• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सवारी ज्यान मुद्दामा प्रहरीको ‘सेटिङ’: नक्कली चालकलाई सक्कली बनाएर ‘उन्मुक्ति’ ! 

64x64
नारायण अधिकारी शुक्रबार, पुस १५, २०७९  ०८:३९
1140x725

काठमाडौं– सवारी ज्यान मुद्दामा ‘सेटिङ’ मिलाएर प्रहरीले ‘उन्मुक्ति’ दिएको पाइएको छ। मिनी ट्रक चलाउने अनुमति नै नभएका व्यक्तिलाई प्रहरीको सेटिङमा चालक भएको प्रमाणित गर्दै उन्मुक्ति दिएको पाइएको हो। 

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। मिनी ट्रक चलाउने अनुमति नै नभएका चालकसँग रकम लिएर प्रहरी निरीक्षकले सेटिङमा उन्मुक्ति दिएको भनिएको घटना विगत ३ वर्षदेखि अनुसन्धानरत छ।

यो घटनाको सुरुवात २०७६ कात्तिक २ गतेबाट हुन्छ। कात्तिक २ गते बिहान साढे १० बजेतिर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ सेल्ले पाखिन टोलमा बा ५ ख ९५४ नम्बरको मिनी ट्रकको ठक्करबाट स्थानीय १३ वर्षीय बालक राजन श्रेष्ठको मृत्यु भएको थियो। 

ढुंगा बोकिरहेको उक्त मिनी ट्रकले ठक्कर दिँदा बालकको घटनास्थलै ज्यान गएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय मेलम्चीको प्रहरी टोलीले मिनी ट्रकका चालक मेलम्ची–७ कै ३२ वर्षीय सुवन तामाङलाई नियन्त्रणमा लिएको थियो। त्यतिबेला इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख थिए, प्रहरी निरीक्षक (इन्सपेक्टर) महेन्द्र दर्नाल।

District_Police_letter1672315888.jpg

मिनी ट्रक चलाउने अनुमित नै नभएका उनै चालकलाई इन्सपेक्टर दर्नालले सेटिङमा उन्मुक्ति दिएको भन्दै उक्त विषय अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सम्म पुगेको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को (च, एफ) वर्गीकरणको मिनी बस र मिनी ट्रक हाँक्ने अनुमति रहेको भन्दै इन्सेक्टर दर्नालले चालकसँग पैसा असुलेर उन्मुक्ति दिएको आरोप लागेको छ।

पीडितलाई ५ लाख दिएर जेलमा हुनुपर्ने व्यक्तिलाई उन्मुक्ति
दुर्घटना भएपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। हाँक्ने अनुमति नै नभएका व्यक्तिले चलाएको सवारीको दुर्घटनाबाट कसैको ज्यान गएमा यातायात व्यवस्था ऐन २०४९ अनुसार कम्तीमा ३ वर्षदेखि जन्म कैदसम्मको सजाय हुने व्यवस्था छ। तर, सुवनको हकमा भने त्यो नभएको पीडित पक्षको आरोप छ। 

Chalak_Lisence1672315886.jpg
सुवन तामाङको सवारी चालक अनुमतिपत्रको प्रतिलिपि (जुन नक्कली भएको दाबी गरिएको छ)

एक्कासी कोदोबारीबाट हाम फालेर बाटो काट्न लाग्दा सवारी अनियन्त्रित भएर दुर्घटना भएको भन्दै दुबै पक्षबीच क्षतिपूर्ति भराउने सहमति भएको थियो। जसमा क्षतिपूर्ति वापतको ५ लाख रुपैयाँ पीडित पक्षलाई गाडीधनी मेलम्ची–७ कै रमेश श्रेष्ठ र कृष्णलाल श्रेष्ठले उपलब्ध गराएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb
Chalak_Lisence_verification1672381166.jpg
सुवन तामाङको सवारीचालक अनुमतिपत्रबारे यातायात व्यवस्था विभागले उपलब्ध गराएको विवरण। जसमा उनले क (ए) वर्गको मोटरसाइकल, स्कुटर र मोपेड चलाउन मात्रै अनुमति पाएको उल्लेख छ।  

