• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कसरी चुके देउवा?

64x64
नवीन झा आइतबार, पुस १०, २०७९  १९:२९
1140x725

काठमाडौं- आइतबार दिनभर भएको राजनीतिक दौडधुपले गर्दा नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ। एमाले र माओवादी केन्द्रसहित सात ओटा दलहरुहरुको बीचमा भएको सहमति अनुरुप प्रस्तुत दाबी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।

मंसिर ४ को निर्वाचनमा सबैभन्दा ठूलो दल भएको नेपाली काग्रेस अन्तिममा सुझबुझ देखाउन नसक्दा नयाँ सरकार बनाउनबाट वञ्चित भएको छ। प्रधानमन्त्रीमा दोहोरिने प्रयत्नमा रहेका शेरबहादुर देउवा पनि मुखमै आएको पद गुमाउन बाध्य भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने आइतबार बिहान बालुवाटारमा भएको छलफलमा देउवाले आफूहरुबीचको सहमति पालना नगरेको भन्दै गठबन्धन टुटेको प्रष्ट पारेका थिए। त्यसपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट हानिएका थिए।

बालुवाटारबाट प्रचण्ड निस्किँदै गर्दा एमाले अध्यक्ष ओलीले आफ्नो निवासमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षलाई बोलाइसकेका थिए। ओलीको निवासमा बिस्तारै जनता समाजवादी पार्टी र जनमत पार्टी लगायतको सहभागिता बढ्दै गयो। जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटायो।

प्रचण्डको सत्तारोहणसँगै आफ्नो कार्यकाल लम्ब्याउन चाहेका देउवालाई धक्का लागेको छ।

पछिल्लो केही दिनयता देउवा र प्रचण्ड लगातार संवादमा थिए र आफू निकट नेताहरुलाई पनि संवादमा खटाएका थिए। आफ्नो नेतृत्वको गठबन्धनमा लोसपा र जनमत पार्टीसहित अन्य केही साना पार्टीहरुलाई समाहित गर्दै कार्यकाल लम्बाउने रणनीतिमा रहेका देउवालाई प्रचण्डले रित्तो हातको स्थितिमा पुर्‍याइदिएका छन्। जसलाई धेरैले देउवाको रणनीतिक असफलताको रुपमा व्याख्या गरेका छन्।

आखिर देउवा कसरी चुके?
देउवाको दूतको रुपमा पछिल्लो समयमा संवादमा खटिएका नेताहरु बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र पार्टी उपसभापति पूर्णबहादुर खड्का आइतबारको नाटकीय राजनीतिक परिणामपछि सञ्चार माध्यमहरुसँग सम्पर्कमा आउन चाहेका छैनन्।

यद्यपि माओवादीसँग संवादमै रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले प्रचण्डसँग भएको सहमतिलाई देउवाले तोडेर गल्ती गरेको टिप्पणी गरे। उनले नेपाल लाइभसँग भने, ‘प्रचण्डले कांग्रेसवाट धोका भयो भनेर जानुभयो। त्यसमा केही हदसम्म सत्यता देखिन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

देउवालाई प्रधानमन्त्री बनाउने बेलामै निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा भएको पौडेलले खुलासा गरे। ‘त्यतिबेलाको सहमति कार्यान्वयन भएन भन्ने प्रचण्डको भनाइ थियो’, उनले भने, ‘उहाँ त्यसपछि अन्य विकल्पतिर लाग्नुभयो।’

यद्यपि देउवा आइतबार दिउँसोसम्म पनि प्रधानमन्त्री बन्नेमा ढुक्क देखिएको नेताहरुको भनाइ थियो। यतिसम्म कि आइतबार बिहानको बैठकमा पनि प्रचण्डले देउवालाई आफ्नो गठबन्धन आफैं राख्नुस् भनेर हिँड्न थालेपछि पनि उनी ढुक्क मनस्थितिमै थिए। उनले बालकोटतर्फ लागेका प्रचण्डलाई त्यहाँ सहमति नभए पुन: यहीँ (बालुवाटार) आउनु भन्दै ब्यंग्यमिश्रित आग्रह गरेका थिए।

अब  प्रचण्ड छिट्टै बालुवाटार फर्किने छन् तर देउवालाई नै विस्थापित गर्ने गरी।

आखिर प्रचण्डले देउवालाई विस्थापित गर्ने खालको परिस्थिति कसरी विकास भयो? त्यसका केही सन्दर्भ छन्।

