काठमाडौं– नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन्।
गठबन्धनको आवश्यकता र औचित्य पुष्टि गर्न नसकेकाले देउवाले तत्काल पद छोड्नु पर्ने उनले माग गरेका हुन्।
समाजिक सञ्जाल ट्विटरमार्फत घिमिरेले पद नछोडे चाँडै विशेष महाधिवेशन बोलाइने चेतावनी दिएका छन्।
‘हाम्रो पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ। हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दा–भन्दै किन गरियो र आज किन जोगाउन सकिएन?,’ उनले प्रश्न गरेका छन्, ‘यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ? राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइँनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।