काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुन बरामद भएको छ।
कपडामा लेपन लगाएर ल्याइएको अवस्थामा १९ किलो सुन बरामद भएको प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीले जानकारी दिए।
प्रहरीले सुनसहित फ्लाई दुबईको ५१९ नम्बरको उडानबाट शुक्रबार काठमाडौं आएका सुडानी नागरिक मोहम्मद अहमेदले डफला साराफेल्दिनलाई पक्राउ गरेको छ। विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रमा चेकजाँचका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।
डीआईजी ज्ञवालीका अनुसार उनले प्लास्टिकमा बेरिएको अर्धतरल (सेमिलिक्विड) सुन कम्मरमा बाँधेर ल्याएका थिए। शंकाका आधारमा चेकजाँच गर्दा कम्मरमा बाँधेको अवस्थामा सेमिलिक्विड सुन फेला परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।