• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

...अनि सञ्चालनमा आयो नेपालकै पहिलो होमस्टे

64x64
प्रतिक पौडेल मंगलबार, पुस १२, २०७९  २१:५१
1140x725

स्याङ्जा– भारतीय सेनाका क्याप्टेन। सिक्किममा पोस्टिङ। सिक्किमको पर्यटन देखेर प्रभावित। अनि, सञ्चालनमा आयो नेपालकै पहिलो होमस्टे। यो सिरुबारी होमस्टेको कथा हो।  

स्याङ्जा आदिखोला गाउँपालिका वडा नं १ सिरुबारीमा गुरुङहरुको बस्ती रहेको छ। पहिले यस गाउँका अधिकांश मानिस भारतीय सेनामा कार्यरत रहेका थिए।

त्यसैमध्ये एक थिए क्याप्टेन रुद्रमान गुरुङ। उनी, भारतीय सेनामा क्याप्टेन भएर सिक्किम पुगे। सिक्किम पुगेपछि त्यहाँको पर्यटकीय विकास देखेर प्रभावित भए। त्यसपछि गुरुङले स्याङ्जाको पर्यटकीय विकासमा हात हाल्ने निर्णय गरे।

रुद्रमान २०५४ सालमा आफ्नो गाउँको साथीहरुको सहयोगमा ग्रामीण पर्यटन (होमस्टे) सुरु गरे। यो होमस्टे नेपालकै पहिलो होमस्टे थियो। नेपालमा त्यसभन्दा अगाडि होमस्टे कुनै ठाउँमा सञ्चालनमा आएको थिएन। 

गुरूङ जीवनशैली, संस्कृति र आत्मीयताका लागि ख्याति कमाएको गाउँ हो– सिरुबारी। सिरुबारीको शिरान देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको लामो लर्कन देखिन्छ। गोरुजुरे र थुम्रो जुरो (२ हजार २३ मिटर)बाट झन् राम्रो दृश्य देखिन्छ। डहरेडाँडामा उहिल्यै डहरा ऋषिले तपस्या गरेका थिए। त्यहाँ आश्रम पनि छ। सिरुबारीमा विसं २०५४ असोज २२ गतेदेखि पाहुना राख्न थालिएको हो। पछि वि.सं. २०५७ मा यसलाई नेपालकै पहिलो नमुना पर्यटन गाउँ घोषणा गरियो।  

रुद्रमानले सुरु गरेको अभियान सिरुबारी होमस्टे अहिले देशमै चर्चित होमस्टे मध्य एक भएको छ। २०५४ सालमा रुद्रमानको अगुवाइमा सिरुबारीलाई ग्रामीण पर्यटकीय गाउँ घोषणा गरिएको थियो । त्यसपछि नेपालका अरु गाउँमा पनि होमस्टे खोल्ने क्रम सुरु भयो। 

सिक्किममा रुद्रमानले गाउँमा पर्यटक राख्ने गरेको देखेपछि आफ्नै गाउँमा पनि यस्तै गर्नुपर्छ भनेर उनी गाउँ फर्किए र सबै साथी र गाउँले साथीहरुलाई बोलाएर छलफल गरे सिरुबारीका अग्रज तथा रुद्रमानका सहयात्री ८४ वर्षीय क्याप्टेन बबरसिंह गुरुङ अहिले पनि स्मरण गर्छन्। उनी भन्छन् रुद्रमानले हिम्मत गरेर शुरु गरेको होमस्टेमा सुरुवाती चरणमा मासिक ३० देखि ५० पर्यटक आएको स्मरण छ।

