काठमाडौं– नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने छलफल भइरहेको एमाले स्रोतले जनाएको छ।
यसअघि केपी शर्मा ओलीले नेतृत्व गरेको दुई वटै सरकारमा पौडेल अर्थमन्त्री बनेका थिए। ७ दलीय सत्तागठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आइतबार सरकार बनेसँगै पौडेलले एमालेको नेतृत्व गरेर सरकारमा जाने भएका हुन्।
पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।