काठमाडौं– सत्ता गठबन्धन टुटेर एमाले र माओवादीले सरकार बनाउने भएपछि एकीकृत समाजवादीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।
यसअघि सत्ता गठबन्धनको एक घटक रहेको एकीकृत समाजवादीले अकस्मात भएको राजनीतिक घटनाक्रमबारे बैठकमा गम्भीरतापूर्वक छलफल गरेको पार्टीका महासचिव डा बेदुराम भुसालले आइतबार एक विज्ञप्ति जारी गर्दै बताएका छन्।
बैठकले देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखी अघि बढ्ने निर्णय गरेको उनले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।