काठमाडौं– आज कर्णाली प्रदेश र प्रदेश १ का प्रदेशका सांसदहरुले सपथ लिँदैछन्। गत मंसिर ३ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका प्रदेश सभा सदस्यहरुले आज सपथ लिन लागेका हुन्।
प्रदेश १ प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले अन्य सांसदहरुलाई सपथ खुवाउने कार्यक्रम रहेको छ। यस्तै कर्णाली प्रदेशमा विनोदकुमार शाहले सपथ खुवाउने छन्।
केन्द्रमा नयाँ सरकार बनेसँगै प्रदेश सरकार गठनको प्रक्रिया पनि अघि बढाइनेछ। आइतबार परिवर्तन भएको सत्ता गठबन्धनका कारण अब सबै प्रदेशमा कांग्रेसबाहेको सरकार बन्ने छ।
सबै प्रदेशमा एमाले–माओवादी गठबन्धनको स्पष्ट बहुमत छ। केन्द्रमा सरकार गुमाएसँगै कांग्रेस सबै प्रदेशमा पनि प्रतिपक्ष बन्ने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।