काठमाडौं– जनता समाजवादी पार्टीका नेता तथा सांसद अशोक कुमार राईले प्रधानमन्त्रीका लागि दुईवटा ‘अप्सन’ देखिएको बताएका छन्। सत्ता गठबन्धन टुटेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल (प्रचण्ड) बालकोट पुगेपछि ५ पार्टीका नेताहरुबीच छलफल सुरु भएको थियो।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाका नेताहरु बालकोटमा जुटेका छन्। उक्त छलफलमा सहभागी भएर निस्किँदै गर्दा राईले संचारकर्मीसँग उक्त कुरा बताएका हुन्।
‘एउटा कांग्रेस एमाले गठबन्धनको सरकार बन्ने र अर्को एमाले र नेकपा माओवादी सहितको दल मिलेर सरकार बनाउने,’ राईले भने, ‘को प्रधानमन्त्री बन्नुहुन्छ उहाँहरुले टुङ्ग्याउनु हुन्छ।’
राईले भने पार्टीभित्र छलफल गर्न आफू बैठकबाट निस्किएको बताएका छन्। ‘पार्टीमा छलफल गर्न र संसदीय दलको नेता चयनका लागि म निस्केको हो,’ राईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।