काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार भने सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार भने तोलामा ५ रुपैयाँ बढेर चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।