काठमाडौं– नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाले बधाई दिएको छ। काठमाडौंस्थित राजदूतावासले सामाजिक सञ्जालमार्फत् प्रचण्डलाई बधाई दिएको हो।
अमेरिकाले प्रचण्डलाई बधाई दिँदै लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउन सहयोग जारी राख्ने पनि जनाएको छ।
‘नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकोमा हामी गर्व गर्छौं। दिगो आर्थिक वृद्धि हाँसिल गर्न र लोकतन्त्र, मानव अधिकारको सुदृढीकरण जस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्त्वका मुद्दाहरूको प्रवर्द्धन गर्न नेपाल सरकारसँग उभिन रहने छौं,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वभरका देशहरूका लागि उदाहरण हो र यसमा संलग्न सबैलाई हामी प्रशंसा गर्छौं। नेपालले आफ्नो लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउन जारी राख्दै हामी सहयोग गर्न तत्पर छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।