काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।
देउवाले सोमबार प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर बधाई दिएको माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए। महराले भने, ‘अहिले भर्खरै देउवालेजीले पनि फोन गर्नुभयो ल तपाईंहरुको भयो भन्नुभयो। नेपाली कांग्रेसले समेत स्वीकार गर्यो।’
कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमै रहेको माओवादी केन्द्र आइतबार मात्रै गठबन्धनबाट अलग्गिएको थियो। पूर्वसहमतिअनुसार कांग्रेसले प्रधानमन्त्री वा राष्ट्रपतिमध्ये दुवै पद नछाडेपछि प्रचण्डले कांग्रेस छाडेर एमालेको साथ रोजेका थिए।
एमाले–माओवादीसहित ७ दलको समर्थनमा आइतबार नै प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री प्रचण्डले सोमबार अपराह्न पद तथा गोपनीयताको शपथ लिँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।