काठमाडौं– एमाले–माओवादीसहित दलहरुको ‘सत्तारुढ’ गठबन्धनको बैठक बानेश्वरमा सुरु भएको छ। संघीय संसद् भवन बानेश्वरमा बैठक सुरु भएको हो।
बैठकमा संघीय सरकारका मन्त्रालयको भागबण्डा टुंग्याउनेबारे छलफल हुने जनाएको छ। प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएता पनि दलहरुले सत्ता बाँडफाँटको अन्तिम सहमति गर्न सकेका छैनन्।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत नेताहरु सहभागी छन्।
प्रधानमन्त्री प्रचण्डले सोमबार अपराह्न पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथसँगै केही मन्त्रीको पनि शपथ गराउनेगरी प्रारम्भिक मन्त्रिपरिषद् गठनको लागि दलहरुबीच छलफल चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।