काठमाडौं– सशस्त्र प्रहरी बलले बारा जिल्लाबाट युरेनियमजस्तो देखिने दुई केजीे पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको बिशेष सूचनाका आधारमा १२ नम्बर गण बारा मातहत सुरक्षा बेस जितपुरले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जितपुर उपमहानगर पालिका –५ का अन्दाजी २९ वर्षीय रवि चौधरी, सोही ठाउँका ३० वर्षीय सागर चौधरी र माधवनारायण नगरपालिका– २ रौतहटका २२ वर्षका बृज सहनी छन्।
उनीहरूलाई जितपुरस्थित आदित्य होटलको कोठा नम्बर ४ बाट पक्राउ गरिएको सहायक प्रवक्तासमेत रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए।
पक्राउ परेकाहरूलाई सो पदार्थसहित थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।