काठमाडौं– रियालिटी सो ‘द पोएट आइडल’ आजबाट प्रसारण हुने भएको छ।
हरेक साता बिहीबार र शुक्रबार एपी वान टेलिभिजनबाट राति साढे ८ मा प्रसारण हुने उक्त सो मा अनुप बराल, उपेन्द्र सुब्बा, सुरक्षा पन्त र विप्लव प्रतीक निर्णायक छन्। सो लाई अमनप्रताप अधिकारीले निर्देशन गरेका छन्।
सो मा अभिनेता दिव्य देव होस्ट रहेका छन्।
असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ७२ जना छानिएका थिए। विदेशबाट अनलाइन अडिसन दिनेको संख्या ५० थियो। सहभागी मध्येबाट १४ जना छनोटमा परेका छन्।
कवितामा आधारित रियालिटी सो मा सहभागीहरूले कविता लेखन, वाचनसँगै प्रस्तुति दिनेछन्। सोको विजेताले १० लाख पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।