• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १६, २०८२ Tue, Dec 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फोहोर व्यवस्थापन नगर्दा बस्तीनै दुर्गन्धित

64x64
रासस सोमबार, पुस ११, २०७९  ०७:३२
1140x725

ढोरपाटन– बागलुङको जैमिनी नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ। 

नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहोर सडक छेउमै फाल्ने, प्लाष्टिक र बोटलसमेत जलाउने गर्दा जैमिनी –१ को टारलगायतको बस्ती दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ।

कुश्मीसेरादेखि जैमिनीघाट जाने सडकको पोक्चे भन्ने स्थानमा सडक छेउमै फोहोर फालिएको छ भने प्लाष्टिक र बोटल जलाउँदा त्यहाँदेखि माथि रहेका बस्तीका मानिस प्रदूषित धुँवाले हैरानी खेप्न बाध्य भएका छन्।

प्लाष्टिक र बोटलबाट निस्कने धुवाँ मानिसको स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ। जैमिनी–१ कुश्मीसेराका स्थानीय शोभाखर शर्माले फोहोर व्यवस्थापनको माग गर्दै नगरपालिकामा २३ बुँदे मागपत्र बुझाए पनि त्यसको सुनुवाइ नभएको बताए। उनले भने, ‘कुस्मीशेराको फोहोर जति सबै जथाभावीरुपमा ठेउले खोलामा फालिएको छ, सडक छेउमा पनि सर्वत्र छरिएको छ, फोहोर व्यवस्थापनमा तत्काल ध्यान नदिए यहाँ थप जटिलता निम्तिन सक्छ, नगरपालिका यसप्रति उदासिन बनेको छ।’

साँघुरो बजारमा भए पनि जनघनत्व बढी हुँदा फोहोर पनि बढी नै हुने गरे र फोहोर व्यवस्थापनमा नगरपालिकाले खासै चासो नदिएको बजार व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन पदमबहादुर श्रीषले गुनासो गरे। उनले बजारवासीले फोहोर व्यवस्थापनमा पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताएइ। 

Ncell 2
Ncell 2

‘बजारको फोहोर अव्यवस्थित रुपमा अत्रतत्र छरिएर फालिएको छ, यसको गन्धले वरपर पुग्न पनि सकिँदैन, त्यो नजिकको बस्तीमा त बसी नसक्नुहुन्छ गन्हाएर, फोहोर व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने हो, एउटा निश्चित स्थान बनाउनुपर्ने हो’, श्रीषले भने, ‘कुहिने र नकुहिने सबै एकै ठाउँ छ, सिसा पनि त्यहीँ, छ प्लास्टिक पनि एकै ठाउँ छ।’

उनले फोहोर व्यवस्थापनको विषय महत्वपूर्ण भएको उल्लेख गर्दै दीर्घकालीन समाधान खोजिनुपर्ने बताए। दिनदिनै बजारमा जनसङ्ख्या बढी रहेको फोहोर पनि बढ्दै गइरहेको उनको भनाइ छ। प्लाष्टिक र बोटल जलाउँदा पर्यावरणमा समेत नराम्रो असर पर्ने स्वास्थ्यकर्मी बताउँछन्। जैमिनी नगर प्रमुख नरबहादुर पुनले सडक छेउमा नै स्थानीयले फोहोर थुपार्दा दुर्गन्ध फैलिएको बताए। 

स्थानीयले सहीरुपमा फोहोरको व्यवस्थापन नगरी जथाभावी फाल्दा बस्तीमै दुर्गन्ध फैलिन थालेको प्रमुख पुनले बताए। फोहोर व्यवस्थापनका लागि हालसम्म कुनै पनि पहल नभएको उनी बताउँछन्। 

‘बजार वरपरका केही ठाउँमा फोहोर अस्तव्यस्तरुपमा फालिएको छ, हामीहरु मर्निङवाक जाँदा पनि देखेका छौं, त्यसको व्यवस्थापनको लागि खासै छलफल भएको छैन, यस्तो समस्या देखियो, यसको सही व्यवस्थापनमा लागि सबैभन्दा पहिले जग्गा व्यवस्थापन गर्नुभयो, जग्गा व्यवस्थापन गरेर यहाँको फोहोरलाई सो ठाउँमा फ्याक्ने व्यवस्था मिलाउने छौं’, नगर प्रमुख पुनले भने। 

सडक छेउमा नै फोहोर फालिँदा जैमिनीघाटदेखि कुश्मीसेरा आवतजावत गर्ने यात्रुसमेत दुर्गन्धबाट हैरानी खेप्न बाध्य छन्। जैमिनीको कुश्मीसेरा, दमेक, सर्कुवासम्मका मलामीसमेत हिँड्ने सडक छेउमा फोहोर फालिँदा सरुवा रोगको प्रकोप बढ्न सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन्। कुश्मीसेरामा हप्तामा एक पटक फोहोर सङ्कलन गरिन्छ भने सङ्कलित फोहोरलाई सडकको छेउमा फाल्ने र जलाइने गरिन्छ।

फोहोर सङ्कलन गर्ने र फाल्ने जिम्मा जैमिनी नगरपालिका–१ कुश्मीसेराका मिलन थापाले लिएका छन्। पालिकाको बोलपत्र आह्वान पश्चात् आफूहरुले हप्तामा एक पटक फोहोर फाल्ने गरी पालिकासँग सम्झौता गरेको थापाले बताए। स्थानीयवासी थापाले फोहोर फाल्ने ठाउँ व्यवस्थित बनाइदिन पालिकालाई आग्रह गरे पनि वास्ता नगरेको बताए। 

‘बजारको फोहोर उठाउने जिम्मा त लियौं तर ठाउँ पाएनौं, प्रशासकीय अधिकृतलाई फोहोर फाल्ने ठाउँ व्यवस्थित गराइदिन भनेका थियौं तर उहाँहरुले जग्गा व्यवस्थापन नगरिदिँदा फोहोर बाटोको छेउमा नै फाल्नुपरेको छ’, उनले भने। पालिकाले फोहोर सङ्कलन गर्ने मेसिनसमेत मर्मत नगरिदिँदा आफूहरुलाई समस्या भएको उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठक निर्णय :वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले... सोमबार, मंसिर १५, २०८२
सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने त्यस्तै, सरकारले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमति, अविवाहित छोरी/अविवाहित छोरालाई फोटोसहितको प... सोमबार, मंसिर १५, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ आज बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तरक्रियामा उनले जेन जेड आन्दोलनपछि बनेको अन्तरिम सरकारको मूल दायित्व तत्काल... सोमबार, मंसिर १५, २०८२
ताजा समाचारसबै
नेकपा संयुक्तले माघ ३ र ४ गते राष्ट्रिय सम्मेलन गर्ने सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
मन्त्रिपरिषद् बैठक निर्णय :वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा सोमबार, मंसिर १५, २०८२
सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्