एमाले र ओलीलाई ठीक ढंगले विश्लेषण गर्न नसक्नु
देउवा गठबन्धनलाई अगाडि पनि बढाउने तर प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेससँगै राख्ने रणनीतिमा थिए। जसप्रति माओवादी सुरुदेखि असहमत थियो। कांग्रेस र खासगरी देउवा र उनको पक्षको विश्लेषण थियो कि माओवादीलाई एमालेले साथ दिँदैन। त्यसो भएमा माओवादीसँग विकल्प हुँदैन। यद्यपि यस बीचमा एमालेका नेताहरु प्रचण्डसँग लगातार संवादमै थिए। यसप्रति देउवाको बुझाइ भने एमालेले माओवादी केन्द्रलाई गठबन्धन तोड्नका लागि मात्रै प्रयोग गर्न खोजेको तर प्रधानमन्त्री दिँदैन भन्ने थियो।

त्यसमा पनि शनिबार एमाले अध्यक्ष ओलीले एउटा कार्यक्रममा प्रचण्डले निर्णय गर्न ढिला गरेकाले अब प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरिदिएका थिए। त्यसपछि देउवा र उनको पक्षका नेताहरु थप हौसिएका थिए। त्यही आडमा देउवाले शनिबार साँझ ओलीसँग कुरा गर्न नेता विमलेन्द्र निधिलाई बालकोट पठाए। स्रोतहरुका अनुसार, ओलीले निधिलाई आफूले माओवादीलाई प्रधानमन्त्री नदिने बताएका थिए। निधिले राति नै ओलीको उक्त अडान देउवालाई ब्रिफिङ गरेका थिए। त्यसपछि देउवा आफूले लिइराखेको अडानमा थप कडा बने।

आइतबार बिहानै कांग्रेस नेता निधि  माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न पुगे र कांग्रेसले  प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाड्ने अडान राखे। निधिसँगको संवादपछि बालुवाटार जानुअघि नै प्रचण्डले आफ्ना केही नेताहरुलाई एमाले अध्यक्ष ओलीकहाँ  पठाएका थिए। ती नेताले ओलीसँग संवाद गरिरहँदा प्रचण्ड बालुवाटार पुगेका थिए।

बालुवाटारमा प्रचण्डले प्रधानमन्त्री देउवासँग 'वान टु वान' संवाद गरेका थिए। माओवादी केन्द्रका एक नेताका अनुसार, प्रचण्डले त्यहाँ पनि प्रधानमन्त्री र राष्ट्रपतिमध्ये एउटा पद रोज्न देउवालाई आग्रह गरेका थिए। तर उनले मानेनन्। त्यसपछि एकीकृत समाजवादीका नेता समेत बसेर छलफल गरे। र सहमति नजुट्ने प्रष्ट भएपछि प्रचण्ड गठबन्धनको भारी बिसाएको भन्दै निस्किएका थिए।

पार्टीका महामन्त्रीलाई बेवास्ता
आइतबारको राजनीतिक उछलकुदमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कतै देखिएनन्। त्यसो त उनीहरु केही दिन यता पनि खासै सक्रिय देखिएका थिएनन्। महमन्त्री थापा पोखरामा आयोजित एउटा साहित्यिक कार्यक्रममा भाग लिइरहेका थिए। महामन्त्री शर्मा ट्विटमा धारणा व्यक्त गरिरहेका थिए।

काग्रेस स्रोतका अनुसार, कांग्रेस संसदीय दलको निर्वाचनबाट थापाको उम्मेदवारी र शर्माको समर्थनपछि देउवाले महामन्त्रीद्वयलाई  कुनै बैठकमा बोलाएका छैनन्। यसबारेमा थापाले पोखराकै कार्यक्रममा केही संकेत गर्दै अभिव्यक्ति दिएका छन्। शर्मा भने बोल्न चाहेनन्।

बालुवाटार स्रोतका अनुसार, सभापति देउवाले आफ्नो 'कोर समूह' बाहेकका अन्य नेताहरुलाई पछिल्लो समयमा परिचालन गरेका थिएनन्। सत्तारोहण नजिएको भन्दै उत्साहित ती नेताहरुकै भर पर्दा देउवाले ठीक रणनीति बनाउन नसकेको कतिपय नेताहरुको आरोप लगाएका छन्।

यसबाहेक भूराजनीति लगायत पर्दा पछाडिका अन्य खेलाडीहरुको भूमिका बिस्तारै खुल्दै जाने जानकारहरु बताउँछन्।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
वरुण बेभरेजमा छापा, ‘सेभेन अप’को उत्पादन र बिक्रीमा रोक शुक्रबार, साउन ८, २०८३
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड शुक्रबार, साउन ८, २०८३
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्