• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रको समीकरण नमिल्दा प्रदेश सरकार गठन अन्योलमा

64x64
ईश्वर बराल बिहीबार, पुस ७, २०७९  २०:४४
1140x725

काठमाडौं– निर्वाचनको नतिजा सार्वजनिक भएसँगै संघमा र ७ वटा प्रदेशमा गरेर ८ वटा सरकार गठनको प्रक्रिया प्रारम्भ भएको छ। निर्वाचन आयोगले राष्ट्रपतिलाई मंसिर २९ गते र प्रदेश प्रमुखहरुलाई पुष २ गते निर्वाचन नतिजाको प्रतिवेदन बुझाएसँगै सरकार गठनका लागि औपचारिक प्रक्रिया सुरु भएको हो। तर ८ वटा सरकारमध्ये संघमा बन्ने सरकारको प्रारुपमा मात्र राजनीतिक दलहरु केन्द्रित छन्। 

संघ लगायत ७ वटै प्रदेशमा त्रिशंकु संसद् बनेकोले दलहरू सरकार गठनका लागि राजनीतिक समीकरण मिलाउन कसरतमा लागेका छन्। मौजुदा सत्ता गठबन्धन संघमा बहुमत पुर्‍याउन झिनों अङ्कले टाढा रहेकोले केही साना दल लिएर काठमाडौंमा सरकार गठनको प्रयासमा छ। काठमाडौंमा बन्ने राजनीतिक समीकरणले नै प्रदेश सरकार गठनको प्रक्रियाको सुरु हुने नेता हरु बताउँछन्। केन्द्रमा कस्तो र कस्को नेतृत्वमा सरकार बन्ने भन्नेमा बहस र छलफल केन्द्रित भएकोले प्रदेशमा अन्योलता रहेको नेताहरु बताउँछन्। स्वतन्त्र र छुट्टै राजनीतिक अङ्ग रहेको प्रदेश सरकारको विषय पनि संघकै समीकरणअुनसार निर्धारण हुनु दु:खद् रहेको एक सांसदले नेपाल लाइभसँग गुनासो गरे। 

नेकपा माअ‍ेवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङ संघमा बन्ने राजनीतिक समीकरणकै आधारमा प्रदेशमा सरकार गठन प्रक्रिया अघि बढ्ने बताउँछन्। सबै सरकार गठबन्धन गरेर मात्र बन्ने हुँदा संघ देखि प्रदेशसम्मका मुख्य पदको बाँडफाँडमा छलफल केन्द्रित रहेकोले छिट्टै टुङ्गोमा पुग्ने उनले बताए।

‘संघीय सरकारका लागि बन्ने राजनीतिक समीकरणकै आधारमा प्रदेश सरकारहरु गठन हुन्छ। सरकार निर्माणको केन्द्रमा संघ सरकार रहेकोले यो संगसंगै सबै सरकारको विषय टुङ्गिन्छ,’ नेपाल लाईभसँग कुरा गर्दै गुरुङले भने। 

यस्तै, नेपाली कांग्रेसका मधेस प्रदेशका सभापति कृष्ण यादव केन्द्रमा सरकारको गठनबारे कसरत भइरहेकाले त्यो पुरा नहुन्जेल प्रदेशमा कसको नेतृत्वमा कस्तो सरकार बन्ने भन्नेबारे स्पष्ट नरहेको बताउँछन्। ‘केन्द्रमा सरकार गठनबारे कसरत भइरहेको छ। त्यहाँको समीकरण बनेपछि मात्र प्रदेशमा के हुन्छ टुङ्गो लाग्छ,’ नेपाल लाइभसँग कुरा गर्दै यादवले भने, ‘राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गरिसक्नु भएकोले केन्द्रमा पहिला सरकार बन्छ। अनि मात्र प्रदेशमा बन्छ।’

nimb
nimb

यो पनि पढ्नुहोस

प्रदेशहरुको नेतृत्व कुन-कुन दलले गर्लान्?

त्यस्तै, नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापा आफूहरु संघकै समीकरण कस्तो बन्ने भन्नेमा पर्खाइमा रहेको बताउँछन्। ‘प्रदेशमा औपचारिक अनौपचारिक छलफल गरिरहेका छौँ। तर संघमा कस्तो समीकरण बन्छ त्यहि अनुसारै हाम्रो पनि अघि बढ्छ,’ नेपाल लाइभसँग कुरा गर्दै थापाले भने, ‘अहिले हामी प्रदेश सभाको संसदीय दलको नेता चयनको प्रक्रियामा रहेका छौँ।’ 

अन्य प्रदेशका नेताहरुले पनि काठमाडौं बन्ने गठबन्धनको पर्खाइमा रहेको बताएका छन्। 

यता नेकपा एमालेले भने कुनै पनि सरकार गठनको प्रक्रियामा सहभागी नहुने बताएको छ। तर प्रदेश १ मा बहुमत नजिक रहेको एमाले जसपासँग गठबन्धन गरेर सरकार गठन गर्न सक्छ। १ मात्र सांसद रहेको जसपा यो प्रदेशमा निर्णयक रहेको छ। त्यसो त समान ४६ सांसद रहेको सत्तागठबन्धन र एमाले–राप्रपा गठबन्धनलाई सरकार गठनका लागि त्यहि जसपाको १ सांसद आवश्यक रहन्छ। प्रदेश १ को प्रदेश सभामा ९३ सांसद छन्। 

यो पनि पढ्नुहोस

सरकार गठन गर्ने बाटो खुला: केन्द्रदेखि प्रदेशसम्म ताक्दै सत्ता-गठबन्धन, एमाले मौन

प्रदेश १ का प्रदेश सभा सदस्य तथा एमालेका पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्बो सरकार बन्नै नसक्ने कुरालाई इन्कार गर्छन्। वर्तमान अवस्थामा एक्लै देखिए पनि केन्द्रीय तहमा शीर्ष नेताहरु छलफलमा रहेकाले एमालेको सरकार गठनको सम्भावना रहेको उनको दाबी छ। तर त्यसका लागि केन्द्रीय तहमै टुङ्गो लाग्नुपर्ने उनको जोड छ। 

‘हामी एक्लै छौँ। तर सरकार गठनका लागि शीर्ष नेताहरु छलफलमा हुनुहुन्छ। तर यो विषयमा केन्द्रबाटै टुङ्गो नहुन्जेल प्रदेशमा केही हुन्न,’ नेपाल लाइभसँग कुरा गर्दै मेन्याङ्बोले भने। 
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  २०:४४
  • #सरकार_गठन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेनको जानकारी : बाढी प्रभावित क्षेत्रमा १५ भन्दा बढी उडान, टिमुरेबाट ११६ जनाको उद्धार सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै उनले सिङ्गो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग एवम् सहकार्यमा विपत्तिक... बिहीबार, भदौ ११, २०८३
रविले बोलाएको सर्वदलीय बैठक सुरु, प्रचण्ड र गगनसहितका शीर्ष नेता सहभागी बैठकमा लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम... बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बिहीबार, भदौ ११, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित विदुरतर्फ लागे प्रधानमन्त्री बालेन, क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्री बालेनको जानकारी : बाढी प्रभावित क्षेत्रमा १५ भन्दा बढी उडान, टिमुरेबाट ११६ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
रविले बोलाएको सर्वदलीय बैठक सुरु, प्रचण्ड र गगनसहितका शीर्ष नेता सहभागी बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्