काठमाडौं– नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ दूतावासले बधाई दिएको छ।
प्रचण्डलाई आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले १७० जना सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेपछि चीनिया दूतावासले वधाइ दिएको हो।
नेपालस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन्।
प्रचण्ड आइतबार एमालेसहितका दलहरुको सर्मथनसहित प्रधानमन्त्रीका नियुक्त भएका थिए। मंसिर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनपछिको परिणामका आधारमा बहुमत जुटाएपछि प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन्।
सरकार निर्माणका लागि आवश्यक वहुमत पुर्याएर दाबी गरेपछि राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। दाहालको सपथ सोमबार हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।