काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले वार्ता चलिरहेको छ। उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ सरकार गठनलगायत विषयमा छलफल चलिरहेको हो।
माओवादी केन्द्र संसदीय दलको बैठकबाट दलको नेतामा चयन भएलगत्तै प्रचण्ड बालुवाटार गएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आइतबारसम्ममा दलहरुलाई नयाँ प्रधानमन्त्री सिफारिस गर्न समयसीमा दिएकी छिन्।
सत्ता गठबन्धनका नेताहरुले संसद्को सपथ र दलको नेता चयन भएपछि नयाँ प्रधानमन्त्री बारेमा छलफल हुने बताएका थिए। बुधबारमात्रै कांग्रेसले पनि संसदीय दलको नेता चयन गरिसकेको छ भने बिहीबार सांसदहरुको पनि सपथ भएको छ। यसैदिन माओवादी केन्द्रले पनि संसदीय दलको नेता चयन गरेको छ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच जारी छलफलमा अब कसरी शक्ति बाँडफाँड गर्ने र आइतबार सम्ममा कसरी प्रधानमन्त्रीमा सहमति जुटाउने भन्नेबारेमा छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।