काठमाडौं– नवनियुक्त प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन्।
प्रचण्डको उक्त निर्देशन स्वकीय सचिवालयले प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई पठाइसकेको बताइएको छ।
‘नवनियुक्त सम्माननिय प्रधानमन्त्रीज्यूले प्रधानमन्त्री निवास बालुवाटारमा कुनै पनि नयाँ तथा भड्किलो सर–समान खरिद नगर्न निर्देशन गर्नुभएको छ,’ प्रचण्डको सचिवालयले भनेको छ।
पहिलो कार्याकालमा प्रचण्डका लागि किनिएको ‘महंगो पलङ’का कारण आलोचना खेपेका थिए। त्यसपछि दोस्रो कार्याकालमा पनि अत्यावश्यकबाहेक सामग्री नकिन्न उनले निर्देशन दिएका थिए।
प्रचण्ड आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका छन्। उनलाई ७ दलका १६९ सांसदको समर्थन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।