काठमाडौं– नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो।
आजै अपरान्ह ४ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदैछन्।
आइतबार नै प्रधानमन्त्रीमा राष्ट्रपतिले प्रचण्डलाई नियुक्त गरेकी छिन्। अहिले बस्नै बैठकमा मन्त्रालय बाँटफाँटका विषयमा छलफल हुने बताइएको छ।
यस्तै आगामी रणनीति, सभामुख, राष्ट्रपति लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।