काठमाडौं– नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै सरकारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पठाउने भएको छ। श्रेष्ठ उपप्रधानसहित रक्षा वा परराष्ट्र मन्त्री बन्ने बताइएको छ।
पार्टीका प्रवक्ता कृष्णबहादुर महराले उक्त जानकारी दिए। सोमबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकबाट उक्त निर्णय गरिएको हो।
आइतबार प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले सोमबार सपथ ग्रहण गर्दैछन्। उनलाई एमालेसहित ७ पार्टीको समर्थन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।