Ncell 2
Ncell 2
nimb
nimb

सुरुमा मासिक ५० पर्यटक पनि नपाएको सिरुबारी होमस्टेले अहिले सयौं संख्यामा पर्यटक भित्र्याउने गरेको छ। सिरुबारीमा जम्मा ४४ घर धुरी रहेका छन्। जसमध्ये १९ घरले होम्स्टेय सञ्चालन गरी गाउँमै बसी राम्रो आम्दानी गर्ने गरेका छन्। प्रत्यक घरले मासिक ३० देखि ४० हजारसम्म आम्दानी गरीरहेको सिरुबारी पर्यटन विकासका अध्यक्ष जितेन्द्र गुरुङले बताएका छन्। उनका अनुसार विगतका वर्षमा वार्षिक ३ हजार ५०० पर्यटकको आगमन भएको भने यस पटक १० देखि १२ हजार पर्यटक भित्र्याउने लक्ष्य छ। 

२०५४ सालमा आफ्नो गाउँलाई पर्यटकीय गाउँ बनाएका रुद्रमानको २०७२ सालमा ८६ वर्षको उमेरमा निधन भयो।  तर, उनलाई सिरुबारीले अहिलेसम्म पनि बिर्सिएको रहेनछ। सिरुबारीका स्थानिय तथा होमस्टे सञ्चालक किरण गुरुङले आफूहरुको गाउँ पर्यटकीय गाउँ बन्नुको एकमात्र कारण रुद्रमान बुवाकै परिकल्पना भएको बताउछिन्। 

सिरुबारी प्रकृतिले दिएको मनोरम उपहार भएको आन्तरिक पर्यटकहरुले भन्ने गरेका छन्। रुपन्देही निवासी गणेशमान भण्डारी सिरुवारी होमस्टेमा आफुले अनुभव गरेको आतिथ्यताको खुलेर प्रशंसा गर्छन्। उनी भन्छन्, ‘होमस्टे भनेकै सिरुबारी जस्तो हुनुपर्छ। भण्डारी सिरुबारी होमस्टे भ्रमण गर्न सबैलाई सल्लाह दिन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सिरुबारी होमस्टे नै भ्रमण गर्न पुगेका रुपन्देही ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले सिरुबारीबाट नेपालका धेरै स्थानीय तहले कसरी पर्यटनको बिकास गर्न सकिन्छ भनेर सिक्न सकिने बताउछन्। गौतमले आफूहरुले पनि सिरुबारीबाट धेरै कुरा सिकेको बताए।

सिरुबारीमा भ्रमण गर्न पुगेका पाहुनाहरुलाई सत्कार गर्ने शैली चाखलाग्दो छ। आएका पाहुनालाई गाउँको प्रवेशद्वारबाट फूलमाला र पञ्चै बाजाले स्वागत गरेर गुम्बामा दर्शन गराएपछि घरघरमा बाँडेर राखिन्छ। साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ। मिठो खाना र आत्मीय व्यवहार सिरुबारीको विशेषता हो। होमस्टेमा रात बिताउने गरी यात्रा गर्दा पहिल्यै खबर गर्नुपर्छ। र, घाम नडुब्दै गाउँ पुग्नुपर्छ। त्यसो भएमा गाउँलेले आवश्यक तयारी गर्न पाउँछन्।

नेपालमा सिरुबारीजस्ता धेरै गाउँ रहेका छन्। जसलाई पर्यटकीय गाउँको रुपमा विकास गर्न सकिने सरोकारवालाहरु बताउँछन्। सिरुबारीबाट सिकेर नेपालका गाउँहरुमा होमस्टे सञ्चालन गरेर प्रचारप्रसार गर्न सके नेपालको पर्यटनको लागि ठूलो टेवा पुग्ने उनीहरुको भनाइ छ। हुन पनि होमस्टेले पर्यटनको विकासमात्र नभएर नागरिकलाई स्वरोजगारको बाटो पनि देखाएको छ। नेपाल पर्यटनको प्रचुर सम्भावना बोकेको देश हो। त्यसैले पर्यटनको विकासमा गाउँ–गाउँमा सञ्चालन गरिने होमस्टे महत्वपूर्ण भूमिका खेल्ने पर्यटन व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  २१:५१
  • #सिरुबारी होमस्टे

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्