठमाडौंमा त कति धेरै अस्पताल?’ उनले सोचिन्।

उनलाई नारायणहिटी र सिंहदरवार निकै मन पर्‍यो। सिंहदरवारभित्र रेडियो नेपाल गएकी थिइन् उनी। उनी भद्रकाली नजिकको नेपाल टेलिकमको टावरको अवलोकन गर्न पनि पुगिन्।

प्रविधिको विकासले फड्को काठमाडौंमा त मारेको रैछ। तर यही विकास उनी कर्णालीमा पनि भएको हेर्न चाहन्छिन्। ‘सबै ठाउँमा समान खालको विकास भए सबै मान्छे समान हुने थिए,’ उनी भन्छिन्।

पहिलो पटक काठमाडौं आउने बालबालिकाका जिज्ञासा साँच्चै रोचक छन्, अनि गम्भीर पनि। सपनाको सहर लाग्ने काठमाडौंसँग उनीहरूको अपेक्षा रहेछ, प्रश्न रैछ र गुनासो पनि। उनीहरू काठमाडौं फोहोर भएको रुचाउँदैनन्। काठमाडौं सांस्कृतिक रुपमा धनी भएको रुचाउँछन्। यहाँको विकास र सुविधा रुचाउँछन्।

अनि ठान्छन्,‘त्यही कुरा आफ्नो ठाउँमा पनि भइदिए।’ उनीहरूले आफ्नो आँखाबाट आफ्नै ठाउँको विकासको सपना देखे। सायद यसैकारण काठमाडौंलाई आफ्नो ठाउँसँग तुलना गर्दा उनीहरू दु:खी पनि देखिए।

यसकारण बालबालिकाले आफ्नो ठाउँमा जे चाहेका छन्, त्यतिमा मात्र पनि सरकारको ध्यान पुग्ने हो भने विकास कसो नहोला ! 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्