अख्तियारमा उजुरी, सीआईबीमा अनुसन्धान 
यो घटनाको अनुसन्धान अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ। इन्सपेक्टरले मिलेमतोमा पैसा खाएर मुद्दा चलाउनुपर्ने व्यक्तिलाई छाडेको भन्दै अख्तियारमा उजुरी परेको थियो।  

उजुरीमा चालकसँग १ लाख रुपैयाँ लिएर हुँदै नभएको ‘च’ वर्गको सवारी हाँक्ने अनुमति समेत रहेको भन्दै लाइसेन्स कीर्ते गरेर ‘च’ वर्गको पनि अनुमित रहेको दाबी उजुरीमा गरिएको छ। मिनी ट्रक हाँक्ने अनुमति भएको लाइसेन्स रहेपछि मृतकका परिवारलाई क्षतिपूर्ति दिलाएर प्रहरीले मिलापत्र गराउँदै चालकलाई उन्मुक्ति दिएको पनि उजुरीमा उल्लेख छ। 

त्यसपछि अख्तियारले २०७७ चैत १० गते अन्यन्त जरुरी, गोप्य भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई पत्र लेखेर उक्त दुर्घटनाका सम्पूर्ण कागजात पठाउन र पीडित पक्षको परिवारको नाम, ठेगान र मोबाइल नम्बर समेत पठाउन निर्देशन दिएको थियो।

Akhtiyar_Letter1672315886.jpg
अख्तियारले जिप्रका सिन्धुपाल्चोकलाई लेखेको पत्र

अख्तियारले उक्त घटनाको अनुसन्धान गर्दा पैसा खाएको पुष्टि हुने प्रमाण फेला पार्न सकेन। ‘पैसा खाएको आरोप लगाए पनि प्रमाण भने फेला पार्न सकिएन,’ अख्तियार स्रोतले भन्यो, ‘बरु अनुसन्धानको क्रममा कीर्ते कसुर आकर्षित हुनसक्ने भन्दै हामीले उक्त फाइल सीआईबीमा पठाएका छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘च’ वर्गको सवारी हाँक्ने अनुमति छ–छैन भनेर पठाइएको पत्रमा लाइसेन्स जारी भएको यातायात कार्यालयले ‘छैन’ भनेर लेखेको ठाउँलाई छ बनाइएको हुनसक्ने भन्दै अहिले सीआईबीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ। अहिले अनुसन्धानकै क्रममा रहेको भन्दै सीआईबी स्रोतले थप विवरण भने खुलाउन चाहेन।

District_Court_Letter1672315887.jpg

प्रहरीको दोष छैन: इन्सपेक्टर दर्नाल
यस घटनामा प्रहरीको कुनै दोष नरहको दाबी इन्सपेक्टर दर्नालको छ। अनुसन्धान गर्ने जिम्मा प्रहरीको रहेकाले सोही अनुसार अनुसन्धान गरेर बुझाएको र यसमा कुनै मिलेमतो तथा सेटिङ नगरेको उनले दाबी गरे। 

‘प्रहरीको काम त अनुसन्धान गर्ने मात्रै भयो। यसमा अभियोजन गर्ने सरकारी वकिलदेखि फैसला गर्ने अदालतसम्म जोडिएको हुन्छ। हामीले अनुसन्धानको पाटो गरेका हौं, त्योभन्दा बढी हामीलाई थाहा छैन,’ इन्सपेक्टर दर्नालले भने।  

‘आरोप लगाएजस्तो मिनी ट्रक चलाउने अनुमति नै नभएकाले प्रहरीले चलाउने अुनमति छ भन्न मिल्ने कुरा भएन। प्रहरीले त्यो गर्दा पनि गरेको छैन,’ दर्नालले भने।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्